मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

खनालको ‘मानिस किन बिदेसिन्छन्!!' को लोकार्पण
खनालको ‘मानिस किन बिदेसिन्छन्!!' को लोकार्पण

Thearaniko Times 1401+ समाचार ( )
१५ वैशाख २०८२, सोमबार

काठमाडौं । स्रष्टा मोदनाथ खनालको प्रबन्ध कृति‘मानिस किन बिदेसिन्छन्!'को लोकार्पणको लोकार्पण भएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा पूर्व राजदुत तथा परराष्टविद डा.दिनेशराज भट्टराई,पूर्वमन्त्री चीनकाजी श्रेष्ठ,वरिष्ठ पत्रकार किशोर नेपाल, काँग्रेसका नेता गुरु वराल, छविरमण सिलवाल,प्राडा.मुकुन्द लामिछाने,ज्ञानु अधिकारी,तथा स्रष्टा मोदनाथ खनाल लगायतले संयुक्त रुपमा उक्त कृति लोकार्पण गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले वाल्यकालदेखिका कुरा सहित नेपालका विविध विशेषता समेत उल्लेख गरिएको कृति वर्तमान नेपालको राजनीतिक वेथिति उजागर गरेको र मानिस विदेसिनुका कारणहरु स्पष्ट राखेको बताए ।

पूर्वमन्त्री चीनकाजी श्रेष्ठले नेपालको वर्तमान राजनीतिप्रति रोष प्रकट गरे । उनले भने- “राजनीति लोभीपापीहरुको अखडा बनेको छ । असल व्यक्तित्वहरु पछि पर्ने अवस्थाले देश दुरावस्थामा गएको हो । यसैले खनाल जस्ता इमान्दार व्यक्ति नेपाल फर्केर राजनीतिमा सक्रिय हुनुपर्छ । सहि मान्छेले सहि ठाउँ नपाएर विदेसिनु परेको वर्तमान यथार्थता हो ।”

अर्का नेता गुरु बरालले पनि राजनीतिक बेथिति मन नपरेको बताए । उनले नेताहरुमा भनाई र गराईमा फरक परेको बताए । कार्यक्रममा वरिष्ठ पत्रकार किशोर नेपालले शुभकामना मन्तव्य व्यक्त गरे ।

कृतिमाथि संक्षिप्त टिप्पणी गर्दै समालोचक ज्ञानु अधिकारीले भनिन्-” पुस्तकको शिर्षक नै मुर्त भएकोले शिर्षकले नै धेरै कुरा बोलेको छ । आजको समयको जल्दोबल्दो विषयमाथि भोक्ताले लेखेको कृति हो । यसमा विदेसिएका मान्छेको मनोदशा आएको छ । राजनीतिक दल र तिनका नेताहरुको अदुरदर्शिताको कारण धेरै नेपाली विदेसिएको कुरालाई कृतिमा प्रष्ट्याइएको छ ।”

अर्का टिप्पणीकर्ता प्रा.डा.मुकुन्द लामिछानेले भने -“दार्शनिक चेतमा खनालको यो कृति आएको छ । मूलत दर्शन र राजनीतिलाई विषय बनाएर राजनीतिक कारणले नेपालीहरु विदेसिनुपरेको तथ्यलाई राखिएको छ । कृतिले तीनखुट्टे ओदानको रुपमा वर्तमान तीन ठूला दलहरुको अर्कमण्यताले मानिस विदेसिन वाध्य भएका छन् भन्ने कुरालाई प्रष्ट पारेको छ ।”

कृतिकार खनालले लेखिंरहँदा आफुलाई आनन्द लाग्ने बताए । उनले पुस्तक रचनागर्भको बारेमा भने -"लेख लेख्छु भनेर थालनी गर्दा किताब तयार भयो । मैले मेरो भोगाई र अनुभूतिहरुलाई पुस्तक मार्फत प्रकट गरेको छु ।”

सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा भएको उक्त कार्यक्रम कवि एवं सञ्चारकर्मी ठाकुर बेलवासेको सञ्चालन  तथा  प्रतिष्ठानका महासचिव कवि,नियात्राकार प्रदीप सापकोटाले स्वागत मन्तव्य राखेका थिए ।

लोकार्पण कार्यक्रम सुनकोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष कवि छविरमण सिलवालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार