मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

कार्यकर्ताको प्रश्न- ‘माओवादी पार्टी कहिलेसम्म चिनी नभएको मिठाई जस्तो बनिरहने ?’

Thearaniko Times 1369+ समाचार ( )
९ भाद्र २०८०, शनिबार
बनेपा । सर्वहारा वर्गको मुक्तिका लागि महान् जनयुद्ध लडेर आएको माओवादी पार्टी पछिल्लो समयमा चिनी नभएको मिठाई जस्तो बनाएको भन्दै अब सुधार गर्न आवश्यक रहेको माओवादी कार्यकर्ताहरुले आवाज उठाएका छन् । जनयुद्धदेखि २०६२÷०६३ को जनआन्दोलन, पहिलो संविधान सभा, १९ दिने जनआन्दोलन र त्यसपछिका दूई÷दूई पटक स्थानीय तहको निर्वाचन सम्पन्न गरेर अहिलेको स्थितिसम्म आईपुग्दा पार्टीको माथिल्लो तहको नेतृत्वदेखि तल्लो तहका कार्यकर्तासम्म विग्रिदै गएको भन्दै ईमान्दार नेता कार्यकर्ताले पार्टीलाई सुधार गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् । पछिल्लो समयमा पार्टीले रुपान्तरणको लागि सञ्चालन गर्न लागेको ‘जनतासंग माओवादी ः विशेष रुपान्तरण अभियान’ सञ्चालनको लागि तयारी स्वरुप सञ्चालन गरेको पूर्ण तथा विस्तारिक बैठकमा कार्यकर्ताहरुले नेताबाट नै रुपान्तरण हुनुपर्नेमा जोड दिएका छन् । नेकपा (माओवादी केन्द्र) बनेपा नगर कमिटीको शनिवार सम्पन्न विस्तारित बैठकमा पार्टी संगठनको रिपोर्टिङ गर्दै वडा नं. २ का वडा कमिटीका कार्यबाहक अध्यक्ष रामकृष्ण गिरीले माओवादी पार्टी चिनी नभएको मिठाई जस्तै भएको टिप्पणी गरे । ‘मुलुक र सर्वहारा वर्गको मुक्तिका लागि जनयुद्ध लडेर आएको पार्टी अहिले आएर चिनी नभएको मिठाई जस्तै भयो ।’ उनले भने, ‘अहिले भएको पार्टी कमिटीको जिम्मेवारीमा छ, तर भूमिका निर्वाह गर्न पाइरहेको छैन ।’ पार्टीले निर्वाचनमा गठबन्धन गरेर कांग्रेसलाई जिताएपछि पार्टी नेतृत्वबाट नै नगरमा पार्टीलाई भूमिका विहीन बनाएको उनले बताए । पार्टी छोडेर कतै नगएपनि निश्क्रिय भएर बस्नुपर्ने बाध्यात्मक अवस्था पार्टी नेतृत्वबाट नै गरेको उनले बताए । नेकपा (माओवादी केन्द्र) बनेपा नगर कमिटी वडा नंं १ का अध्यक्ष राममणि घिमिरेले पनि गठबन्धन गरेर जिताएको नगरका जनप्रनितिधिले जनताको गुनासो र योजनाको विषयलाई लिएर छलफल गर्न जाँदा भेट्न समय नै नदिएको गुनासो गरे । ‘एकातिर अर्को पार्टीको नेतृत्वलाई भोट दिएर जिताएर गल्ति ग¥यौ, अर्कोतिर आफ्नै पार्टीको प्रदेशमा भोट दिएर निर्वाचित गराएको प्रदेश सभा सदस्यहरुले नै वेवास्ता गर्न थाल्यो ।’ उनले भने, ‘अब रुपान्तरण ति व्यक्तिहरुबाट हुनुपर्छ ।’ काम परेर फोन गर्दा समेत नउठाउने नेताहरुबाट वडाको योजना कसरी माग्ने, पार्टी बनेन, संगठन भएन भनेर कसरी भन्ने ? आवश्यक परेर फोन गर्दा समेत जनप्रतिनिधि भएर जिम्मेवारीमा रहेकाहरुले नै फोन नउठाउने गरेको उनले बताए । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बनेपा नगर कमिटीका अध्यक्ष दिक्षा श्रेष्ठले पार्टी नेतृत्वले कमिटी गठन गरेपछि कुनै भूमिका नदिएको र योजना समेत नदिएको कारण निशिक्रय भन्दै गएको बताईन् । सो क्रममा उनले पार्टी बलियो र सक्रिय हुनको लागि भित्रभित्रै चलाउने गुटगतको अन्त्य हुनुपर्नेमा जोड दिईन् । योङ्ग कम्युनिष्ट लिग नेपाल बनेपा नगर कमिटीका ईञ्चार्ज विवेक दाहालले पार्टीले नै संगठन कहाँ के गरिरहेको छ भनेर सोध्ने समेत नगरेको कारण संगठन नै खोज्नु पर्ने अवस्थामा पुगेको बताए । ‘जनतासंग माओवादी ः विशेष रुपान्तरण अभियान’ले पार्टी र नेतृत्वबाट नै सुधार भएर आउने कार्यकर्ताहरुले आशा गरेका छन् । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदसइ अञ्जना विसंखेको प्रमुख आतिथ्यता र नगर अध्यक्ष सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले विभिन्न जिम्मेवारी प्रदान गर्दै आगामी १४ गतेभित्र सबै वडाहरुको भेला तथा बैठक सम्पन्न गरी १६ गते हुने देशव्यापी राष्ट्रिय अभियानको उद्घाटनको लागि आधार तयार गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार