मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |
मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |


हजारौं ढुंगाहरु भन्दा एक हरफ शक्तिशालि हुन्छ - साहित्यकार अमर न्यौपाने

Thearaniko Times 1375+ समाचार ( )
१९ अशोज २०८०, शुक्रबार
बनेपामा प्रगति वाङ्मय पुस्तक मेला शुरु
काभ्रेपलाञ्चोकको बनेपामा पहिलो पटक वाङमय पुस्तक मेला शुक्रवारबाट शुरु भएको छ । प्रगति पुस्तक भण्डार बनेपाले नजिकिँदै गरेको चाड लक्षित गरी प्रगति वाङमय पुस्तक मेलाको आयोजना गरिएको हो । 
प्रगति वाङ्मयपुस्तक मेलाको साहित्यकार तथा लेखक अमर न्यौपाने र अजिव बनेपालीले रिवन काटेर संयुक्त उद्घाटन गर्नुभएको थियो।  कार्यक्रममा बोल्दै साहित्यकार अमर न्यौपानेले पछिल्ला समय पुस्तक पढ्ने संस्कृति हराउँदै गएको बेला पुस्तक मेला आयोजना गर्नुले पुनःपढ्ने संस्कृति विकास हुने आशा व्यक्त गर्नुभयो। उहाँले शिक्षक र विद्यार्थी सबैले पुस्तक अध्ययन गर्न आवश्यक रहेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘पुस्तक मेला यज्ञ पनि भएकाले अब पुस्तक मेलामा जनप्रतिनिधिलाई भ्रमण गर्न लगाउनु पर्छ, अस्पतालका चिकित्सकहरुलाई भ्रमण गर्न लगाउनुपर्छ अनि सबैलाई पुस्तक मेलामा सहभागिता जनाउन सक्नुपर्छ ।’ हजारौं ढुंगाहरु भन्दा शक्तिशालि एक हरफ हुने भएकाले लेख्न पढ्न बानी बसाल्न उहाँले सबैलाई आग्रह गर्नुभयो । ‘अबको आन्दोलन अक्षरको आन्दोलन हो, उहाँले थप्नभुयो, ‘ढुंगा हान्न सिकाउने होइन, अक्षरको आन्दोलनमा सहभागि गराउन शिक्षकले सिकाउनुपर्छ । 
लेखक तथा साहित्यकार न्यौपानेले हाम्रा शिक्षकहरु टेप रेकर्ड जस्तो मात्रै भएको बताउनुभएको छ ।विद्यालयमा पढाउने अधिकांश शिक्षकहरु पढेर आएको नभई बर्षौदेखि रटेर आएको विषयलाई रट्न लगाउने गर्छ र अरु विषय केही थाहा नुहने खालको हुन भएकाले फरक फरक खालको साहित्यीक किताव पढेको खण्डमा त्यहीबाट विद्यार्थीहरुलाई पढाउन र बुझाउनक ालािग पनि सजिलो हुने उहाँले बताउनुभयो । त्यसैले शिक्षकहरुले त झनै पढ्नुपर्छ, विद्यार्थीहरुले पनि साहित्यिक किताव पढ्नै पर्छ ।’ 
मानिसले भोलिबादको पछि लागेर गर्नुपर्ने प्रगतीमा अल्झन आएकोले भोलिबादको अबलम्वन नगर्न आग्रह गर्दै साहित्य सबैको लागिकाम लाग्ने विषय भएकाले अध्ययन गर्न आग्रह गर्नुभयो । ‘भएकामध्ये एक प्रतिशतले मात्रै पनि नियमित पाठक भएर किताब किन्ने र अध्ययन गर्ने गरेको खण्डमा ज्ञान र आर्थिक आर्जन दुवैमा सहयोग पुग्ने हुन्छ ।’ उहाँले भन्नुभयो, ‘गाईलाई एक लाखको विटो र घाँस एकैपटक फालिदियो भने यसले विटो छोडेर घाँस रोज्छ, मान्छे पनि त्यस्तै हो तर मान्छेमा हरेक जिच आर्जने गर्ने त्रान हुन्छ, त्यो पुस्तकबाट पाईन्छ । त्यसैले पुस्तक अध्ययन गर्ने बानीसबैले गर्न आवश्यक छ ।’ आर्थिक मात्रै भएर मान्छे सम्पन्न हुने नभएर भावना तथ्य  अति अर्थ र व्यवहार दुवै जोडेर अगाडी बढन् सक्नुपर्नेमा उहाँले जोड दिनुभयो । विद्यार्थीदेखि शिक्षक र सबै क्षेत्रमा आवद्ध भएकाहरुले पुस्तक पढ्न थालेको खण्डमा किताप पनि देशको एउटा ठूदो आम्दानीको स्रोत बन्ने उल्लेख गर्दै उहाँले त्यहीबाट लखेकहरुको आम्दानी हुने बताउनुभयो । आफुले सेतो धर्ती लेख्न जागिर छोडेर लेख्न थालेको बताउँदै अध्ययन नै सबैथोक भएको बताउनुभयो ।
ज्ञानको भण्डार नै किताव भएकाले हरेक टोलमा एउटा पुस्तकालय निर्माण गर्नका लागि राज्यले सोच्नुपर्ने वेला आएको उहाँले बताउनुभयो । 
कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ साहित्यकार जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले आफूले विगत देखि नै लेख्ने र ज्ञान बाँढ्ने कुरामा कसैसँग पनि नझुकेको बताउँदै स्थानीय सरकारले लेखकहरुको संरक्षण गर्न नसकेकाप्रति चिन्ता व्यक्त गरेका छन् । उनले लेखकहरुका संरक्षण समद्र्धन गर्ने मामलामा कहिल्यै पनि स्थानीय सरकारले चासो नदिएको र यो निरन्तर कायम रहिरहे भावी पुस्तामा लेखन र पठन संस्कृति कमजोर हुने औँल्याएका छन् । उनले लेखन र पठन संस्कृति कमजोर हुँदा सबै क्षेत्रमा त्यसको व्यापक प्रभाव र असर देखिँदै जाने र कलान्तरमा अक्षरको युद्धमा नेपाल र नेपाली कमजोर हुनसक्ने तर्फ सचेत रहनुपर्ने तर्क गरेका छन् ।
न्यु प्रगति पुस्तक भण्डारका भुवन मानन्धरले पुस्तक व्यवसाय गरेको ४ दशक पुगिसकेको बताउँदै पछिल्लो समय पुस्तक पढ्ने मानिस घट्दै गएकोले यसलाई बढावा दिन प्रगति वाङ्मय पुस्तक मेलाको आयोजना गरेको जानकारी दिनुभयो।
नेपालको चर्चित लेखकहरुका साहित्यिक कृतिहरू, विश्व साहित्य, विभिन्न ज्ञानका अति महत्वपुर्ण पुस्तकहरु र धार्मिक आस्थाका पुस्तकहरू पाइने छन् । यहाँबाट तपाईंहरू पनि अवलोकन गरी आफूलाई मनपर्ने विधाका पुस्तक सहजै प्राप्त गर्न लाभ लिन सक्नुहुनेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार