मुख्य समाचार
बनेपा–६ मा योजना तर्जुमा गोष्ठी सम्पन्न, जनआवश्यकतामा आधारित योजना छनोट | 'जाँगरको कल्पवृक्ष’ कवितासङ्ग्रह सार्वजनिक | नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित |
मुख्य समाचार
बनेपा–६ मा योजना तर्जुमा गोष्ठी सम्पन्न, जनआवश्यकतामा आधारित योजना छनोट | 'जाँगरको कल्पवृक्ष’ कवितासङ्ग्रह सार्वजनिक | नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित |

समाज/राजनीति
बनेपा–६ मा योजना तर्जुमा गोष्ठी सम्पन्न, जनआवश्यकतामा आधारित योजना छनोट

Thearaniko Times 1377+ समाचार ( )
अधुरा योजना सम्पन्न गर्न जोड, विकासमा योगदान गर्ने व्यक्तित्व सम्मानित
३१ जेठ २०८३, आइतबार

बनेपा/ बनेपा नगरपालिका वडा नं. ६ ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि योजना छनोट तथा बजेट तर्जुमा गोष्ठी सम्पन्न गरेको छ। वडाको वार्षिक योजना तथा बजेट निर्माण प्रक्रियालाई सहभागितामूलक, पारदर्शी र आवश्यकतामुखी बनाउने उद्देश्यले आयोजित गोष्ठीमा विभिन्न क्षेत्रका सरोकारवाला तथा स्थानीय प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

गोष्ठीमा टोल विकास संस्था, उपभोक्ता समिति, सहकारी संस्था, सामुदायिक वन, महिला समूह, ज्येष्ठ नागरिक, सांस्कृतिक तथा शैक्षिक संस्थाका प्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिहरू सहभागी भएका थिए। कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष सचितानन्द केसीले गरेका थिए भने सञ्चालन वडा सचिव गोकुल अधिकारीले गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष केसीले गत आर्थिक वर्षका कार्यक्रम तथा योजनाको समीक्षा गर्दै अझै सम्पन्न हुन बाँकी रहेका योजनाहरूलाई आगामी वर्ष प्राथमिकताका साथ पूरा गरिने बताए। उनले शिक्षा र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम तर्जुमा गरिने स्पष्ट पारे।

“स्थानीय आवश्यकताका आधारमा दिगो र प्रभावकारी योजना छनोट गरी नागरिकको जीवनस्तर सुधारमा केन्द्रित हुनेछौं,” अध्यक्ष केसीले भने।


स्वागत मन्तव्यका क्रममा वडा सदस्य लालकृष्ण तिमिल्सिनाले निर्वाचनअघि जनतासमक्ष गरिएका अधिकांश प्रतिबद्धता पूरा भएको दाबी गर्दै खानेपानी तथा सडक निर्माणलगायतका योजनामा उल्लेखनीय प्रगति हासिल भएको बताए। बाँकी कार्यकालमा पनि विकासका अभियानलाई निरन्तरता दिइने उनको भनाइ थियो।

गोष्ठीमा आर्थिक विकासअन्तर्गत कृषि तथा सिँचाइ, सामाजिक तथा पूर्वाधार विकासअन्तर्गत सडक स्तरोन्नति, नाला निर्माण, सडक बत्ती विस्तार, खानेपानी व्यवस्थापन, सीसीटिभी जडान, वन तथा वातावरण संरक्षण, विपद् व्यवस्थापन, वृक्षारोपण, फोहरमैला व्यवस्थापन, संस्थागत विकास, सुशासन तथा सेवा प्रवाहसँग सम्बन्धित विभिन्न योजनाहरू प्रस्ताव गरिएका थिए।

सहभागीहरूले सडक, खानेपानी, ढल तथा नाला व्यवस्थापन, सार्वजनिक स्थल संरक्षण, सामुदायिक भवन निर्माण तथा अन्य पूर्वाधार विकासका योजनालाई प्राथमिकतामा राख्न सुझाव दिएका थिए। महिला, ज्येष्ठ नागरिक तथा सांस्कृतिक संस्थाका प्रतिनिधिहरूले पनि आफ्नो क्षेत्रका आवश्यकता र विकासका प्राथमिकताबारे धारणा राखेका थिए।

वडा कार्यालयका अनुसार प्राप्त सुझाव र प्रस्तावका आधारमा योजनाहरूको प्राथमिकता निर्धारण गरी आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तयार गरिनेछ।


कार्यक्रममा खानेपानी उपभोक्ता समितिका अध्यक्ष अनन्त दाहाल, वडा प्राविधिक नवराज जोशी, त्रिवेणी कमलपोखरी टोल विकास समितिका अध्यक्ष भैरव केसी, भक्तेश्वर–बुद्धिनारायण टोल विकास समितिका अध्यक्ष द्वारिका न्यौपाने, खत्रीगाउँ पाँचकुमारी टोल विकास समितिका शिवप्रसाद पौडेल, गोसाइँकुण्ड चाल्नेढुंगा टोल विकास संस्थाका बासुदेव कुइँकेल, डाँडागाउँ शिलु मार्ग टोल विकास संस्थाका गोविन्दप्रसाद तिमिल्सिना, राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापति जयराज बजगाईँलगायतले वडाका आवश्यकता र समस्याबारे धारणा राखेका थिए।

गोष्ठीका अवसरमा वडाको विकास तथा सेवा प्रवाहमा योगदान पुर्‍याएको भन्दै खानेपानी उपभोक्ता समितिका अध्यक्ष अनन्त दाहाल, वडा प्राविधिक नवराज जोशी तथा वडा सदस्यहरू लालकृष्ण तिमिल्सिना, विजया सुवेदी न्यौपाने र कल्पना परियारलाई सम्मान गरिएको थियो।


त्यसैगरी वडा सांस्कृतिक समूहका सुदीप पौडेलले वडाको विकास यात्रालाई समेट्दै सांगीतिक प्रस्तुति दिएका थिए। कार्यक्रमको अन्त्यमा वडा सदस्य विजया सुवेदी न्यौपानेले धन्यवाद ज्ञापन गरेकी थिइन्। योजना संकलन कार्यमा गंगाराम ठकुरी र सुमन खत्रीले सहजीकरण गरेका थिए।

स्थानीय आवश्यकता र जनसहभागितालाई केन्द्रमा राख्दै बनेपा–६ ले आगामी वर्षको विकास मार्गचित्र तयार गर्न थालेको यो गोष्ठीलाई वडाको योजनाबद्ध विकासतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार