मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

साहित्य र कला
‘रेखा–पवन स्रष्टा सम्मान’बाट शर्मा र घिमिरे सम्मानित

Thearaniko Times 1394+ समाचार ( )
२५ फाल्गुन २०८२, सोमबार

काठमाडौं । नेपाल स्रष्टा समाजद्वारा प्रदान गरिने ‘रेखा–पवन स्रष्टा सम्मान–२०८२’ यस वर्ष अग्रज साहित्यिक पत्रकार तथा साहित्यकार नगेन्द्रराज शर्मा र रोचक घिमिरे लाई संयुक्त रूपमा प्रदान गरिएको छ।

राजधानीमा आइतबार आयोजित समारोहमा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, साहित्यकार पवन आलोक तथा रेखा कंडेल लगायतले दोसल्ला, सम्मानपत्र, माला र नगदसहित दुवै स्रष्टालाई सम्मान अर्पण गरेका थिए।

एक लाख एक सय एघार रुपैयाँ नगद राशिसहित प्रदान गरिने उक्त सम्मान अग्रज नियात्राकार तथा साहित्यकार पवन आलोक र उनकी धर्मपत्नी रेखा कंडेलको नाममा स्थापना गरिएको हो। उनीहरूका छोरीहरू बिमला कंडेल थापा, रीता कंडेल बस्नेत, अनिता कंडेल तथा छोरा सुनिल कंडेल र बुहारी माला कटुवाल कंडेलले माता–पिताको वैवाहिक वर्षगाँठको अवसर पारेर कोष स्थापना गरेको आयोजकले जनाएको छ।

कार्यक्रममा समालोचक प्रमोद प्रधान ले सम्मानित व्यक्तित्वहरू नेपाली भाषा–साहित्यमा महत्वपूर्ण योगदान पुर्‍याउने स्रष्टा भएको बताए। उनले नगेन्द्रराज शर्मा लामो समयदेखि साहित्यिक पत्रकारितामा सक्रिय रहँदै नयाँ पुस्ताका लेखक–साहित्यकारलाई प्रेरित गर्दै आएको उल्लेख गरे। शर्माले दुई उपन्यास र दुई कथासङ्ग्रह प्रकाशित गरिसकेका छन्।

कार्यक्रममा प्रा.डा. गोविन्दराज भट्टराई, अशेष मल्ल र प्रा.डा. लक्ष्मणप्रसाद गौतम ले पनि शुभकामना मन्तव्य व्यक्त गर्दै सम्मानित व्यक्तित्वहरू सात दशकभन्दा लामो समय साहित्य साधनामा निरन्तर सक्रिय रहेको उल्लेख गरे।

सम्मान ग्रहणपछि रोचक घिमिरेले साहित्यिक पत्रकारितामा आफूलाई प्रेरित गर्ने भैरव अर्याल र रमेश विकल लाई स्मरण गरे। उनले आफ्नो लेखन यात्रामा तारिणीप्रसाद कोइराला को महत्वपूर्ण भूमिका रहेको बताए।

अर्का सम्मानित स्रष्टा नगेन्द्रराज शर्माले सम्मान प्राप्त गर्नु खुशीको विषय भएको बताउँदै साहित्यिक अभिव्यक्तिलाई नै आफ्नो जीवनको साधना भएको उल्लेख गरे।

कार्यक्रमको अध्यक्षता श्रीओम श्रेष्ठ ‘रोदन’ले गरेका थिए भने सहजीकरण मधु पाठकले गरेका थिए। स्वागत मन्तव्य प्रकाश घायलले व्यक्त गरेका थिए।

नेपाल स्रष्टा समाजका अनुसार ६० वर्ष उमेर पुगेका र नेपाली साहित्यमा निरन्तर सक्रिय तथा उत्कृष्ट योगदान पुर्‍याइरहेका स्रष्टालाई हरेक वर्ष ‘रेखा–पवन स्रष्टा सम्मान’ प्रदान गरिन्छ।

वि.सं. २०८० मा स्थापना भएको उक्त सम्मानबाट यसअघि २०८१ मा कवि तथा गीतकार कालीप्रसाद रिजाल सम्मानित भइसकेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार