मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

जेनजी आन्दोलन
प्रधानमन्त्री ओलीको राजीनामापछि मेयर बालेनले जेन–जीलाई संयमित हुन आग्रह

Thearaniko Times 1401+ समाचार ( )
२४ भाद्र २०८२, मङ्गलबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएलगत्तै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आन्दोलनरत जेन–जी पुस्तालाई संयमित रहन अपिल गरेका छन्। उनले आन्दोलनकारीलाई वार्ताका लागि तयार रहनु पर्नेमा जोड दिँदै वार्ता अघि संसद् विघटन भएको सुनिश्चित गर्न आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मेयर शाहले लेखेका छन्, “हामीले स्पष्ट रूपमा भनेका थियौं, यो नितान्त जेन–जीको आन्दोलन हो। प्रिय जेन–जी, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ। अब संयमित हुनुहोला। देशको जनधनको क्षति भनेको तपाईं–हाम्रै सम्पत्तिको क्षति हो।”

उनले थप लेखेका छन्, “अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ। तयार रहनुहोला। साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला। तर याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ।”

जेन–जी आन्दोलन सुरु भएदेखि नै बालेन शाहलाई आन्दोलनकारीहरूले आफ्नो नेतृत्व लिइदिन आग्रह गर्दै आएका थिए। ओलीको राजीनामापछि आन्दोलन नयाँ चरणमा प्रवेश गरेको विश्लेषण भइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार