मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |
मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |


नेपालका दलहरू स्वार्थमा बढी केन्द्रित भयो –महासचिव देव गुरुङ

Thearaniko Times 1369+ समाचार ( )
२८ असार २०८०, बिहीबार

भक्तपुर/नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले असंलग्न परराष्ट्र नीति कमजोर बन्दै गइरहेको बताएका छन् ।   


बिहीबार भक्तपुरमा आयोजित चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको ‘नेपाल–चीन रेशमी सहकार्य ः समुन्नत भविष्यका लागि सहयात्रा’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्र, देश र जनताको स्वार्थभन्दा पनि नेता, दलको स्वार्थमा बढी केन्द्रित हुँदा असंलग्न परराष्ट्र नीति कमजोर बन्दै गइरहेको बताएका हुन् । 


नेकपा (माओवादी केन्द्र) का महासचिव गुरुङ्ले पछिल्लो समयमा पञ्चशीलको सिद्धान्त कमजोर पर्दै गइरहेको, स्वतन्त्र परराष्ट्र नीति कमजोर बन्नुको कारण कुनै न कुनै दबाब र प्रभावमा पर्दै जाने स्थितिले असंलग्न आन्दोलनलाई अघि बढाउनुको सट्टा पक्षधरता बन्ने ढंगको प्रवृत्ति बढ्दै गइरहेकामा चिन्ता व्यक्त गर्नुभयो ।  


‘हाम्रा महत्वाकांक्षीहरू, कमीकमजोरीलाई महत्वकांक्षीका रूपमा बढाउँदै लैजाने, पद प्रतिष्ठाको लागि बढाउँदै लैजाने, राष्ट्र, देश र जनताको स्वार्थभन्दा पनि नेता, दलहरूको स्वार्थमा बढी केन्द्रित हुने र एकले अर्कोलाई विस्थापित र निषेध गर्नेकुरा हाबी भयो । यसले नै नेपालको राष्ट्रिय अस्मिता कमजोर बन्दै गयो,’ गुरुङले भने, ‘त्यसैले हामीले राष्ट्रिय सहमति भनिरहेका छौँ । त्यसको विकल्प छैन, सकिन्छ,, सरकार पनि राष्ट्रिय सहमतिले बनाउनुपर्छ । सकिएन भने विकास निर्माण लगायतका मुख्य मुद्दामा राष्ट्रिय सहमति आवश्यक छ । नेपालले असंलग्न परराष्ट्र नीति अँगाल्दै आइरहेको छ । तर समस्या के देखिरहेको छु भन्दा पछिल्लो समयमा पञ्चशीलको सिद्धान्त कमजोर पर्दै गइरहेको छ ।’

महासचिव गुरुङले राष्ट्रिय राजनीतिमा पनि विकासको, स्थिरता, स्थायित्व, निरन्तरता अनिवार्य रहेको बताए । उनले राष्ट्रिय राजनीतिमा आन्तरिक अराजकता, एकले अर्कोलाई निषेध गर्ने राजनीति र विद्वेषपूर्ण ढंगले चल्ने खालका प्रवृत्तिहरू बढेका कारण विचारको क्षेत्रमा मतभेद देखिएको उल्लेख गरे । ‘विचारको क्षेत्रमा देखापर्ने मतभेदहरू मैत्रीपूर्ण ढंगले प्रतिस्पर्धा गर्नेकुरा हो । अरू मुद्दाहरूमा चाहे परराष्ट्र नीति, राष्ट्रिय मामिला, चाहे विकास निर्माणको मामिला होस्, यिनीहरूमा राष्ट्रिय सहमति जरुरी छ । नेकपा (माओवादी केन्द्र) ले २०६६ सालदेखि नै निरन्तर रूपमा नै भन्दै आइरहेको छ । अहिलेको चुनौतीको समस्या समाधान गर्न राष्ट्रिय सहमतिको डेमोक्रेसी निर्माण गर्नुपर्छ,’ उनले भने, ‘दलहरूबीचमा मैत्रीपूर्ण प्रतिस्पर्धा हुनसक्छ तर बहुलवाद होइन । बहुदलीय प्रतिस्पर्धा हुनसक्छ, मैत्रीपूर्ण प्रतिस्पर्धा हुनसक्छ । विकास निर्माण, राज्य सञ्चालन मैत्रीपूर्ण प्रतिस्पर्धा हुनसक्छ तर मुलुकमा एकले अर्काेलाई निषेध गर्ने, अराजकता पैदा गर्ने, दलहरू हरेक ठाउँमा समानान्तर ढंगले चल्ने, राज्यलाई कमजोर पार्ने दिशातर्फ जान थाल्यो । 

परराष्ट्र नीति, राष्ट्रिय मामिला, विकास निर्माणमा राष्ट्रिय सहमति जरुर रहेको बताए। नेपालको राष्ट्रिय अस्मिता अत्यन्तै कमजोर बनेर गइरहेको बताए। उनले राष्ट्रिय अस्मिता कमजोर हुनु, राजनीतिक दलहरु एक ठाउँमा नउभिनुले शक्तिकेन्द्रले नाजायज फाइदा उठाइरहेको बताए । महासचिव गुरुङले बीआरआई प्रभावकारी ढंगबाट अघि बढ्न नसकेको पनि बताए । 

यसैगरी उक्त अवसरमा चिनियाँ कम्यूनिष्ट पार्टी अन्र्तराष्ट्रिय विभागका काउन्सेलर डु स्याअलिन (CPCID का counselor Du xiaolin ) ले  नेपाल चीन द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तथा मजबुत बनाउने बिषयमा बिचारहरुको आदानप्रदान भइरहेको बताउनुभयो । सिपिसिआइडिका काउन्सेलर स्याअलिनले यस फोरमले बीआरआईलाई कनेक्टिभिटी तथा पूर्वाधार विकासको माध्यमबाट आर्थिक विकास हासिल गर्न सकिने माध्यमको रुपमा यसको महत्व स्थापित गरेको बताउनुभयो । उहाँले बिआईआरबाट  सबै देशले फाइदा उठाउन सक्छ अर्थात यसबाट सबै देश win win को अबस्थामा रहन्छौ  । यसबाट कुनै पनि देश डराउनु पर्दैन भन्नुभयो। काउन्सेलर स्याअलिनले नेपाल–चीनबीच हिमालय वारपार बहुआयामिक कनेक्टिभिटी नेटवर्कको बृहत्तर फ्रेमवर्क अन्तर्गत सीमापार रेलमार्ग लगायत पूर्वाधार विकासमा चीनले सहयोग गर्ने बताउनुभयो । नेपालको राष्ट्रिय प्राथमिकताका आधारमा शिक्षा, निर्यात व्यापार प्रवद्र्धन र नाकाहरु खोल्ने लगायत बिषयमा सघाउन चीन तयार रहेको पनि उहाँले बताउनुभयो। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार