मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

साहित्य र कला
सिलवालको ‘अमेरिकाको घाम’ लोकार्पण

Thearaniko Times 1401+ समाचार ( )
२३ पौष २०८२, बुधवार

काठमाडौं । नियात्राकार छविरमण सिलवालको नवीनतम नियात्राकृति ‘अमेरिकाको घाम’ लोकार्पण गरिएको छ। बुधबार राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ सहित विभिन्न साहित्यकार र सर्जकहरूको उपस्थितिमा कृतिको लोकार्पण गरिएको हो।

कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार रोदनले सिलवालका नियात्राले पाठकलाई अमेरिका, युरोप र चीनसम्मको यात्रा अनुभूति गराउने क्षमता राखेको बताए। उनले कृतिमा यात्राका अनुभवलाई जीवन्त ढंगले प्रस्तुत गरिएको उल्लेख गरे।

त्यसैगरी भुँडीपुराण प्रकाशनका प्रबन्ध निर्देशक केशव पराजुलीले कृति मीठासपूर्ण रहेको र पाठकको मन जित्ने विश्वास व्यक्त गरे। लेखक सिलवाल यसअघि दश वटा कृतिहरू प्रकाशित गरिसकेका छन् भने ‘अमेरिकाको घाम’ उनको दोस्रो नियात्राकृति हो।

कृतिभित्र विभिन्न शीर्षकका १३ वटा नियात्रा समावेश गरिएको छ। समीक्षक राजकुमार बानियाँका अनुसार सरल, सहज र संवेदनशील भाषासँगै कहिलेकाहीँ देखिने काव्यात्मक प्रस्तुतीले यात्रावृत्तान्तलाई आकर्षक बनाएको छ।

साहित्यकार कुमारी लामाले जीवनका हरेक क्षणलाई उत्सवझैँ प्रस्तुत गर्न सिपालु लेखक सिलवालले ‘अमेरिकाको घाम’ मार्फत पाठकलाई रमाइलो यात्रामा सहभागी गराउन सफल भएको टिप्पणी गरिन्।

‘अमेरिकाको घाम’ भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित कृति हो, जसको मूल्य रु. २७५ निर्धारण गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार