मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |
मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |


एमाले नै परमादेशी पार्टी हो–नेता सापकोटा

Thearaniko Times 1401+ समाचार ( )
१५ कार्तिक २०७९, मङ्गलबार

बनेपा / नेकपा (एकीकृत समाजवादी)का पोलिटव्युरो सदस्य तथा पूर्व संविधान सभा सदस्य कृष्णप्रसाद सापकोटाले एमाले आफै परमादेशी पार्टी भएको बताउनुभयो । एमालेले गठबन्धनलाई परमादेशी भनेर लगाएको आरोपको खण्डन गर्दै उहाँले कम्युनिष्ट पार्टीलाई फुटाएर तीन वटा पार्टी बनाउँदै एमालेमा फकिर्ने ओली आफै परमादेशी पार्टीको अध्यक्ष बनेको बताउनुभयो ।

लोकतान्त्रिक वाम गठबन्धनले आज बनेपा नगरपालिका–१ मा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै नेता सापकोटाले संविधानले विकेन्द्रिकृत गरेको अधिकारलाई ओली नेतृत्वको सरकारले केन्द्रिकृत गर्दै अदालतमाथि नै सेटिङ गरेर पार्टी फुटाएको जानकारी दिनुभयो । एमालेका नेताहरुले आफैले बनाएको घोषणापत्रको सामान्य काम पनि कार्यान्वयन गर्न नसक्ने पार्टीले विकासको मुल फुटाएको भनेर भ्रम फैलाउनु हास्यास्पद भएको टिप्पणी नेता सापकोटाले गर्नुभयो । सो क्रममा उहाँले गोकुल बाँस्कोटा निर्वाचनमा लडेर जितेको बेलामा बनाएको घोषणापत्रमा प्रत्येक टोलमा फ्रि वाईफाई सेवा उपलब्ध गराउने भनेर लेखिएको भएपनि उनै व्यक्ति सञ्चारमन्त्री हुने वेलामा कार्यान्वयन गर्न नसकेको बताउनुभयो ।

चुनावी भेटघाट कार्यक्रममा बोल्दै नेता सापकोटाले २०७९ को प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा संघीयता विरोधी र संविधान ध्वस्त पार्न खोज्ने पार्टीका उम्मेदवारलाई भोट दिनुको औचित्य नरहेको बताउनुभयो। नेता सापकोटाले सिंहदरबारको अधिकारलाई जनताको नजिकको सरकार स्थापना गरेको संघीयताको विरोध गर्ने उम्मेदवारलाई जनताले भोट दिनु भनेको प्राप्त उपलब्धी गुमाउन दिनु सरह हो, भन्नुभयो ।

उहाँले अहिलेको निर्वाचन संविधानको कार्यान्वयन र प्राप्त उपलब्धीको रक्षा गर्दै विकास र समृद्धिको लागि भएकोले त्यसको नेतृत्व गर्ने बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक रहेको बताउनुभयो । अहिले सामान्य अवस्था नभएर गणतन्त्र र लोकतन्त्रको निम्ति जेल, नेल र यातना व्यहोरेर प्राप्त गरेको उपलब्धीलाई एमालेले ध्वस्त पार्न खोजेको अवस्था रहेकोले अबको निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनको विजयी आवश्यक रहेको उहाँको भनाई छ । ‘७० बर्ष लगाएर प्राप्त गरेको संविधानलाई जोगाउन सकेनौ भने सारा उपलब्धी गुम्नेछ भन्नुहुँदै उहाँले ‘विगतमा बलिदानीको जगबाट प्राप्त गरेको संविधान समाप्त गर्ने काम एमाले अध्यक्ष केपी ओली र हामीले नै भोट दिएर जिताएको मान्छेहरुबाट भएकोले अब त्यस्तालाई चिन्न आवश्यक रहेको बताउनुभयो ।

माधव कुमार नेपाल प्रधानमन्त्री र आफु संविधान सभा सदस्य बन्ने बेलामा निर्णय गरेको काभ्रेपलाञ्चोकको पाँचखालमा विशेष आर्थिक क्षेत्र(सेज) बनाउने भनेर गरेको निर्णयलाई ध्वस्त गर्ने काम एमालेबाट भएको उहाँको आरोप थियो । त्यस्तै सूर्यविनायक धुलिखेल सडक खण्डलाई ६ लेनको बनाउने जापान सरकारले गर्न लागेको सहयोग समेत केपी ओली सरकारले गर्न नदिएको समेत उहाँले बताउनुभयो ।  

सो कार्यक्रममा उहाँले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु यसअघि पनि जनताले परीक्षण गरिसकेकोमा सफल भएका नेतृत्वहरु भएको बताउनुभयो । एमालेका बाँस्कोटा पहिला पटकमा नै जनताले लिएको परीक्षामा टेप प्रकरणमा मुछेर असफल भएको कारण जनताले सफल उम्मेदवारहरु रोज्नेमा आफु विश्वस्त रहेको उहाँले बताउनुभयो ।

काभ्रेपलाञ्चोक जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं. २ का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार शिवप्रसाद हुँमागाई, प्रदेश सभा निर्वाचन क्षेत्र (ख) का उम्मेदवार कञ्चनचन्द्र बादे, प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार मिना तामाङ, प्रदेश सभातर्फका समानुपातिक उम्मेदवार भोलाप्रसाद अर्याल लगायतको उपस्थिति रहेको कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धन दलका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार