मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

‎बुद्धिजीवीहरुले पार्टी विरुद्ध फैलाएका भ्रम चिर्दै अगाडि बढ्नुपर्छ - उपाध्यक्ष भुषाल
‎बुद्धिजीवीहरुले पार्टी विरुद्ध फैलाएका भ्रम चिर्दै अगाडि बढ्नुपर्छ - उपाध्यक्ष भुषाल

Thearaniko Times 1394+ समाचार ( )
२७ वैशाख २०८२, शनिबार

‎बनेपा । नेपाल बुद्धिजीवी संगठन काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिको सातौ जिल्ला सम्मेलन शनिबार बनेपामा संपन्न भएको छ।
‎कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले बुद्धिजीवीहरुले आफ्नो बौद्धिक क्षमताका विविध विधा र माध्यमद्वारा पार्टीले लिएको नीति, विचार, कार्यदिशा र आगामी कार्ययोजनालाई सफल बनाउन भूमिका खेल्नु पर्ने बताएका छन् । पार्टीको हरेक योजनालाई जनतासम्म पुर्याउने काममा लाग्न आग्रह गर्दै उनले पार्टी आफ्नो योजनामा अगाडी बढिरहेकोले जबस र मोर्चाहरु पनि सक्रिय भएर जनतामा पार्टीले दिएको नीति, विचार र योजनालाई  लिएर अगाडी बढ्न आग्रह गरेका छन् । सो क्रममा उनले पछिल्लो नयाँ पुस्तालाई परिवर्तनको जग जनयुद्ध भएको र त्यसमा नेकपा माओवादी र त्यसका नेतृत्वकर्ताहरुले खेलेको भूमिकाको बारे बुझाउनुपर्ने बताउनुभयो।
‎उहाँले निरंकुश राजतन्त्रको उत्पीडन तथा निरंकुशताको अनुभूत गर्न नपाएका कारण अहिलेको नेतृत्वहरुप्रति आरोप प्रत्यारोप लाग्ने गरेको अवस्थालाई मध्यनजर गर्दै बुद्धिजीवीहरुले युवा पुस्तालाई त्यसको औचित्यका बारेमा लेख्ने र बोल्ने गर्नुपर्ने बताउनुभयो।
‎नेपाल बुद्धिजीवी संगठन काभ्रेपलाञ्चोकका अध्यक्ष चन्द्रप्रसाद मैनालीको अध्यक्षतमा भएको कार्यक्रममा नेपाल बुद्धिजीवी संगठनका केन्द्रिय अध्यक्ष कृष्णराज केसी, बरिष्ठ उपाध्यक्ष निलकण्ठ तिवारी र महासचिव लक्ष्मीप्रसाद पण्डित र एकीकृत अखिल नेपाल शिक्षक संगठन काभ्रेपलाञ्चोकका अध्यक्ष चेतबहादुर लामाले बुद्धिजीवी संगठनले खेल्नुपर्ने भूमिकाको बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।

‎सातौं जिल्ला सम्मेलनबाट अध्यक्षमा अध्यक्ष तिर्थ पन्त निर्विरोध निर्वाचित भएका छन् । सम्मेलनबाट उपाध्यक्षहरुमा उद्धव प्रसाद पौडेल, तिलक पाण्डे र रुक्कु चौलागाई(तारा), सचिवमा अर्जुन पौडेल, सहसचिवमा ओम खतिवडा र कोषाध्यक्ष : मिङमा लामा निर्वाचित भएका छन् । समितिको सदस्यहरुमा क्रमशः श्रीकृष्ण श्रेष्ठ, चन्द्रमान श्रेष्ठ, प्रल्हाद न्यौपाने, आछाराम तामाङ, लक्ष्मी भट्ट, ठाकुर चौलागाई, कृष्णप्रसाद पन्त, खगेन्द्र सापकोटा, उदयनारायण श्रेष्ठ, छविलाल गौतम, भैरव थापा, लाकुराम गिरी, धर्मचन्द्र योञ्जन, बाबुलाल तामाङ, सगरमाथा रायमाझी, मुना घिमिरे, रिता कोइराला, सिंगे लामा, उमेश पाठक, बुद्धिमान लामा, पञ्चराम तामाङ र बालकृष्ण सापकोटा रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार