मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |
मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |


अबको बटम लाइन भनेको नेपाली विशेषताको समाजवाद र कम्युनिष्ट एकता नै हो ।

Thearaniko Times 1394+ समाचार ( )
२८ असार २०८१, शुक्रबार

-दिपक शर्मा जंगम

प्रचण्डको नेतृत्वमा बनेको एमाले सहितको नेपालको संविधान २०७२ को धारा ७६ (२) को सरकारलाई दिएको समर्थन फिर्ता गरेर एमालेबाट भएका मन्त्रीहरुलाई फिर्ता बोलाएर एमालेले “कहीं नभएको जात्रा हाँडीगाउँमा” भन्ने चरितार्थ सिद्ध गरेर देशमा फेरी प्रधानमन्त्रीको कुर्सीमा पार्टीलाई च्याँखे थापेको छ । देशमा प्राप्त लोकतन्त्रको विकसित रुप गणतन्त्र र गणतन्त्रले आवश्यक ठानेका राष्ट्रपति कार्यकारी प्रधानमन्त्री लगायत गणतान्त्रिक संविधानले जनता सार्वभौम सम्पन्न बनाएर देशमा २०६२÷०६३ मा एउटा रेखा कोरिदिएको थियो । जनताभन्दा माथि कोही हुँदैनन् । शासक जनता प्रति इमान्दार हुनुपर्नेमा शासक त बन ढाडे बन्दै जनता तर्साएर तिनै जनतालाई अनावश्यक करको भारी बोकाएर जनताले तिरको करबाट आन्न्द जिवन बिताइरहेका जनप्रतिनिधि, राष्ट्रपति, प्रधानमन्त्री लगायत संवैधानिक अंग तथा निकायहरु र व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका एक आपसमा संविधानको परिधी भन्दा बाहिर गई जनताको भावना नबुझेका कारण आज देश तथा जनताले ठुलो भार व्यहोर्नु परीरहेको सत्य हामीहरुको आँखा अगाडि नाचिरहेको छ । 

देशको प्रधानमन्त्रीले आँट गरेको भए गृहमन्त्रीले हिम्मत र फुर्तिका साथ खट्टा नकमाई भष्ट्राचारीको एक एक कर्तुत जनताको अगाडि ऐना देखाईदिएको भए सबैले प्रधानमन्त्री र गृहमन्त्रीलाई स्यालुट ठोक्थ्थे जनताले । जनताको अगाडि केही गर्न नसक्ने प्रहरी प्रशासन तथा अदालतलाई पंगु बनाउने काम गर्ने, कर्मचारीलाई ठिक ठाउँमा नराख्ने, सुशासन तथा जनताको समस्याप्रति संवेदनशिल नबन्ने गर्दा आज फेरी देश ठुलो भुमरीमा परेको छ । यो देशमा पटक–पटक सत्ता चाखेका ब्वाँसाहरु ¥याल चुहाउँँदै कुर्सीको पछि लाग्ने र कुर्सी प्राप्त भएपछि आय आर्जन गर्ने, ब्रम्हलुट गर्ने अपराधीलाई ढाकछोप गर्ने, अनुसन्धानमा प्रभावित पार्ने, अपराध गर्न उक्साउने, नक्कली भुटानी शरणार्थी, टिकापुर जग्गा प्रकरण गिरिबन्धु चिया बगान लगायत धेरै नै अपराध गर्ने गराउनेसँग देशले के कस्तो शु–शासनको अवसर पाउँला ? स्थायी सरकार बनाउँदा पनि पटक–पटक सँसद विघटन गरेर पैसठ्ठी प्रतिशतको कम्युनिष्ट सरकारलाई भत्काउने धुन्धुकारी प्रवृत्ति बोकेका के.पी. ओली र एमालेसँग जनताले परिवर्तनको आशा गर्नु भनेको बेकार बकवास मात्र हो ।

देशमा पटक–पटक जनताले दिएको मतबाट बहुलाएर सत्ताको मिठो गन्धबाट अपराधका श्रृंखला बढाउँदै भष्ट्राचार गर्न पल्केका यी मन्त्री र प्रधानमन्त्री बनेपनी केही हुने संकेत छैन । आज  गठित वर्तमान सरकार फेल भएपछि संविधानको धारा ७६ (३) ले शेर बहादुर प्रधानमन्त्री बने भने अझै श्रीमतीलाई अपराध गर्न उक्साउने र टिकापुर जग्गा प्रकरणलाई छोप्ने नै हो र नक्कली भुटानी बनाउनेलाई मलजल गरेर हुर्काउने अनि बचे खुचेका केही छन् भने तीनीहरुलाई आफ्नो कब्जामा लिएर गैर कानूनी बाटो अबलम्बन गर्दै देशमा व्याप्त भष्ट्राचार गर्ने नै हो । यिनीहरु देशका धमीरा हुन् नेपाली कांग्रेसले  २००७ देखि २०८१ सम्म जनतालाई के दियो ? राष्ट्रिय उद्योगहरु बेचेर देशलाई कंगाल  बनाएर युवा वर्गलाई बेरोजगार बनाउँदै वैदेशिक रोजगारको लागि विदेशिन बाध्य पा¥यो । कुनै नयाँ परिवर्तन गर्न नसक्ने कांग्रेस एमाले, कुर्सी सत्ताको लागि मिलेका हुन् । भष्ट्रचारी माफिया जोगाउन मिलेका हुन् र नेपाली जनताको घर घरमा बेरोजगार सृर्जना गरी भारत र अमेरिकाको इसारामा सत्तासिन बनेका काँग्रेस, एमाले जनताको लागि भन्दा पनि आफ्नो लागि सत्तारोहणमा पटक–पटक विराजमान हुन सक्ने भाग्यमानी अवसरवादीहरु हुन् ।

आज कुर्सी छा्ड्न पर्दाका कारण प्रचण्ड कमरेड तनावमा भएको महुसुस माओवादी केन्द्रभित्र नपरेको होइन । हिजो सत्तामा भएसम्म अपवित्र गठबन्धन जोसँग गरेपनि पद भए पुग्ने र विचार र सिद्धान्त नमिल्ने सँग सत्ता साझेदारीको नाममा मिलेर चुनाव लड्ने अनि आज अवसर गुम्यो भन्दैमा पुर्परोमा हात राखेर हुनेवाला केही छैन । प्रचण्ड साँच्चै नै जनयुद्धमा लागेका व्यक्ति हुन् तर जनयुद्ध पश्चात प्राप्त सरकारबाट जनताको लागि कति काम गर्न सक्यो यो प्रचण्ड सरकारले ? माओवादी केन्द्रबाट जनताले यस्तो अवस्था खोजेका थिए ? कोही नक्कली भुटानी शरणार्थी त कोही सुन प्रकरणमा जोडिएर प्रहरीको अनुसन्धानमा तान्न नसक्नु प्रचण्ड सरकारलाई पीडा र लज्जाबोध भएको  त छैन ? हिजो दुई तिहाइको सरकार फुटाएर पटक–पटक धोका दिने केपी ओलीको चरित्र नचिन्दा आज नराम्ररी पछारिनु परेको छ । प्रचण्ड र प्रचण्ड सरकार आज सत्तामा भएसम्म किन प्रत्येक फाइल खोलेर काण्डमा मुछिएकमा अपराधिलाई जेल चलान हाल्ने आँट गरेनौ प्रचण्ड कमरेड ?

अब एउटा अवसर त गुम्यो नै प्रधानमन्त्रीको कुर्सी पनि छिन्यो तर अब चेतना हुने हो भने विचार मिल्ने कम्युनिष्ट बिच भाइचाराको व्यवहार गर्न अब त कसिन्छौ कि ? हिजो सत्तामा छदा जनताको लागि काम गर्ने भन्दा पनि आफ्नै मान्छेको इसारामा कसरी आफन्त जोगाउने कसरी कुर्सी बचाउने जसरी भए पनि अपवित्र गठबन्धनको कुर्सीमा बस्ने चलाखी गर्दैमा बित्यो अब कहिले चेत्छ माओवादी केन्द्र ? अब प्रतिपक्षमा बसेर विचार मिलेका कम्युनिष्टहरु बीच सहकार्य गर्दै समाजवादको लाइनमा जनतालाई लैजानु पर्दछ । आज देशमा पटक– पटक प्रधानमन्त्री बनेका प्रचण्डबाट पनि कुर्सीमा बसेर कुनै परिवर्तन भएन भन्ने कुरा आजको देशको आर्थिक अवस्था परीक्षामा एस.इ.इ. को नतिजा, विकास निर्माणको अवस्था आदि विभिन्न समस्याको मोडमा देशलाई पु¥याउने काम गर्ने पेन्सन पाकेका नेता र तिनलाई मलजल गरेर उक्साउने झोले कार्यकर्ता नै हुन् । पढे लेखेका झोले कार्यकर्ता पनि लाइन लागेर देश विगार्ने अभियानमा होस्टेमा हैसे गर्ने नै हुन् । अहिले के.पी. ओली र शेर बहादुरको विचमा जे जति सम्झौता बाट सरकारको कुर्सीमा अपवित्र सहमती भएको छ त्यो के पी बाट पुरा हुँदैन र धोखा दिन माहिर चतुर खेलाडी के.पी. ओलीसँग सहमती पुरा हुने विश्वासमा गएको काँग्रेस र एमालेको सरकार बन्यो भने अचम्म मान्नुपर्ने छैन किनकी बामपन्धी एकतामा ठुलो धोखा दिने प्रधानमन्त्रीको पद प्रचण्डलाई छोड्न पर्ला भनेर साँसद नै विघटन गर्न नडराउने प्रवृत्ति बोकेका ओलीसँग कांग्रेस कति विश्वास गर्छ ? त्यो त भोली धोका पाएपछि देखिने कुरा हो । आज प्रहरी अनुसन्धानबाट अपराधको फाइल खुल्छ र जेल जानुपर्छ भनेर डराएको हो भने काँग्रेसबाट देश बन्छ भन्नु बेकार छ होइन भने प्रतिपक्षमा बसेर जनताका मुद्धाहरु उठाउन सक्नुपर्थ्यो र जनताको समस्या प्रति सचेत भएर लाग्नुपर्ने थियो । आज  गिरीबन्धु, चिया बगान, भुटानी शरणार्थी र टिकापुर जग्गा प्रकरणको त्रिपक्षीय कर्तुत छोप्न बनाउन लागिएको यो नाटकीय सरकारको आयु तीन महिना टिक्यो भने भाग्य  नै मान्नुपर्छ होइन भने भोली जनताले एक÷एक हिसाब खोज्ने छन् पार्टीको नाममा अवैध सम्पत्ति लुट्ने अपराधीहरुसँग ।

अब प्रचण्ड सच्चिनै पर्छ धेरै बकबक गर्ने होइन ठाउँमा थच्चिनुपर्छ । अब वामपन्थी धारका मोर्चालाई समेटेर एउटा ठुलो आकारको ६५ मतको सरकार बनाउन कम्युनिष्ट धारका पक्षबिच सहकार्य  गर्दै नेपाली विशेषताको समाज वादको परिकल्पनामा द¥हो भएर उभिनुपर्छ र दक्षिणपन्धी धार बोकेको धोकवाज कम्प्युनिष्टको खोले ओडेर जनतालाई धोका दिने एमाले पार्टीलाई मिल्काएर जनताका घर आँगनमा नेपाली विशेषताको समाजवाद ल्याउनको लागि उत्पादन क्षेत्रमा लाग्नु पर्दछ । हामी कृषि अर्थतन्त्रमा ध्यान दिएर अघि बढ्यौ भने भोली पैसठ्ठी प्रतिशत भन्दा बढी मत ल्याएर नेपालमा जनताको कम्युनिष्ट सरकार ल्याउने दिन सुरु गर्नको लागि अबको बटम लाइन भनेको नेपाली विशेषताको समाजवादमा देशलाई लैजाने दृढ संकल्प सहित विद्धान, बुद्धिजीवी विज्ञ लगायत देश बनाउने भिजन र मिसन सहितका व्यक्तिको सल्लाहले कम्युनिष्टहरु मिल्नको लागि कम्युनिष्ट एकता नै हो । जसबाट देशले काँचुली फेर्न सक्छ भन्ने कुरा धु्रव सत्य साबित हुने कुरामा शंका गर्नुपर्ने कुनै कारण छैन ।                                                   

लेखक : कानुन व्यवसायी हुनुहुन्छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार