मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

नेपाल ईंटा उद्योग महासंघको १६औं साधारणसभा काभ्रेको धुलिखेलमा शुरु
नेपाल ईंटा उद्योग महासंघको १६औं साधारणसभा काभ्रेको धुलिखेलमा शुरु

Thearaniko Times 1401+ समाचार ( )
३१ भाद्र २०८१, सोमबार

धुलिखेल। ईंटा उद्योग व्यवसायिहरुको साझा संस्था नेपाल ईंटा उद्योग महासंघको १६औं वार्षिक साधारणसभा आज काभ्रेपलाञ्चोकको धुलिखेलमा हुँदैछ । २०६४ सालमा स्थापना भएको महासंघले काभ्रेपलाञ्चोकमा पनि ईंटा उद्योग बाँचेको छ भन्ने सन्देश दिनका लागि धुलिखेलमा साधारणसभा आयोजना गर्न लागेको महासंघले जनाएको छ ।

नेपाल ईंटा उद्योग महासंघका केन्द्रिय अध्यक्ष शंकर बहादुर चन्दले धुलिखेलमा पत्रकार सम्मेलन गर्दै देशैभरिका ईंटा उद्योग व्यवसायिहरुको सहभागितामा १६ औं वार्षिक साधारणसभा गर्न लागेको बताउनुभयो । खासगरी ईटा उद्योगको प्रविधि रुपान्तरणमा नेपाल ईटा उद्योग महासंघको अहम् भूमिका रहँदै आएको अवस्थामा यस वर्ष ‘वातावरण मैत्री गुणस्तरीय ईटा विकासको आधार, नेपाली माटो नेपालमै रोजगार’ भन्ने नाराका साथ साधारणसभा हुन लागेको उहाँले बताउनुभयो ।

महासंघको स्थापना पश्चात् वातावरण र समाजप्रतिको आप्mनो दायित्व, कर्तव्यवोधका साथ नेपाल सरकारले ल्याएका विभिन्न नीति तथा कानूनहरुको पालना र विभिन्न दातृ निकायहरुसँग हातेमालो गर्दै वातावरणमैत्री ईटा उद्योगहरुको स्थापना गरी ईटामा देश आत्मनिर्भर रहेको उहाँले बताउनुभयो । हाल पाँच वटा प्रदेशमा प्रदेशस्तरिय समिति र २८ वटा जिल्लामा जिल्ला संघहरु सक्रिय रहेको महासंघले जनाएको छ । सञ्चालित उद्योगहरुले नेपाल सरकारले तोकेको वायु प्रदूषणको मापदण्ड भन्दा निकै कम रहेको र प्रविधिमा समेत रुपान्तरण गर्दै अघि बढिरहेको जनाएको छ ।

देशैभरि गरेर एक हजार ३४३ वटा ईंटा उद्योगहरु दर्ता रहेकोमा हाल एक हजार एक सय वटा उद्योगहरु सञ्चालनमा रहेको जनाएको छ । ति उद्योगहरुमा करिब तीन लाख श्रमिकहरुले रोजगारी पाईरहेको जनाएको छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेवेशीमा सञ्चालित ८ वटा ईंटा उद्योगहरु २०७६ सालमा बातावरणमैत्री नभएको भन्दै नगरपालिकाले बन्द गराएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार