मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

खेलकुद
धुलिखेलमा D-Town Basketball Academy को वार्षिक प्रशिक्षण कार्यक्रम सुरु

Thearaniko Times 1401+ समाचार ( )
१८ पौष २०८२, शुक्रबार

धुलिखेल/धुलिखेलमा D-Town Basketball Academy द्वारा सञ्चालन गरिएको वार्षिक बास्केटबल प्रशिक्षण कार्यक्रम औपचारिक रूपमा शुभारम्भ गरिएको छ। उद्घाटन समारोह धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यतामा सम्पन्न भयो भने कार्यक्रमको अध्यक्षता काभ्रे बास्केटबल संघका अध्यक्ष शिव थापा मगरले गर्नुभयो।

काभ्रे जिल्लामा बास्केटबल खेलको विस्तार, नयाँ प्रतिभाको खोज तथा युवाहरूको शारीरिक, मानसिक र नैतिक विकास गर्ने उद्देश्यले यो प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो। काभ्रे बास्केटबल संघको सल्लाह र सहकार्यमा सञ्चालन गरिएको यस कार्यक्रममा स्थानीय तथा राष्ट्रिय स्तरका खेलकुदकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख ब्याञ्जुले खेलकुद विकासमा धुलिखेल नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। उहाँले बास्केटबलजस्ता खेलको प्रवर्द्धनका लागि आवश्यक सहयोग गर्ने र आगामी दिनमा धुलिखेलमै व्यवस्थित बास्केटबल कोर्ट निर्माण गर्ने योजनाबारे पनि जानकारी गराउनुभयो।

उद्घाटन कार्यक्रममा नेपाल बास्केटबल संघका उपाध्यक्ष पवन थापा, काभ्रे पत्रकार महासंघका अध्यक्ष विनोद न्यौपाने, पूर्व अध्यक्ष मोतीराम तिमल्सिना लगायत विभिन्न जिल्लाबाट आएका खेलप्रेमी, प्रशिक्षक र खेलाडीहरूको उपस्थिति रहेको थियो। वक्ताहरूले युवालाई अनुशासन, नेतृत्व र सकारात्मक सोचतर्फ डोर्‍याउन बास्केटबल खेल प्रभावकारी माध्यम बन्ने धारणा राखे।

काभ्रे बास्केटबल संघका अध्यक्ष शिव थापा मगरले खेलकुदलाई केवल प्रतिस्पर्धासँग मात्र सीमित नराखी जीवन उपयोगी सीप विकास गर्ने माध्यमका रूपमा अघि बढाउने उद्देश्यसहित अभियान सुरु गरिएको बताउनुभयो। उहाँले सबैको सहकार्यमा काभ्रेलाई बास्केटबलको महत्वपूर्ण केन्द्र बनाउने लक्ष्य रहेको उल्लेख गर्नुभयो।

कार्यक्रम संयोजक बैभव कुँवरका अनुसार, प्रशिक्षण सत्रहरू चाँडै बनेपा स्थित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा सञ्चालन गरिनेछन्। अनुभवी प्रशिक्षकहरूको नेतृत्वमा नियमित तथा व्यवस्थित प्रशिक्षण प्रदान गरिने जानकारी पनि उहाँले दिनुभयो।

विभिन्न क्षेत्रबाट आएका खेलप्रेमीहरूको उत्साहपूर्ण सहभागिताबीच सम्पन्न उद्घाटन समारोहले युवामा नयाँ आशा र ऊर्जा थपेको छ। D-Town Basketball Academy ले बास्केटबलमार्फत युवा सशक्तीकरणको यात्रामा सबैको निरन्तर साथ र सहयोगको अपेक्षा व्यक्त गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार