मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

तामाङ घेदुङ र मगर संघद्वारा २२ गते माइतीघर मण्डलामा धर्ना दिने

Thearaniko Times 1394+ समाचार ( )
२० श्रावण २०८०, शनिबार

काठमाडौं । नेपाल तामाङ घेदुङले तामाङ, मगर लगायत आदिवासी समुदायका विषयमा विवादास्पद अभिव्यक्ति दिने अधिवक्तालाई पक्राउ गरी कारबाही नगरेको भन्दै सडक आन्दोलनको गरेको छ । 

नेपाल मगर संघ केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुन मगर र नेपाल तामाङ घेदुङ सङ्घीय समितिका अध्यक्ष मोहन गोले तामाङले आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ३ सुत्रिय माग सहित आन्दोलनको घोषणा गरेको जनाएको छ।

संयुक्त प्रेस विज्ञप्तिमा 'तामाङ र मगर समुदायलाई अपराधीकरण गर्नेगरी विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाइ कानून बमोजिम हदैसम्म सजाय दिइयोस् । शान्तिपूर्ण आन्दोलनमा आफ्नो मागहरू राखिरहेका अभियन्ताहरूलाई नियन्त्रणमा लिइसकेपछि अनावश्यक बल प्रयोग गरी चरम यातना दिने प्रहरीलाई कार्वाही गरियोस् । मिति २०८०/०४/१७ गतेको आन्दोलनमा प्रहरीको चरम यातना तथा निर्घात कुटपिटबाट घाइते भएका दर्जनौ अभियन्ताहरूलाई उपचार खर्चसहित उचित क्षतिपूर्ति दिइयोस् ' भनी ३ सुत्रिय माग राखिएको छ ।

३ सुत्रिय माग सहित तामाङ घेदुङ र मगर संघले घोषणा गरिएको संयुक्त आन्दोलनका कार्यक्रमहरूमा साउन २२ गते सोमबारका दिन काठमाडौंको माइतीघर मण्डलामा दिउँसो १ः०० बजे शान्तिपूर्ण विरोधको कार्यक्रम आयोजना गर्ने,  काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे जिल्लाका तामाङ, मगर लगायत सबै अभियन्ताहरू माइतीघर मण्डलामा हुने कार्यक्रममा सहभागी हुने, अन्य जिल्लाको हकमा आआफ्नो जिल्लाको जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिँदै प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालयमा ज्ञापन–पत्र बुझाउने ।, कार्यक्रममा कुनै दल विशेषको झण्डा, व्यानर प्रयोग नगर्ने र सामाजिक संस्थाको झण्डा, व्यानर मात्र प्रयोग गर्ने । साथै, सामाजिक सद्भाव भड्किनेगरी कुनै जाति, समुदाय लक्षित उत्तेजित नारा र अभिव्यक्ति नदिने र कार्यक्रम अवधिभर संयमित ढंगले प्रस्तुत हुने तर कुनै समूह वा व्यक्तिको घुसपैठबाट आन्दोलन भड्किन पुगेमा र त्यसबाट क्षति पुग्न गएमा सो को जिम्मेवारी स्वयम्ले लिनुपर्नेछ,'- बताइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार