मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

राजनीति
चौरीदेउराली–७ मादन कुँडारीमा नेकपाको वडा कार्यालय उद्घाटन, १०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

Thearaniko Times 1401+ समाचार ( )
२ फाल्गुन २०८२, शनिबार

चौरीदेउराली, काभ्रेपलाञ्चोक। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेले चौरीदेउराली गाउँपालिका वडा नम्बर–७ मादन कुँडारीमा वडा पार्टी कार्यालय तथा निर्वाचन प्रचार–प्रसार कार्यालय उद्घाटन गरेको छ। सो अवसरमा १०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गर्दै घरदैलो अभियानको औपचारिक सुरुवात गरिएको छ।

गजबी लामाको संयोजकत्व र नमस्कार लामाको सह–संयोजकत्वमा गठन गरिएको निर्वाचन परिचालन कमिटीले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण र मतदाता भेटघाटलाई प्राथमिकतामा राख्ने बताइएको छ।

वडा कार्यालय उद्घाटन कार्यक्रम पार्टीकी केन्द्रीय सदस्य रेणुका चौलागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। विशेष अतिथिका रूपमा केन्द्रीय सदस्य विष्णु गौतम सहभागी हुनु भएको थियो। कार्यक्रममा प्रदेश सदस्य तेज पन्त, दुर्गा सिंह लामा, कर्मा लोप्साङ, शिव पन्त तथा जिल्ला सदस्य भरत लामा, कृष्णप्रसाद गौतम, टंकप्रसाद गौतम र रमेश ठकुरीलगायत पार्टीका जिल्ला, पालिका तथा वडा तहका नेता–कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौलागाईले जनयुद्धबाट प्राप्त उपलब्धि र संविधानको रक्षा आजको ऐतिहासिक जिम्मेवारी भएको उल्लेख गर्नुभयो। उहाँले वर्तमान राजनीतिक व्यवस्था सुरक्षित राख्न नेकपाको विजय आवश्यक रहेको धारणा राख्दै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार दिननाथ गौतमको जित सुनिश्चित गर्न संगठनलाई एकताबद्ध रूपमा परिचालन गर्न आग्रह गर्नुभयो।

कार्यक्रममा अन्य वक्ताहरूले निर्वाचन तयारीलाई थप सशक्त बनाउँदै जनताको घरदैलोमा पुगेर पार्टीका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए। निर्वाचन परिचालन कमिटीका सह–संयोजक नमस्कार लामाको अध्यक्षता तथा गजबी लामाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार