मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |
मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |

अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयले एमाले काँग्रेसको निद्रा हराएको छ
अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयले एमाले काँग्रेसको निद्रा हराएको छ

Thearaniko Times 1375+ समाचार ( )
अधिवक्ता दीपक शर्मा
१५ फाल्गुन २०८१, बिहीबार

अमेरिकाका वर्तमान राष्ट्रपति ट्रम्प सत्तामा आएपछि वैदेशिक सहायता रोक्ने निर्णय गरेर अन्तराष्ट्रिय जगत नै तरंगित बनाइदिएका छन् । डोनाल्ड ट्रम्पले चुनावमा जनताका विचमा ल्याएका चुनावी घोषणाबाट सायद यस्तो कठोर निर्णय लिएका हुन सक्छ र अर्काको सहायताबाट सम्पत्ति जोड्ने लालसमा बसेका दल अन्तर्गतका सरकार, तीनीहरुको गैर सरकारी संघसंस्था लगायत अन्तराष्ट्रिय गैर सरकारी संंघ संस्था पनि तिल्मील्याएका छन् । विदेशी डलरको भरमा कागजी प्रमाण बनाएर जनताको नाममा ठगी गर्ने संघसंस्था लगायत सरकार अन्तर्गतका विभिन्न निकायमा ठुलो भुकम्प गएको छ । देशको अर्थतन्त्र गिर्दो अवस्थामा छ भने जनतालाई दैनिक हातमुख जोर्न धौ  धौ पर्न लागेको वर्तमान अवस्थामा आज देशलाई यो अवस्थामा पु¥याउन मलजल गर्ने काँग्रेस एमाले र माओवादी लगायत तराई वादी पार्टीले गर्दा देश आज यो अवस्थामा आएको छ । सम्पत्ति शुद्धिकरण र भष्ट्राचारमा अपेक्षित सुधार गर्न नसकी बदमान सरकारका कारण आज नेपाल ग्रे लिष्टमा अग्रस्थानमा आएको देख्दा नपाल लाजले शिर निहुराउन बाध्य भएको छ । वर्तमान ऐंजेरु सरकारका कारण देशको आर्थिक अवस्था, विकास निर्माण, शु–सासन लगायत उद्योग कलकारखाना ठप्प हुनु, कृषि उत्पादन नहुनु, बेरोजगारको प्रतिशत बढ्नु, युवाको विदेश पलायन र देशमा महंगी र अन्याय अत्याचारले गर्दा नेपाललाई खोक्रो बनाउने विगत ३५ वर्षदेखि देशको ढुकुटीमा ब्रम्हलुट गर्ने प्रमुख पार्टी एमाले, काँग्रेस र माओवादी केन्द्रका कारण आज देश यो अवस्थामा पुगेको छ ।
वर्तमान सरकार प्रमुख ओलीको कुनै भिजन नभएको र उनका नजिकका प्रशासकले ओलीको वचन हार्न नसक्ने मन्त्रीहरु गैर जिम्मेवार कुरा गर्ने, पार्टीमा सेवकहरु जम्मा गर्ने र विभिन्न काण्डमा दोषिलाई जोगाउन सरकारी संयन्त्रहरु प्रयोग गर्ने, पहुँच र क्षमता नभएका व्यक्तिलाई झुठा मुद्दा लगाउने र आफ्ना पार्टीका व्यक्तिलाई धोइ पखाली गरेर न्यायिक संयन्त्रमा समेत दबाब दिएर मुद्दा नै चल्न नदिने पुरानो सोचका कारण देशले एमालेबाट अब आशा गर्ने ठाउँ राखेका छैनन् भने काँग्रेसको कारण देश बदनाम मात्र छैन कुलमान घिसिङ जस्ता देशलाई चाहिने पात्रलाई पटक–पटक स्पष्टिकरण सोधेर हैरान बनाउँदै भारतीय दलाललाई बिजुली निःशुल्क बनाउने र देशलाई घाटा पु¥याउने काम गर्ने उर्जा मन्त्री दिपक खड्काको कारण दिनप्रतिदिन बदनाम  बन्दैछ । काँग्रेसमा देउवा जोडि कारण वि.पी. र गणेशमानको योगदान हराउँदै गएको छ र एमालेमा असल नेता तथा कार्यकर्ताले आफ्नो राजनीतिक भविष्यलाई ओझेलमा पारेका छन् भने माओवादी केन्द्रमा पनि प्रचण्ड कमरेडले सत्ता मात्र हेर्दा जनताका सपनाहरु झनै ओझेलमा परेका छन् । शहिदका सपनाहरुमा तुषारापात आएको छ । भविष्यमा अब जनतामा जाने सबै ढोकाहरु बन्द गर्दै जनताको नजरबाट बिलाउँदै गएको वर्तमान अवस्था साँच्चै दर्दनाक छ ।
भारतमा अध्ययन गर्न गएकी प्रकृति लम्सालको मृत्युप्रति एकरति चिन्ता नलिने सरकार साँच्चै भारतको दास भन्दा फरक नपर्ला । एउटी चेलीको के कारणले मृत्यु भयो ? कसरी नेपाली विद्यार्थी भारतमा असुरक्षित भएका हुन् ? किन कुटनीतिक पहल गर्न खोज्दैन यो सरकार ? देशमा खर्बो वैदेशिक ऋण लिएर नेपालीको टाउकोमा ऋणको भार बोकाउने यो सरकारले आज के काम गरेको छ जनताको लागि ? देशमा संविधान, सँसद, कार्यपालिका, न्यायपालिकाको कारण यो अवस्थामा पुगेको छ देश । वैदेशिक सहायता विना पाइला चाल्न नसक्ने त्यसको विकल्प तयार नपार्ने अनी अर्काको जुठो पुरोमा रमाउन पल्केका स्यालहरुले गर्दा देश आज यो अवस्थामा पुग्दा सच्चा नेपालीको मन रुदैन होला र ? अब अमेरिका र युरोपियन युनियनबाट सहयोग नआउने हो भने नेपालमा शिक्षा, स्वास्थ्य लगायत विभिन्न कार्यक्रमहरु प्रभावित हुने स्पष्ट संकेत देखिइसकेको छ । हिजो विश्वबाट आएको खर्बो खर्बको डलरबाट भुँडि भरेका आइ.एन.जि.ओ., एन.जि.ओ., ठेकेदारका निद्रा अब हराम भएको छ । आएका अनुदान देश र जनताका लागि खर्च गरेको भए देश निकै अगाडि बढ्ने थियो । अब हिजो विदेशबाट आएको रकम दुरुपयोग गर्न सरकारका विभिन्न निकायका पदाधिकारी र अन्य संघ संस्थाका व्यक्तिहरुको सम्पत्ति छानविन गर्ने हो भने त्यो निकाल्न सकिन्छ तर सरकार नै भष्ट्रहरुको संरक्षक भएको कारण देशमा केही हुन सक्ने अवस्था छैन । हिजो अमेरिका युरोपबाट आएका अर्बो, खबौं रकम खाएर नेपालीको भविष्य माथि खेलबाड गर्ने अपराधीहरुको सुरक्षित स्थान खोजेको अवस्था छ भने अब मातृशिशु, स्वास्थ्य विभिन्न विकास परियोजना पनि प्रभावित बन्दै गएको अवस्थामा नेपालमा सरकार चलाउने पार्टीका नेताहरुको अपारदर्शिताका कारण देश फेरी एकपटक ठुलो आर्थिक संकटमा फस्दैछ । अमेरिकाबाट आएको जुठो रकम एम.सि.सि. ल्याउन सँसदमा ताली बजाएर पास गर्ने काँग्रेस, एमाले र माओवादी केन्द्रको कारण देशमा एम.सि.सि. को कारण देशका खनिज पद्धार्थ, चीन विरुद्ध प्रयोग हुने अमेरिकी सेनाले गर्दा टाउको दुखाइको बिषय बनेको नेपालमा अब एम.सि.