मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

संस्कृति
‎लिन इन्टरनेशनल बोर्डिङ स्कुलका विद्यार्थीहरुले मनाए ‘चण्डेश्वरीको नमुना जात्रा

Thearaniko Times 1369+ समाचार ( )
२६ वैशाख २०८२, शुक्रबार

‎बनेपा । काभ्रेपलाञ्चोकको बनेपामा रहेको लिन ईन्टरनेशनल बोर्डिङ स्कूलका विद्यार्थीहरुले आज आराध्यदेवी चण्डेश्वरी माईको जात्राको नमुना रथारोहण गरेका छन् । विद्यार्थीहरूलाई उक्त जात्राको ब्यवहारिक ज्ञान सिकाउन नमुना रथ निर्माण गराएर उक्त जात्राको विधि र मान्यता अनुरूप रथलाई विद्यालयको प्राङ्गणबाट जात्राको नमुना प्रदर्शन गरेको हो ।
‎विद्यार्थीहरुले  नै निर्माण गरेको रथलाई बाजागाजासहित विद्यालयबाट सुरू गरेर बनेपा बजार परिक्रमा गरेर पुन विद्यालयमा नै पुगेर समापन गरेको थियो ।

‎विद्यालय रहेको आफ्नो पालिकाको मुख्य साँस्कृतिक सम्पदाको पहिचानलाई स्थापित गराउन र विद्यार्थीहरुमा बनेपामा सदियौदेखि मनाउँदै आएको ऐतिहासिक चण्डेवरी जात्रा र आरध्यदेव चण्डेश्वरी माईको आस्था र विश्वासप्रति सम्मानको  अनुभूति गराउने उद्देश्यले सो नमुना रथारोहण प्रदर्शन गरेको विद्यालयका प्रबन्ध निर्देशक भण्डारीले बताउनुभयो ।
‎रथ यात्राको क्रममा विद्यालयका कक्षा ४ देखि १० सम्मका ३५० जना विद्यार्थीहरू सहभागी रहेको विद्यालयका प्रबन्ध निर्देशक भण्डारी (शिशिर) ले दिनुभयो । रथ यात्राको क्रममा स्थानीयहरू उत्साहित भएर विद्यार्थीहरुको रचनात्मक कार्यमा हौसला प्रदान गरेका थिए । स्थानीयहरूले भने उक्त रथ यात्रासंगै यात्रा गरेर साथ दिएका थिए । ‘साँच्चै चण्डेश्वरी जात्राको रथ यात्रा त आजै जस्तो पो लाग्यो ।'

विद्यार्थीहरुको पूर्ण सक्रियता र सहभागितामा भएको रथारोहण देखेर स्थानीय बासिन्दाको प्रतिक्रिया थियो । बनेपामा विशेष रुपमा मनाईने चण्डेश्वरी जात्रा बुद्धजयन्ती तथा चण्डी पूर्णिमाको अघिल्लो दिनबाट पूर्णिमाको भोलि पल्टसम्म मनाइन्छ ।
‎वालवालिकालाई किताबी ज्ञान मात्र नभइ धर्म, समुदाय र संस्कृतिप्रतिको सदभावलाई उजागर गर्न र साँस्कारीक बनाउनमा सहयोगसिद्ध हुने अपेक्षा गरिएको छ ।

‎विद्यालयले सो कार्यक्रमको अलवा विद्यालयको नियमित कार्यक्रम बाल क्लबको गठन, नयाँ विद्यार्थीहरू, शिक्षक– शिक्षिकाहरूको सदन विभाजन, यस बर्ष गरिने अतिरिक्त क्रियालापको उद्घाटन गरेको थियो । विद्यालयका सहायक प्रिन्सीपल तथा ई. सी. ए. संयोजक दिपक तामाङका अनुसार आगामि जेठ ६ गते नव गठित बाल क्लबको आयोजनामा विद्यालयमा नयाँ भर्ना भएका १३९ नयाँ विद्यार्थीहरूको स्वागत कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार