मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री ओलीलाई दोलालघाटमा भव्य स्वागत

Thearaniko Times 1394+ समाचार ( )
२५ मंगशिर २०८०, सोमबार

दोलालघाट । नेपाल कम्युनिष्ट पार्टी एमाले भुम्लु गाउँ कमिटीले नेकपा एमालेका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई दोलालघाटमा भव्य स्वागत गरेको छ । पार्टीको झुलाघाट–चिवा भञ्ज्याङःसमृद्धिका लागि संकल्प यात्रा अन्तर्गत धुलिखेलबाट सिन्धुपाल्चोक हुँदै दोलखातर्फ जानेक्रममा दोलालघाटमा भव्य स्वागत गरिएको हो । 

भुम्लुबासीले डम्फु लगायत स्थानीय बाजागाजासहित स्वागत् गरिएको नेकपा एमालेका नेता तथा भुम्लु इन्चार्ज प्रेम लामाले जानकारी दिए । झुलाघाटदेखि कोशी पाँचथरको चिवाभञ्ज्याङसम्मको समृद्दिका लागि नेकपा एमालेको संकल्प यात्राको महाअभियानको क्रममा मध्य पहाडी राजमार्ग (पुष्पलाल लोकमार्ग) को १८७९ किलोमिटर यात्राको क्रममा १२औं दिनमा २०८० मंसिर २५ सोमबार नेकपा एमालेका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी शर्मा ओली लगायत सिङ्गो पाटी नेतृत्वको टिमलाई भुम्लु गाउँपालिका दोलालघाटमा  स्वागत तथा भेटघाट गर्न पाउँदा हामी अत्यन्तै खुशी छौं -नेता लामाले भन्नुभयो। यसैगरी नेता लामाले कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनुभएको छ।

यसैबीच एमाले अध्यक्ष ओलीले माछा तारेर पार्टी कार्यकर्ताहरुलाई खुवाउनुभएको थियो। एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा फोटाे पोष्ट गर्दै यात्राको क्रममा दोलालघाटमा ओर्लिएर साथीहरुलाई माछा तारेर खुवाएको उल्लेख गरेका छन्। उनले इन्द्रावती र भोटेकोशी नदीको संगमस्थल दोलाघाट माछाको लागि प्रख्यात रहेको समेत बताएका छन् ।

यसैबीच माओवादी नेता सरल सहयात्रीले एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी ओलीलाई सिन्धुपाल्चोकमा भव्य स्वागत गर्नुभएको बताइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार