मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

एकीकृत समाजवादी काभ्रेको उम्मेदवार सिफारिस

Thearaniko Times 1401+ समाचार ( )
१२ भाद्र २०७९, आइतबार

दिनेश राज खरेल

बनेपा/नेकपा(एकिकृत समाजवादी) काभ्रेपलाञ्चोकले दुइवटा  प्रतिनिधिसभा रहेको क्षेत्र नं. एक   र दुइको साथै प्रदेश सभा क र ख  को उमेदवार  सिफारिस  गरेको छ ।

             प्रतिनिधिसभा  १ का  छनौट समितिका संयोजक लाप्साङ लामा र २ छनौट समितिका सचिव प्राणनाथ न्यौपानेको अध्यक्षता र जिल्ला पार्टी अध्यक्ष बसुन्धरा हुमागाईंको प्रमुख आतिथ्यमा बनेपास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उमेदवार  सिफारिस गरिएको हो।

           बैठकमा  सिफारिस समितिको गहण छलफल पश्चात् क्षेत्र नं १ तर्फ प्रतिनिधिसभामा प्रत्यक्षतर्फ नेकपा (एकिकृत समाजवादी)का नेता लाप्साङ लामा, समिप त्रिपाठी,  रेसमलाल श्रेष्ठ, जमुना सापकोटा र समानुपातिकमा मंगललाल श्रेष्ठ, लोकबहादुर गौतम, निमा लामा, ज्ञानेन्द्र लामा दोर्जी लामा र पाल्साङ लामा सिफारिस भएका छन् ।  

यसैगरी क्षेत्र नं १ को प्रदेश क मा प्रत्यक्षतर्फ  मुकुन्द गौतम सर्वसम्मतले सिफारिस हुनुभएको छ भने समानुपातिकमा प्रदिपकुमार लामा, पासाङ डोल्मा लामा, धु्वकुमार रायमाझी, यसु लामा र प्रतापसिंह लामा रहेका छन ।  यस्तै ख मा प्रत्यक्षतर्फ पुस्कर तिमल्सिना, बिश्वेस्वर बन्जारा, कृष्ण सापकोटा र संचिता लामा  समानुपातिकतर्फ सरोज कुइकेल, कृष्णबाहादुर तामाङ, रामदेवी तामाङ रहेका छन् ।

          यस्तै क्षेत्र नं २ मा नेकपा (एकिकृत समाजवादी)का केन्द्रीय सदस्य विदुर सापकोटालाई सर्वसम्मतले सिफारिस गरेको छ । समानुपातिकतर्फ तुयुकाजी ताम्राकार र तेजबहादुर खड्का, लम्बोदर कायस्थ, जगन्नाथ श्रेष्ठ, विना परियार, पदमबहादुर परियार सहितका आकांक्षीहरुको नाम सिफारिस गरिएको छ। सिफारिस समितिले क्षेत्र नं २ को प्रदेश क बाट प्रत्यक्षतर्फ पार्टी जिल्ला अध्यक्ष बसुन्धरा हुमागाईं  र समानुपातिकतर्फ  राजकृष्ण गिरी, दिलबहादुर तामाङ, मन्जु श्रष्ेठ , प्रेम तामाङलाई  उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको छ । यस्तै प्रदेश ख बाट प्रत्यक्षतर्फ लक्ष्मण लम्साललाई सर्वसम्मतले सिफारिस गरेको छ, र समानुपातिकतर्फ कल्पना श्रेष्ठ,  वीरबहादुर तामाङ, हरिगोपाल प्रधानाङ्गलाई उमेरदवाार सिफारिस गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार