मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

सिलवालको कविताकृति ‘डोरम्याट’माथि परिचर्चा
सिलवालको कविताकृति ‘डोरम्याट’माथि परिचर्चा

Thearaniko Times 1401+ समाचार ( )
१७ चैत्र २०८१, सोमबार

काठमाडौं । कवि तथा सञ्चारकर्मी छविरमण सिलवालको कविताकृति ‘डोरम्याट’माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा उत्पला क्याफे बौद्धमा उक्त परिचर्चा कार्यक्रम सम्पन्न भएको हो ।

वरिष्ठ कवि कृष्ण बाउसेले डोरम्याटलाई नेपाली जनताको बिम्बको रुपमा कविता बुनिएको बताए । उनले भने(‘ कृतिमा सुन्दर पर्या कविताहरु पनि केही थान परेका छन् । पर्यावरणीय दृष्टिचेतका कविता हुनु राम्रो हो ।’ उनले आगामी संस्करणमा कृतिको आवरण प्रतिकात्मक होस भन्ने सुझाव पनि दिए ।

कवि एवं सम्पादक विमल भौकाजीले डोरम्याट आयातित शब्द हो तर यसलाई नेपाली बोलीचाली र भाषा साहित्यले ग्रहण गरिसक्यो भन्दै यो वर्ष पढेका कविता कृति मध्ये डोरम्याट सरल,सुललित भाषा,सरल बिम्बहरु प्रयोग गरी समसामयिकतालाई ध्यान दिएको कविता कृति भएको बताए ।

कवि आरएम डंगोलले कृतिमाथि चर्चा गर्दै सामान्यतया कथ्य एउटै भए पनि त्यसलाई कसरी प्रयोग गर्ने भन्ने कविको आफ्नै शैली हुने  बताए ।उनले भने (‘समकालिन नेपाली कविताको मूलमै लेखिएका कविताहरु भएको बताउँदै कथ्यको हिसावले प्रचलित शैलीमै कविताह्ररु कविताहरु रहेका छन् ।’ उनले कविता लेखन प्रतिकृयात्मक नहुनु राम्रो भन्दै शिर्षक प्रतिकात्मक हुँदा कविता वलशाली हुने आसय व्यक्त गरे ।

कवि तथा साहित्यकार नवराज रिजालले पाठकीय टिप्पणी प्रस्तुत गर्दै भने (‘कविता जीवनसँग जोडिनुपर्दछ । गलत कुराहरुको सपना देखाइ जनताको भावनामा शोषण हुनेगरी गलत कृयाकलापप्रति कविको व्यँग छ । कविताहरुले परिवर्तन र पहिचान प्रति खवरदारी गरेका छन्।’ उनले  अगाडि भने (‘हरेक कविता जीवनसँग जोडिएको छ।’

कृतिकार एवं सभाध्यक्ष छविरमण सिलवालले लेखकिय मन्तव्य व्यक्त गर्दै समाजका अवयबहरुले कविता कोर्न आफूलाई प्रेरित गरेको बताए । विभिन्न घट्नाहरुले प्रभाव पारेर कविता सिर्जना हुने बताउँदै परिष्कृत र परिमार्जित रुपमा ल्याउन आफु  तत्पर भएको बताए ।

यसअघि कवि  विष्णु थापा, विश्व सिग्देल र  पूर्ण बहादुर श्रेष्ठले कवि सिलवालका कविताकृति डोरम्याटका कविताहरु बाचन गरेका थिए ।

होमशंकर बास्तोलाले स्वागत गरेको उक्त कार्यक्रममा  केशव पराजुली,बेदराज पौडेल, लगायतले आफ्ना धारणा राखेका थिए ।

कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव साहित्यकार प्रदीप सापकोटाले गरेका थिए ।

 मिडिया पार्टनर इखवर नेट डटकम रहेको उक्त कार्यक्रम आफु विरुद्धको आफैंको सहकार्यमा भएको हो ।

डोरम्याट भुँडीपुराण प्रकाशनद्धारा प्रकाशित भएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार