मुख्य समाचार
उपाध्यायको उपन्यास ऐंजेरुको लोकार्पण | समाजवादी मोर्चाको कार्यक्रमप्रति खनालको असन्तुष्टि | आन्तरिक पर्यटन/देशदर्शनमा मेरो एउटा हुटहुटी भनौं कि दुस्साहस ? ७७ जिल्ला एकै घुमाईमा बाईकबाट घुम्ने | बुद्ध जयन्तीको अवसरमा 'समकालीन नेपाली कविताका स्वरहरू' | काभ्रे सेवा समाजले गरे पनौती– नमोवुद्ध शान्ति पदयात्रा | पाकिस्तानले युद्ध विराम उल्लंघन गरेको भारतको आरोप | ‎बुद्धिजीवीहरुले पार्टी विरुद्ध फैलाएका भ्रम चिर्दै अगाडि बढ्नुपर्छ - उपाध्यक्ष भुषाल | सीमा र कमजोरी नभएको मान्छे अहिलेसम्म जन्मिएको छैन - प्रचण्ड | ‎लिन इन्टरनेशनल बोर्डिङ स्कुलका विद्यार्थीहरुले मनाए ‘चण्डेश्वरीको नमुना जात्रा | ‎सम्झनाको तरेलीमा निर्मल लामा — ३ |

सामाजिक सञ्जाल फेसबुक बन्द गर्ने सञ्चारमन्त्री गुरुङको चेतावनी
सामाजिक सञ्जाल फेसबुक बन्द गर्ने सञ्चारमन्त्री गुरुङको चेतावनी

Thearaniko Times 1098+ समाचार ( )
२९ चैत्र २०८१, शनिबार

‎रुपन्देही । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले चैत मसान्तसम्म सामाजिक सञ्जाल फेसबुकहरू दर्ता नभए बन्‍द गर्ने चेतावनी दिएका छन् । शुक्रबार रुपन्देहीको लुम्बिनी बौद्ध विश्वविद्यालय हलमा सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले महाधिवेशनको उद्‌घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक सञ्जालले नेपालमा दर्ता नगरे बन्द गर्ने चेतावनी दिएका हुन्।

‎सञ्चारमन्त्री गुरुङले भने, ‘हामीले मेटालाई दर्ताको सूचना दिएको २ महिना भैसक्यो । तर, कुनै जवाफ आएको छैन । चैत मसान्तसम्म दर्ता नभए बन्‍द गर्छौं ।’

‎सञ्चारमन्त्री गुरूङले सामाजिक सञ्जालमा जथाभावी स्क्यामहरू आइरहेकोले यसलाई नियन्त्रण गर्न दर्ताका लागि अनुरोध गर्नुपरेको बताए । उनले सामाजिक सञ्जाल अरु देशमा दर्ता भएर चल्‍ने गरेको र राजश्व पनि तिर्दै आएकाले नेपाल सरकारलाई पनि त्यो आवश्यक रहेको उनको भनाइ थियो ।

‎उनले सामाजिक सञ्जालबाहेकका अनलाइन मिडियाहरू बन्द गर्ने सरकारको कुनै मनसाय नरहेको भन्‍दै चलाउन कुनै रोकतोक नहुने बताए । ‘सरकारले अनलाइन मिडियाहरू पनि बन्द गर्दैछ/नियमन गर्दैछ भन्‍ने हल्ला जुन चलेको छ, त्यो भ्रम हो । संविधानमा दिएको प्रेस स्वतन्त्रताको हक कायम हुन्छ ।’

‎उहाँले सकेसम्म आम सहमतिका आधारमा संविधान संशोधन हुने बताए । गुरुङले संविधान संशोधन सबैको दायित्व र अपनत्वको विषय होस् भन्ने आफूहरुले चाहेको र यसका लागि अधिकतम सहमति खोज्ने बताएका हुन् ।

‎मन्त्री गुरुङले दुईतिहाई दम्भमा संविधान संशोधन गर्न खोजेको भन्ने कुरामा कुनै सत्यता नरहेको उल्लेख गरे । 

‎कांग्रेस–एमालेबीच कार्यदल बनाएर करिब १० वर्षको अवधिमा संविधान कार्यान्वयन गर्दाको सबल र दुर्बल पक्षको समीक्षा गर्दै विषयहरु पहिल्याउने कार्य भइरहेको उनले बताए ।

‎गुरुङले संशोधनका लागि पहिचान भएका साझा विषयहरुलाई साझा एजेण्डा बनाउँदै प्रतिपक्षी दलहरुसँग छलफल हुने उल्लेख गरे ।

‎कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पृथ्वीसुबा गुरूङले संघीय फोनिजको स्मारिका  विमोचन गरिएको छ भने काठमाडौंको क्यालेण्डर विमोचन गरिएको छ । 

‎कार्यक्रममा फोनिजमा रही योगदान पुर्‍याएका पत्रकारहरूलाई सम्मान गरिएको छ ।

‎फोनिजका संघीय अध्यक्ष गजुर्धन राइको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन चौधरीले गणतन्त्रमा पत्रकारलाई जिउँदै जलाउनु लोकतन्त्रमाथिको प्रहार भएको बताए । उनले भने, ‘ पत्रकारहरू गणतन्त्रमा जिउँदै जलाइनु लोकतन्त्रको अपमान हो। जुनसुकै समूह होस्, गणतन्त्रमा हिंसात्मक प्रदर्शन गर्न मिल्दैन।’

‎लुम्बिनीमा आयोजित कार्यक्रममा फोनिज​का संघीय समिति, , ८ प्र​देश​, ६६ जिल्ला, ८ जातिय​ संस्थागत​ स​द​स्य​ र​ ८ प्र​वास​ स​मितिबाट​ ५१७ ज​ना प्र​तिनिधिह​रु तथा प​र्य​वेक्ष​कहरू उपस्थित भएका छन् ।

‎फोनिजको आठौं राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गर्न‍ेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार