काठमाडौं / नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट) 4 महिनादेखि नेतृत्वविहिन छ। गत पुसमा डा सुनिलबाबु श्रेष्ठको कार्यकाल सकिएपछि नास्टमा उपकुलपति रिक्त छ।विज्ञान तथा प्रविधिको क्षेत्रमा मुलुककै ठूलो मानिने उपकुलपति चाडो नियुक्त गरियोस् भनेर अनुसन्धानकर्ताहरूको दौडधुप चलिरहेको छ। विहिवार नेपाल राष्टिय कर्मचारी सँगठन र नास्ट स्वतन्त्र युनियनले सँयुक्त रूपमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री माननिय अशोक कुमार राईलाई भेटी चाडो उपकुलपति सिफारिस गरि नास्टको बेथिति अन्त गर्न आग्रह गरियो।
युनिएनका अध्यक्ष दिनबन्धु पराजुलीले गतिशिल उपकुलपति नियुक्ति गरि नास्टलाई माथि उकास्न मन्त्रीलाई आग्रह गर्नु भयो।अघिल्ला दुई उपकुलपति कर्मचारी भन्दा माथि उठ्न नसकेकोले नास्टको यो अवस्था आएको बताउनु भयो।
सँगठनका अध्यक्ष होम बहादुर खनालले जेष्ठ 7 गतेवाट सदस्य सचिवको नि अबधि सकिने हुदाँ नास्टको सम्पूर्ण काम ठप्प हुने मन्त्री राईलाई अवगत गराउनु भयो। आफुहरूले नास्टलाई राम्रो गराउन खोज्दा बेथिती रोक्न खोज्दा व्यवस्थापनवाट उल्टै असहयोग भएको खनालले स्मरण गराउनु भयो। नास्टमा चलिरहेको बेथिती रोक्न मन्त्रीलाई आग्रह गर्दे आफुहरूले पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्ता व्यक्त गर्नु भयो।
यता प्रशासनले कर्मचारी सँगठन र युनियन डेलिगेसन गएको पत्तो पाएर हतार हतारमा मन्त्रीलाई सम्बोधन गरि उपकुलपति रिक्त रहेको भनी पत्राचार गरिएको पाइएको छ। जुन काम सचिव डा महेश अधिकारीले चार महिना अघि गर्नु पर्ने थियो। उपकुलपति नहुदाँ मनोमानी गर्न पाईने हुदाँ पत्राचार गर्न ढिला गरिएको एक कर्मचारीले बताउनु भयो।
मन्त्री राईले नास्टको चासो राखी आउनुभएकोमा कर्मचारी सँगठनलाई धन्यवाद दिनु भयो। आफुले विज्ञान सचिवलाई सर्च कमिटी बनाउन निर्देशन दिएको र सचिव आउने बित्तिकै यो काम निमावली अनुसार अघि बढाउने जानकारी दिनु भयो।
के छ नास्ट निमावलीमा?
उपकुलपतिको नियुक्ति प्रधानमन्त्रीले गर्ने व्यवस्था छ। यसका लागि कुलपति(प्रधानमन्त्री)ले सहकुलपतिको अध्यक्षतामा दुई जना प्राज्ञ सदस्यहरू रहेको एक समिति बनाउने र र समितिले सिफारिस गरेको व्यक्तिहरूमध्येवाट उपकुलपतिमा चयन हुन्छन्। नास्टको उपकुलपतिमा प्रधानमन्त्री र सहकुलपतिमा शिक्षा मन्त्री रहने व्यवस्था छ। नास्टको सर्च कमिटि सिफारिस गर्दा विज्ञान सचिवको कुनै भूमिका नरहने र यो मन्त्रीको कुटनितिक जबाफमात्र रहेको एक प्राज्ञले बताउनु भयो। राजनितिक भागबन्डा मिलेको खण्डमा दुई दिनमा उपकुलपति नियुक्त हुने बताउनु भयो। सत्तारूड दल माओबादी र जसपाको खिचातानीको कारणले नास्टलाई क्षति पुगेकोले नागरिक खबरदारीको लागि प्राज्ञले अपिल गर्नु भयो।