सि. रोक्ने अमेरिकाको अस्थायी निर्णयलाई सधै सधैको लागि नेपाल आउन दिनुहुदैन भने हाम्रो नदीनाला सिमा लगायत धेरै प्राकृतिक स्रोत र साधनमा गिद्दे नजर लगाउने अमेरिका र भारतको सहयोग नलिने र चीनसँग विकासको साझेदारी बन्दै नेपालमा थुप्रै प्रविधि र सहयोग भित्र्याउन पहल गर्ने हो भने नेपाल आत्मनिर्भर बन्न सक्छ, त्यसको लागि दीर्घकालिन योजना बनाएर आगामी  निर्वाचनमा एमाले, काँग्रेसको विरुद्धमा वाम एकता र वाम धुव्रीकरणको माध्यमबाट नेपालमा संम्वृद्धि ल्याउन ढिला गर्नु हुँदैन । हिजो रुस र युक्रेनको विचमा खडा भएको युद्धमा अमेरिकन अर्थतन्त्रमा टाट पल्टेपछि रुससँग हातेमालो गर्दै शक्ति राष्ट्रहरु एकजुट हुनुपर्छ भनेर दिएको सन्देशबाट आज युरोपियन देशहरु दंग परेका छन् भने अन्तराष्ट्रिय, भु–राजनीतिबाट नेपाल पनि अलग रहन सक्ने अवस्था हुँदैन । नेपाललाई राम्रो बनाउने हो भने नेपालमा रहेका देशभक्त शक्ति, प्रजातन्त्रवादी, कम्युनिष्ट लगायत समाजवादी मोर्चाबाट मात्र देश उँभो लाग्न सक्छ भन्ने सोचका साथ नेपाल र नेपालीको भलाईको लागि बाँझो जग्गामा फलफुल अन्न, जडिबुटी लगायत तरकारीमा आत्मनिर्भर बन्दै नेपालमा नै रोजगारीको वातावरण बनाउन र जनताको साथमा हातमा हात मिलाएर जानको लागि नेपाली विशेषताको समाजवाद ल्याउने दृढ संकल्प बोकेको पार्टी नेपाल कम्युनिष्ट पार्टीका नेता महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले आज गाउँ गाउँमा गएर आफ्नै श्रममा आफैं भाग लिएर तराई देखि कर्णाली हुम्ला, जुम्ला लगायत विकट क्षेत्रमा लागि परेको देख्दा अबको विकल्प भनेको  ठगी खाने पार्टी एमाले काँग्रेस र माओवादी भन्दा नेपाल कम्युनिष्ट पार्टीका नेता महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले नेतृत्व गरेको पार्टी र त्यो पार्टीमा लागेका असल कार्यकर्ताले मात्र अब देश हाँक्न सक्न अवस्था देखिएको कारण आगामी चौरासीको चुनावमा जनताले मासुभात, नोट, चिप्ला कुरामा लाग्ने होइन र झोले दलालहरुको इसारामा आफ्नो मत दान नगरी देश बनाउने पार्टी जसले नेपाली विशेषताको समाजवादको नयाँ प्रणाली सुरु गरेर स्व–उत्पादनमा लागेको कारण देशले एक पटक नयाँ नतृत्व खोजेको  देखिन्छ र भष्ट्राचारी पार्टी र तीनका कार्यकर्ताबाट सचेत बन्दै अग्रगामी सोचका साथ नयाँ नेपाल बनाउने नेपाली विशेषताको समाजवाद हुँदै वैज्ञानिक समाजवादबाट मात्र समग्र देशको हित हुन सक्ने हुँदा अब हामी  सबै नेपालीको चेत खुल्नु जरुरी छ । हिजो सरकारमा बसेदेखि अमेरिका र युरोपियनहरुको डलरबाट अकुत सम्पत्ति कमाउने देश कंगाल बनाउने काँग्रेस एमाले मन्त्री नेता तथा सहायताबाट आएका अर्बौ डलर घोटाला गर्न पल्केका जानी दुस्मनहरुको निद हराम भएको छ । यो देशमा सरकार छ त पार्टीको मात्र छ त्यो पार्टीका कार्यकर्ता र नेताको छ जनताको सरकार छैन । अब जनताको सरकार बनाउन विप्लव नेतृत्वको पार्टीलाई एक पटक सत्तामा ल्याउन नेपाली जनताले ढिला गर्नु हुँदैन । देशको मुहार फेर्न  चम्किलो पार्न अब विप्लव नेतृत्वको पार्टी नेपाल कम्युनिष्ट पार्टी ले नै गर्न सक्छ, देशले चौरासीमा त्यही खोजेको छ ।   

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार