मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

स्थानीय तहको निर्वाचन बैशाख ३० गते गर्ने देउवा सरकारको निर्णय

Thearaniko Times 1394+ समाचार ( )
२४ माघ २०७८, सोमबार

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचन बैशाख ३० गते गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी वैशाख ३० गते शुक्रबार स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठक बस्नुअघि सरकारले निर्वाचन आयोगका पदाधिकारीसँग यसबारे परामर्श गरेको थियो । आयोगका पदाधिकारीहरूले वैशाख ३० गतेका लागि निर्वाचन मिति उपयुक्त हुने सुझाव दिएका थिए ।

आयोगले यसअघि जेठ ४ गते स्थानीय निर्वाचन मिति प्रस्ताव गरेको थियो । सोमबारको बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वैशाख ३० गतेका लागि निर्वाचन मिति तय गरिएको जानकारी दिएका छन् ।

निर्वाचनको मिति घोषणाअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शितल निवास पुगेर छलफल गरेका थिए । आइतवारै बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा कार्की, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू र महान्यायाधिवक्ता खम्मबहादुर खातीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले बैठक गरेका थिए ।

स्थानीय तह निर्वाचन, अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) का विषयमा सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्ड, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसँग देउवाले छलफल गरेलगत्तै कार्की, बडू र खातीसँग बसेका थिए ।

त्यसपछि सोमबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियासँग टेलिफोनमा संवाद गरेका थिए । त्यसको केही घण्टापछि बसेको मन्त्रिपरिषद् बैठकबाट देउवाले स्थानीय तहको निर्वाचन वैशाख ३० मै गर्ने निर्णय गराए ।

यसअघि आयोगको प्रस्ताव अनुसार प्रधानमन्त्री देउवा जेठ ४ गते एकै चरणमा निर्वाचन गर्न निर्णय तयार भएका थिए । त्यसका लागि गत बिहीबारै निर्णय गर्न लागिएको थियो । तर सत्ता गठबन्धनमा सहमति जुटि नसकेकाले रोकिएको थियो । आइतवार बालुवाटारमा विभिन्न चरणको बैठकपछि मिति घोषणा भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार