मुख्य समाचार
इसा मेमोरियल स्कुलको २०औँ वार्षिकोत्सव भव्य, ६८ विद्यार्थी दीक्षित | अधिवक्ता सोमान सिंह तामाङ पक्राउ, बार एशोसिएशन र कानून व्यवसायीको गम्भीर ध्यानाकर्षण | इड्राइभ नेपाल र फच्र्यून ब्रिजद्वारा राइडरलाई सडक सुरक्षा अभिमुखिकरण - याङ्गोले १०० राइडरलाई सुरक्षात्मक सामग्री प्रदान | बागमतीको कृषिमा संरचनागत रूपान्तरण: वसुन्धरा हुमागाईको कार्ययोजना | भूमेस्थान प्राविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण | चौरीदेउराली–३ माझीफेदामा नेकपाको वडा कार्यालय उद्घाटन, ९९ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन | पातली माया लामाको निधन : रोशी–३ ले गुमायो सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय व्यक्तित्व | कमरेड बिदुर सापकोटा अब सम्झनामा मात्र | तीन शिक्षक संगठनबीच एकता घोषणा, ८९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन | महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न |

राजनीति
खानीखोलामा दिननाथ गौतमको घरदैलो अभियान तीव्र, सडक र कृषिलाई प्राथमिक एजेन्डा

Thearaniko Times 1345+ समाचार ( )
१ फाल्गुन २०८२, शुक्रबार

खानीखोला, काभ्रेपलाञ्चोक । नेपाली कम्युनिष्ट पार्टीका क्षेत्र नं. १ का उम्मेदवार दिननाथ गौतमले खानीखोला गाउँपालिकामा घरदैलो अभियानलाई व्यापक बनाएका छन्। वडा नं. २ स्थित मकैबारीबाट सुरु गरिएको अभियान वडा नं. २, ३, ४ र ५ का विभिन्न बस्तीमा पुग्दै मतदाता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमसहित सम्पन्न भएको हो।

अभियानमा समानुपातिक उम्मेदवार मिना पाख्रीनको पनि सक्रिय सहभागिता रहेको थियो। उनले मतदाता तथा कार्यकर्तासँग प्रत्यक्ष संवाद गर्दै तारा चिन्हमा मतदान गर्न आग्रह गरिन्।

घरदैलोका क्रममा उम्मेदवार गौतमले तारा चिन्हमा मतदान गरी भारी मतसहित विजयी गराउन अपिल गर्दै स्थानीय आवश्यकता र समस्याको पहिचान गरी समाधानमा लाग्ने प्रतिबद्धता व्यक्त गरे। उनले खानीखोला क्षेत्रको प्रमुख समस्या सडक रहेको उल्लेख गर्दै धुलिखेल–खानीखोला मुख्य सडक स्तरोन्नति तथा कालोपत्रे गर्ने योजनालाई पहिलो प्राथमिकतामा राखिने बताए। त्यसपछि कृषि उत्पादनलाई सहज बनाउने उद्देश्यले भित्री सडक विस्तारमा जोड दिइने उनको भनाइ छ।

गौतमले खानीखोलालाई विकासमा पछि परे पनि अपार सम्भावना बोकेको क्षेत्रका रूपमा चित्रण गर्दै यसलाई ‘नेपालकै कर्णाली’ भनेर चिनिने गरेको उल्लेख गरे। यहाँ उत्पादन हुने खुवा, कफी लगायतका कृषि उपजलाई बजारसम्म पुर्‍याउने दीर्घकालीन योजना अघि सार्दै कृषकलाई उचित मूल्य दिलाउन संघीय सरकारस्तरमा पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

समानुपातिक उम्मेदवार पाख्रीनले महिला, आदिवासी जनजाति तथा पछाडि पारिएका समुदायको हकहितका पक्षमा आफू निरन्तर आवाज उठाउँदै आएको बताइन्। संसदमा पुग्ने अवसर पाएमा खानीखोलाको विकासका लागि सक्रिय भूमिका खेल्ने उनले स्पष्ट पारिन्।

घरदैलो अभियान फलामेटारको मकैबारी हुँदै सार्की डाँडा, जुरे, तालढुङ्गा र जगथलीसम्म पुगेर स्थानीय मतदाता र कार्यकर्तासँग भेटघाट तथा छलफल गर्दै सम्पन्न भएको थियो।

कार्यक्रमका क्रममा विभिन्न पार्टी परित्याग गरी केही नेता तथा कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्। वडा नं. ३ र ५ का केही व्यक्तिहरूले नेकपा एमाले र नेपाली कांग्रेस त्याग गर्दै तारा चिन्हलाई विजयी गराउने प्रतिबद्धता जनाएका छन्। नवप्रवेशीहरूलाई उम्मेदवार गौतमसहित पूर्व खेलकुद मन्त्री रत्न प्रसाद ढकाल लगायतका नेताहरूले खादा, माला र अबिर लगाएर स्वागत गरेका थिए।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य, प्रचारप्रसार विभागका पदाधिकारी, बागमती प्रदेशस्तरीय नेता तथा स्थानीय कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो। आयोजकका अनुसार खानीखोलामा तारा चिन्हको चुनावी अभियान दिनप्रतिदिन बलियो बन्दै गएको छ र स्थानीय तहबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार