मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

रोशी-२ का स्थानीय होमस्टे सञ्चालन सम्बन्धी तालिम

Thearaniko Times 1394+ समाचार ( )
१८ फाल्गुन २०८०, शुक्रबार

रोशी । काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नं. २ का स्थानीयबासिन्दालाई होमस्टे सम्बन्धी तालिम प्रदान गरिएको छ ।

राष्ट्रिय युवा परिषद् भक्तपुरको आर्थिक सहयोग तथा एकीकृत समाज विकास नेपाल ललितपुरको आयोजनामा यहाँका युवाहरुलाई कृषि पर्यटन प्रवद्र्धनको लागि होमस्टे सम्बन्धी तालिम प्रदान गरिएको हो । 

पाँच दिनसम्म सञ्चालन भएको तालिममा त्यहाँ  १३ जना स्थानीय युवाहरुको सहभागिता रहेको थियो । कृषि पर्यटन, पर्यावरण पर्यटन, धार्मिक पर्यटनका साथै प्राकृतिक दृष्टिकोणले समेत भरिपूर्ण रहेको रोशीको २ नं. क्षेत्रलाई विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरेको आयोजकले जनाएको छ ।

तालिममा सहजीकरण गर्दै होम–स्टे(घरबास) महासंघका केन्द्रिय कोषाध्यक्ष सुरज बास्तोलाले होम–स्टे सञ्चालन गर्दा ध्यान दिनुपर्ने विषय, कार्यविधि, सामुदायिक होम–स्टे, विधान र दर्ता प्रक्रियाको बारेमा जानकारी दिनुभएको थियो । सो क्रममा पकाउने कला, स्थानीय रैथाने बस्तुबाट विभिन्न खाद्य बस्तु तयार गर्ने विधि, खाना बनाउँदा ध्यान दिनुपर्ने कुराहरुको बारेमा प्रशिक्षण दिएका थिए । तालिममा सहभागीहरुले अब तत्कालै रोशीमा साुमदायिक होमस्टे दर्ता गर्ने जनाएको छ ।

रोशी गाउँपालिकाको वडा नं. २ स्थित् प्रसिद्ध तीनधारे झरना, महावीर झरना, रानी झरना, ऐतिहासिक गुम्बा, लक्ष्मीनारायाण महादेवको मन्दिर लगायतका प्राकृतिक एवं धार्मिक स्थलहरु रहेको ठाउँ हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार