मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

सीमा र कमजोरी नभएको मान्छे अहिलेसम्म जन्मिएको छैन - प्रचण्ड
सीमा र कमजोरी नभएको मान्छे अहिलेसम्म जन्मिएको छैन - प्रचण्ड

Thearaniko Times 1394+ समाचार ( )
२७ वैशाख २०८२, शनिबार

‎काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनलाई राष्ट्रियता र जनतन्त्रसँग जोड्ने कमरेड निर्मल लामा साँच्चै सर्वहारा वर्गीय पृष्ठभूमिबाट राजनीतिको शीर्ष स्थानमा पुग्ने एक वर्गसचेत नेता भएको बताउनुभयो ।

‎शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा निर्मल लामाको २५ औं स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले कमरेड निर्मल लामा आफ्नो जीवनमा जहाँनिया राणाशासन, निर्दलीय पञ्चायती व्यवस्था र निरङ्कुश राजतन्त्रको विरुद्धमा सधैँ संघर्षमा रहनुभएका नेपालको बाम र लोकतान्त्रिक आन्दोलनका एक मुर्धन्य व्यक्तित्व भएको टिप्पणी गर्नुभयो। उहाँले आफ्नै जीवनको उत्तरार्धमा राजनीतिक भ्रष्टाचारको विरुद्धमा जिहाद छेड्नुपर्ने आवश्यकता औँल्याउने कमरेड लामाको जीवन सङ्घर्ष नयाँ पुस्ताको लागि पठनीय र मननीय रहेको बिचार व्यक्त गर्नुभयो।

‎अध्यक्ष दाहालले फेरि कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी आदर्श र निष्ठातिर नै अगाडि लैजाने गरी आफूहरू अघि बढिरहेको उल्लेख गरे । चुनौतीका विरुद्ध लड्ने संकल्पसहित फेरि विचार, मुद्दा, वर्ग, समुदायलाई केन्द्रित गरेर एक पटक यथास्थिति भत्काउने र रूपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजाने गतिका साथ काम गरिरहेको उनको जिकिर गर्नुभयो । अध्यक्ष दाहालले अहिले प्रतिक्रियावादी, अवसरवादी अझ बढी आफूहरुविरुद्ध घेराबन्दी गर्ने, भ्रमहरू छर्ने काममा लागेको आरोप लगाए । उनले नेताहरूलाई देवत्वकरण गर्न नहुने पनि बताए ।

अध्यक्ष दाहालले भने, ‘नेताहरूप्रति हामीले बुझ्दा देवत्वकरण गरेर बुझ्यो भने पनि गलत हुन्छ । त्यसको विकृत तरिकाले बुझ्यो भने त झन् गलत हुन्छ । प्रत्येक पार्टी र नेताहरूका पनि सीमा हुन्छन् । कमजोरी पनि हुन्छन् । महान् लेनिनले भनेको झैँ: सीमा र कमजोरी नभएको मान्छे अहिलेसम्म जन्मिएको छैन । कुनै पार्टी पनि जन्मिएको छैन । जन्मिदा पनि जन्मिँदैन । सही नेताले नै कमजोरी सकेसम्म नगर्न बल गर्दछ, भए सच्याउँछ । त्यसलाई नै इतिहासले महान् भन्छ । त्यसलाई नै जनताले आदर्शका रूपमा हेर्दछन् । अहिले देशमा जस्तो परिस्थिति छ, हामी फेरि कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी आदर्श र निष्ठातिर नै अगाडि लैजाने धेरै चुनौतीहरू हाम्रो अगाडि यति बेला छन् । हामी ती चुनौतीका विरुद्ध लड्ने संकल्पसहित हामी फेरि विचारलाई, मुद्दा, वर्ग, समुदायलाई केन्द्रित गरेर एक पटक यथास्थिति भत्काउने र रूपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजान खोजेका छौँ । हामीले यसो गर्न खोजे बापत प्रतिक्रियावादी, अवसरवादी अझ बढी हाम्रो विरुद्ध घेराबन्दी गर्ने, हाम्रा विरुद्ध भ्रमहरू छर्ने, अनेक किसिमको षड्यन्त्रहरू भएका छन् । यो स्वाभाविक रूपले भई पनि राख्छन् ।’

‎ कमरेड लामाको संक्षिप्त जीवनी प्रतिष्ठानका अध्यक्ष लिलामणि पोखरेलले प्रस्तुत गर्नुभएको कार्यक्रम सञ्चालन केन्द्रीय कार्यालयका मुख्य सचिव  गणेशमान पुनले गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार