मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

भिख मागेर बाँचेको व्यवस्था अब फाल्नुपर्छ : विप्लव
भिख मागेर बाँचेको व्यवस्था अब फाल्नुपर्छ : विप्लव

Thearaniko Times 1369+ समाचार ( )
२० पौष २०८१, शनिबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एक पटक देशको नेतृत्व गर्न चाहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कम्युनिष्ट क्रान्तिकारीहरु बीचको ध्रुवीकरण कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले नेकपाले एक पटक देशको नेतृत्व गर्न चाहेको बताएका हुन् । 

उनले देशको लागि ध्रुविकरण गर्दै देशको नेतृत्व गर्न चाहेको उल्लेख गरे । अहिलेको पार्टीको एकता शुरुवात मात्रै भएको उल्लेख गर्दै आगामी दिनमा अझ एकताका अभियानहरु बढ्दै जाने उनको भनाई थियो । 

महासचिव विप्लव सीले विदेशीसँग भिख मागेर बाँचेको व्यवस्था फाल्नुपर्ने र यो व्यवस्थाको अन्त्य गरेरै छोड्ने उद्घोष गरे। सत्तामा रहेका राजनीतिक दलहरुले नेपाललाई गरिब भनेर विभिन्न अन्तर्राष्ट्रिय फोरमहरुमा भाषण गर्दै भिख माग्ने गरेको बताउँदै त्यसको अन्त्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘नेपाल गरिब छ भनेर विभिन्न अन्तर्राष्ट्रिय फोरममा भाषण गर्ने, युवालाई विदेश लखेट्ने र विदेशीका सामु नेपालीलाई केहीपनि नभएका नागरिक भनेर चिनाउने गरिएको छ ।’, विप्लवले भने, ‘त्यस्तो केही होइन । नेपालीसँग आफ्नै घर छ, आफ्नै सानो भएपनि खेत र बारी छ । अरु युरोपियन, अमेरिकल, पूर्वी एसियाका मान्छेसँग यत्ति पनि छैन ।’

उनले नेपालमा गर्न सके सबैसँग भिख माग्न नपर्ने ठोकुवा गरे । यो व्यवस्था अन्त्य गर्दै वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्दै भिख माग्ने प्रथाको अन्त्य गर्नुपर्ने बताए ।

आजको संकटग्रस्त व्यवस्था फाल्न जरुरी रहेको बताउँदै विप्लवले यसका लागि क्रान्तिकारीहरु एक हुनुपर्ने बताए । ‘हामीले भनेका छौं, फेरिपनि माओवादी सहयात्रीहरु सबै तयार बनौं । हामी धेरै छौं, एक जना कमरेडले डायरीमा टिप्नुभएको रहेछ, माओवादी मात्रै १९ वटा भङ्गालामा छन् भन्ने कुरा उहाँले सुनाउँदै हुनुहुन्थ्यो । हामी एक हुनुपर्छ । नेपाललाई समाजवादतिर लैजाने सपना हामीले मर्न दिनुहुँदैन ।’

महासचिव विप्लवले कुनैपनि स्वार्थको अगाडि नेपाली जनताको सपना बेचिन नहुने बताए । उनले अहिले केही हदसम्म जनताको चाहना धर्ममराएको जस्तो देखिएको बताए । उनले जनताको चाहना धर्ममराउन आफूहरुले नदिने बताए । उनले जनताको लागि आफूहरु गोरुजस्तो भएर जोतिन तयार रहेको पनि बताए ।

महासचिव विप्लवको सीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रवक्ता प्रकाण्ड सीले संचालन गरेका थिए । प्रवक्ता प्रकाण्ड सीले एकीकृत जनक्रान्तिको विद्रोहलाई कसैले रोक्न नसक्ने बताउँदै  देश र जनताले नेकपाको नेतृत्व खोजिरहेको ठोकुवा गरे । प्रकाण्डले एकीकृत जनाक्रान्तिमार्फत नेपाली विशेषताको समाजवाद स्थापना गरेरै छाड्ने उद्घोष समेत गरे ।  

वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको विद्रोही समूहलाई विप्लवले टिका र माला लगाएर स्वागत गरेका थिए । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी विद्रोहीका संयोजक जितेन्द्र सीलागायत केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला कमिटी सदस्यसहित सयौँ नेता कार्यकर्ता नेकपामा ध्रुविकृत भएका छन् । 

कार्यक्रममा स्थायी  कमिटी  सदस्य सुशील सी, केन्द्रीय सल्लाहकारद्वय सिद्दी बहादुर सी र दीपक सी, पोलिटब्युरो सदस्य कान्छाराम सि र चिरन सी, केन्द्रीय सदस्य बिन्दु सी लगायतको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

दीपक सी केन्द्रिय सल्लाहकार ने क पा २० पौष २०८१, शनिबार

खुसी लाग्यो

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार