मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

नेकपा (एकीकृत समाजवादी)का ३५ जना जनप्रनिनिधिहरु निर्विरोध निर्वाचित , बहिर्गमित जनमुक्ति सेना एकीकृत समाजवादीमा समाहित

Thearaniko Times 1401+ समाचार ( )
१६ वैशाख २०७९, शुक्रबार

काठमाडौं । नेकपा ९एकीकृत समाजवादी०का ३५ जना जनप्रनिनिधिहरु निर्विरोध भएका छन् ।

 नेकपा एकीकृत समाजवादीको तर्फबाट २ जना गाउँपालिका अध्यक्ष, १ जना गाउँपालिका उपाध्यक्ष, ६ जना वडाअध्यक्ष र २६ जना सदस्यहरु निर्विरोध निर्वाचित भएको एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जानकारी दिएका छन् 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले पुरानो पार्टी (नेकपा एमाले) कुहिएर दक्षिणपन्थी भासमा भासिएपछि आफूहरुले पुष्पलाल कालिन कम्युनिष्ट आन्दोलनको निरन्तरता रुवरुप नयाँ पार्टी दर्ता गराएको बताउनु भएको छ  ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित बहिर्गमित जनमुक्ति सेनाको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कम्युनिष्ट आन्दोलनको निरन्तरता र क्रान्ति जोगाउन र नेपाली समाजको आमूल गरिवर्तनका लागि एकीकृत समाजवादी निर्माण गर्नुपरेको बताउनु भयो । 

‘पुरानो पार्टी सबै हिसाबले कुहिने, दक्षिणपन्थी भासमा भासिने, व्यक्तिवादको अत्यन्तै दलदलमा फस्ने र सबै हिसाबले कम्युनिस्ट आदर्शलाई परित्याग गर्ने स्थितिमा पुगिसकेपछि हामीले कम्युनिस्ट आन्दोलनको रक्षा गर्न, आन्दोलनलाई जोगाउन, आदर्शलाई साकार पार्न क्रान्तिकारी स्पिरिटलाई जोगाउँदै अघि बढ्न र नेपाली समाजको आमूल परिवर्तन गर्ने उद्देश्यका साथ अगाडि बढेको बताउनु भयो । अध्यक्ष नेपालले पार्टी दर्ता भएको ८ महिनाको अवधिमा आफूहरुले धेरै सफलता हासिल गरेको भन्दै पुराना र इमानदार नेता कार्यकर्ता एकीकृुत समाजवादीमा  रहेकाले समाज परिवर्तन र देश विकासमा आफूहरुको योगदान महत्वपूर्ण रहने बताउनु भयो । 

 स्थानीय तह निर्वाचनका बारेमा जनताहरुमा धेरै भ्रम रहेको  भन्दै कलम चिन्हका उम्मेद्वार सहित गठवन्धनका रहेका नेताहरुलाई जिताउन साथै जनताको घरघरमा गएर वर्तमान अवस्थाका भ्रम चिर्न  नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ । 

कार्यक्रममा बहिर्गमित जनमुक्ति सेनाका अध्यक्ष अर्जुन वुढाथोकी सहित सयौंको संख्यामा एकीकृत समाजवादीमा समाहित भएका कार्यकर्ताहरुलार्ई  अध्यक्ष नेपाल सहित महासचिव डा. वेदुराम भुसाल उपमहासचिव डा. गंगालाल तुलाधर लगायत नेताहरुले खादा र टीका लगाएर सम्मान गर्नुभएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार