मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

माओवादी द्वन्दमा घर उजाडिएको २५ वर्षपछि अमुले गरिन् दोस्रो विवाह

Thearaniko Times 1394+ समाचार ( )
१ मंगशिर २०८०, शुक्रबार

चितवन–दशबर्षे जनयुद्धका क्रममा पति गुमाउनुपरेका माडीका साहित्यसर्जक अम्बिका पोखरेल कार्की (अमु)ले पति वियोगको २५ वर्षपछि पारिवारिक सहमतीमा दोस्रो बिवाह गर्नुभएको छ ।
नेपाल प्रहरीमा कार्यरत पति ओम कार्कीको २५ वर्षअघि माओवादीको आक्रमणमा परी मृत्यु भएसंगै एकल महिलाको रूपमा उहाँले आफ्ना एक छोरीको सबै जिम्मेवारी पूरा गर्नुभएको थियो ।

छोरीलाई उच्च शिक्षा दिएर बिवाह गरेपछि आफूले थप जिम्मेवारी लिने निणर्यसहित बुटवल मंगलापूर निवासी पत्नी वियोगको पीडा खेपिरहेका तीन छोरीका पितासंग उहाँले बिवाह गर्नुभएको हो ।

परिवारका सदस्यहरूको सहमति र उपस्थितिमा शुक्रबार बिवाह बन्धनमा बाँधिनुभएकी अम्बिकाले जिन्दगी नयाँ बाटोमा हिडेँको सार्वजनिक रूपमै जानकारी दिनुभएको छ । अढाई दशकको एकल जीवनपश्चात विवाह गर्नुभएका उहाँलाई सबैले बधाईसहित शुभकामना दिएका छन् ।

अम्बिकाले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेकी छिन्
आजबाट यो जिन्दगी नयाँ बाटोमा हिड्यो।

मैले दोस्रो विवाह गरेँ। जिन्दगी सोचेजस्तो नहुने रहेछ । १६ वर्षको उमेरमा मैले पहिलो विवाह गरेकी थिएँ । २० बर्ष पूरा हुँदै गर्दा म विधवा भएँ। नेपाल प्रहरीमा कार्यरत ओम जिलाई देशको द्वन्द्वले लग्यो । यसरी प्रेम वियोगमा मैले २५ बर्ष गुजारेँ । यो दौरानमा आर्थिक, सामाजिक, राजनितिक उतारचढावहरू मेरो जीवनमा आए । व्यवस्था परिवर्तनको नाममा मच्चिएको उत्पातले म जस्ता कैयौं दिदीबहिनीहरूले वियोगमा जिन्दगी जिउनु परेको सत्यताहरू हाम्रो आँखा अगाडी छन् ।

सन्तानको लागि मैले जानी नजानी, सकि नसकी आफ्नो कर्तव्य पूरा गर्न लागि परेँ र उचित शिक्षा दिएर कुटुम्बको जिम्मा लगाएँ। त्यसपछि म बिल्कुल एक्लो भएँ अबको यो उमेरमा झन् कसैको साथको आवश्यकता खड्किन थाल्यो । मनले साथीको आवश्यकता महसुस गरेकै बेला परिवारिक थ्रोबाट ज्ञवाली जिको कुरा मसम्म आयो । मैले जवाफ दिन सकिन र निर्णय गर्ने पूरा अधिकार छोरी ज्वाइँलाई दिएँ ।

मेरो पहिलो घर, माइती, मावली र इष्टमित्र समक्ष यो कुरा राखेर सबैको सर्वसहमतिमा र उपस्थितिमा बुटवल, मंगलापूर निवासी पत्नी वियोगको पीडा खेपिरहनु भएका तीन छोरीका पिता ज्ञवालीजिलाई अबको बाँकी जिन्दगी सुम्पने निर्णय गरेँ । अब हामी चार वटी छोरीको माता पिता भएका छौं । हिजो पनि म मेरो कर्तव्यबाट विमुख भइन अब भोलीपनि कर्तव्यवोध गर्ने नै छु । अब हाम्रो चाहना हामी दुबैले गुमाएका हाम्रा आफ्ना मान्छे( ओमजि र कृष्णा दिदी) को स्मरण गर्दै चार सन्तानको कुशल माता पिता बनेर हाँसी खुशी बाँकीको जिन्दगी बिताउनु हो।

समाज परिवर्तनको नारा फुकेर मात्र समाज परिवर्तन हुँदैन सुरुवात हामी आफैले गर्ने हो । (हजुरहरू सबैलाई यो मेरो निर्णय चित्त नबुझ्न सक्छ कृपया केही लेख्नु अघि आफ्नो श्रीमती, आमा, दिदीबहिनी, भाउजू, बुहारीलाई मेरो ठाउँमा राखेर दुई सेकेन्ड सोचेर मात्र लेखिदिनू होला हवस् त धन्यवाद ।)

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार