मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

समाज/राजनीति
“जनताको भरोसा पुनः नेकपातर्फ फर्किँदैछ : सापकोटा”

Thearaniko Times 1394+ समाचार ( )
२९ माघ २०८२, बुधवार

काठमाडौं।नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता अग्नि सापकोटाले आगामी २१ फागुनमा हुने निर्वाचनलाई आफ्नो पार्टीका लागि महत्वपूर्ण परीक्षणको रुपमा व्याख्या गर्दै नेकपा यसमा सफल हुने विश्वास व्यक्त गरेका छन्।

पार्टीको आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै सापकोटाले वर्तमान राजनीतिक अवस्थाको विश्लेषण गरेका हुन्। उनका अनुसार कांग्रेस आन्तरिक विभाजनमा अल्झिएको छ भने एमालेको राजनीतिक प्रभाव कमजोर बन्दै गएको छ। यस्तो अवस्थामा नेकपा तुलनात्मक रुपमा सुदृढ अवस्थामा रहेको उनको भनाइ छ।

उनले भदौ २३ पछि देखिएको जेन–जी आन्दोलनपछि नेकपाले सबैभन्दा पहिले संगठनात्मक र राजनीतिक रुपान्तरणको प्रक्रिया अघि बढाएको दाबी गरे। हालसम्म २५ वटा घटकबीच एकता कायम भएको उल्लेख गर्दै उनले त्यसले निर्वाचनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

सापकोटाका अनुसार अहिले वामपन्थी तथा कम्युनिष्ट धारको मूल प्रवाह नेकपा नै भएको तथ्य स्थापित हुँदै गएको छ। पार्टीले देशभर १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको र सबै स्थानबाट उत्साहजनक प्रतिवेदन आइरहेको उनले जानकारी दिए।

एमालेका कार्यकर्ताहरू इतिहासमै पहिलो पटक रक्षात्मक अवस्थामा देखिएको टिप्पणी गर्दै उनले त्यसको कारण पार्टी नेतृत्वको व्यवहार रहेको बताए। साथै, कांग्रेस विभाजनमा परेको र नयाँ भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रभाव पनि क्रमशः घट्दै गएको उनको विश्लेषण छ। रास्वपाको राजनीतिक शैली दीर्घकालीन नहुने दाबी गर्दै उनले त्यसलाई क्षणिक लोकप्रियतासँग तुलना गरे।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र रास्वपाबीच भएको सहमतिप्रति टिप्पणी गर्दै सापकोटाले त्यसमा विचार, दर्शन र स्पष्ट राजनीतिक कार्यदिशाको अभाव देखिएको बताए। नीति, कार्यक्रम र एजेण्डाको स्पष्टता नदेखिएको उनको भनाइ छ।

सापकोटाले नेपाली जनताले ठूलो बलिदानबाट प्राप्त गरेको राजनीतिक परिवर्तनको रक्षा गर्नुपर्नेमा जोड दिए। उनका अनुसार पुराना दलहरूले जनअपेक्षा पूरा गर्न नसक्दा असन्तोष बढ्यो र त्यसको फाइदा प्रतिक्रियावादी शक्तिहरूले उठाए। तर अहिले विस्तारै जनताको भरोसा पुनः नेकपातर्फ फर्कँदै गएको उनको दाबी छ।

आत्मालोचनाको प्रक्रिया अघि बढाएको उल्लेख गर्दै उनले पार्टीले जनतासँग पुनः विश्वासको सम्बन्ध निर्माण गरिरहेको बताए।

आगामी निर्वाचनलाई ठूलो राजनीतिक उलटफेरको सम्भावना बोकेको चुनावको रुपमा चित्रण गर्दै सापकोटाले नेकपाले ‘नेशन फस्ट’को अवधारणालाई केन्द्रमा राखेर राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई प्राथमिकता दिने स्पष्ट पारे।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार