मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

काँग्रेस लगायत सबै दलसँग छलफलमा छौं- अध्यक्ष नेपाल

Thearaniko Times 1401+ समाचार ( )
२३ पौष २०७९, शनिबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिनेनदिने विषयमा अन्तिम निर्णय गर्न बाँकी रहेको बताउनु भएको छ।

नेपाल नेवा राष्ट्रिय संघ (समाजवादी)काे प्रथम अधिवेशनकाे भक्तपुरमा आयाेजित कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै अबकाे ४ वर्ष पार्टी निर्माणमा घनिभुत रुपले लाग्ने र सत्ताकाे लागि मात्र मरिहत्ते  नगर्ने बताउनु भएको हो ।

नेपाली कांग्रेससंगकाे गठबन्धन टुटेर नयाँ राजनीतिक समिकरण बनेपछि बसेकाे पार्टीको स्थायी कमिटी र पाेलिटव्युराे बैठकबाट सरकारमा पर्ख र हेर को नीति अवलम्बन गरेको बताउनु भयो । अहिले काँग्रेस, जसपा लगायत विभिन्न दलहरुसँग छलफल चलिरहेको बताउँदै अध्यक्ष नेपालले पुस २६ गते प्रधानमन्त्रीले लिने विश्वासको मत सरकारकाे नीति तथा कार्यक्रम हेरेर निर्णय लिने जानकारी दिनुभयो। 

वामपन्थीहरुकाे माेर्चा बनाउन विभिन्न पार्टी र नेताहरुसँग छलफल चलिरहेको छ । हामी माेर्चा बनाएर जाँदा बलियो हुने छौ । त्यस पछि कसलाई र कुन पार्टीलाई समर्थन गरेर सरकार बनाउने साेच्न सकिने खुलासा गर्नु भयो ।

हामीले देशभरका जिल्ला अध्यक्ष र ईन्चार्जहरुसंग जुम मिटिङ गरेका थियौं । त्यस मिटिङमा साथिहरुले सरकारमा जान हतार गर्नु भन्दा पनि पार्टी निर्माणकार्यमा लाग्नु पर्ने सुझाव दिएको अध्यक्ष  नेपालकाे भनाइ थियोे । 

नेकपा(एकिकृत समाजवादी) केन्द्रीय सचिव नागेन्द्र चौधरी, नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी)का अध्यक्ष पासाङ शेर्पा, नेकपा(एकिकृत समाजवादी) काठमाडौंका नेता बसन्त मानन्धर, जानुका श्रेष्ठ, डा. राजेन्द्रमान श्रेष्ठ,

नेकपा(एकिकृत समाजवादी) भक्तपुर सह इन्चार्ज भवानी खड्का लगायतले आ-आफ्नो मन्तव्य राख्नुहुँदै नेपाल नेवा राष्ट्रिय संघ समाजवादीको अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सभापतित्व माइलाबाबु देउलाको सभापतित्वमा भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार