मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

बनेपा ६ को कार्यालयमा उपभोक्ताले लगाईदिए ताला

Thearaniko Times 1394+ समाचार ( )
२३ चैत्र २०७९, बिहीबार

बनेपा/ढल नाली सहित पक्की सडक निर्माणमा अवरोध हुँदा सम्बन्धित निकायले कुनै समन्वय नगरेको भन्दै स्थानीय उपभोक्ताले बनेपा नगरपालिका वडा नम्बर ६ को कार्यालयमा तालाबन्दी गरेका छन् । 

श्रीखण्डपुर मार्ग ढल नाली सहित पक्की सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मन कुमारी लामा सहितका उपभोक्ताहरुले बुधबार वडा कार्यालयमा पुगेर तालाबन्दी गरेका हुन् । 

२०१५ सालमा बि.पि. राजमार्ग  आरटिओ रोड अन्तर्गत  खुलेको बनेपा -६ स्थित श्रीखण्ड मार्ग सडकमा बागमती प्रदेश सरकारको निवर्तमान कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाईंको पहलमा विनियोजन भएको १८ लाख बजेट उपभोक्ता समिति गठन भइ ढल, नाली सहित पक्की सडक स्तरोन्नतिको कार्य भएका थिए।

 निर्माण कार्यमा स्थानीय समुन्द्रकाजी श्रेष्ठ र उनका दाजु थ्याङ्क्यु माइलाले थाक धम्की सहितको अवरोध सिर्जना गरेको र उक्त कार्यलाई निरन्तरताका लागि आवश्यक पहल गरी पाउँ भनी सम्बन्धित निकायमा घच्घच्याउँदा कुनै सुनुवाई नभएकाले तालाबन्दी गर्नु बाध्य भएको उपभोक्ता समितिले जारी विज्ञप्तिमा भनिएको छ ।  

 बनेपा नगरपालिका र वडाबाट खटिएका प्राविधिकबाट नाप जाँच भइ बस्ती विकास तथा भवन निर्माण आचारसंहिता २०७२ बमोजिम  निर्माणको चरणमा रहेको यो सडक ११ मिटर चौडाई रहेको छ।यो सडकमा यस पटक ढल र ड्रेन निर्माणको काम सकाउने गरी काम शुरु गरेको उपभोक्ता ज्ञानेन्द्र स्याङ्तानले बताउनुभयो । 

‘अर्को आर्थिक वर्षमा पिच गर्ने गरी यो वर्ष हामीले ढल र ड्रेनको काम थालेको थियौँ । तर समुन्द्काजी श्रेष्ठले आफ्नो मात्रै जग्गामा सडक खनेको भन्दै पटक पटक धाकधम्की दिएर काम रोक्ने प्रयत्न भयो । हामीले जिल्ला प्रशासन, सुरक्षा निकाय, बनेपा नगरपालिका र वडा कार्यालयको समेत ध्यानाकर्षण गराइ यो काममा सहजीकरण गर्न  पनि अनुरोध गरेकाेमा सुनुवाई नभएपछि तालाबन्दी गरेकाे उपभोक्ता समितिका अध्यक्ष मनकुमारी लामाले बताए। साथै यो समस्या समाधान नभएसम्म सो सडक पनि बन्द गर्ने समितिका अध्यक्ष लामाले बताए।

समुन्द्रकाजी श्रेष्ठले आफ्नो मात्रै जग्गामा सडक खनेको भन्दै जिल्ला अदालतमा मुद्धा दर्ता गराएको बताइएको छ । उक्त क्षेत्रमा श्रेष्ठको १४ रोपनी जग्गा रहेको बताइएको छ ।  

जतिसक्दो छिटो यो विषयमा छिनोफानो गरी सडक स्तरोन्नतीको कार्यलाई निरन्तरता दिने सौहार्दपूर्ण वातावरण निर्माण गरिदिन स्थानीयले माग गरेका छन् । उक्त विषयको टुङ्गो नलाग्दासम्मलाई वडामा लागेको तालाबन्दी नखुल्ने स्थानीयले बताएका छन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार