मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |
मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |


राष्ट्रपति रनिङ शिल्ड उत्सवमय बनाउँदैछौं मानवीर लामा - अध्यक्ष, काभ्रे जिल्ला खेलकुद विकास समिति

Thearaniko Times 1394+ समाचार ( )
२७ पौष २०८०, शुक्रबार

० राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन हुँदैछ, कसरी गर्दै हुनुहन्छ ?

– १५औं जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्डको सबै तयारी सकेर आज हामी उद्घाटन गर्दैछौं, त्यसको लागि यसअघि जिल्ला खेलकुद विकास समितिले जिल्लाका सबै पालिकाहरुसंग गर्नुपर्ने समन्वय, सहकार्य र आवश्यक तयारीको विषयमा कामहरु सबै सकाएर अहिले यो अवस्थामा आईपुगेका छौं ।

० सबै पालिकाहरुबाट गरी कति खेलाडीहरु सहभागी हुँदैछन् ?

–हामीले जिल्लाका सबै पालिकाहरुलाई समन्वय गरेर पालिकास्तरमा भएका प्रतियोगिताबाट विजयी खेलाडीहरुलाई सहभागि गर्नका लागि आह्वान गरेका छौं । त्यही अनुसारको खेलाडीहरुको विवरण प्राप्त भएका छन् । प्राप्त विवरण अनुसार खेलाडीहरु सहभागि भईदिएको खण्डमा सबै विधाका गरी करिब एक हजार चार सय जना खेलाडीहरु सहभागि हुनेछन् ।

० कुनकुन विधाका खेलमा प्रतिस्पर्धा हुँदैछ ?

– हामीसंगै प्रदेश खेलकुद परिषदबाट प्राप्त निर्देशिका अनुसार हामीले प्रतियोगिता गर्ने हो । जसमा भलिबल, एथलेटिक्स, तेक्वान्दो, कब्बडी, कराँते र उसु गरेर ६ वटा विधामा प्रतियोगिता हुँदैछ । जसमा एक हजार ४३२ जना खेलाडीहरु सहभागिता हुनेछन् ।

० तपाईहरुको आफ्नै भवन पनि सम्पन्न गरिसकेको छ । भवन र खेलकुद प्रतियोगिताको एकैसाथ प्रदेश मुख्यमन्त्रीबाट उद्घाटन गर्दै हुनुहुन्छ, यसको मुख्य उद्धेश्य के हो ?

– जिल्ला खेलुकद विकास समितिले यसपालिको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई विगतको जस्तो निरन्तरता मात्रै दिदै छैनौं । हामीले जिल्लाभरि नै खेलकुदमय बनाउने गरी यस पटकको जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई खेल उत्सवको रुपमा बनाउने योजनाका साथ अगाडी बढेका छौं । जसले आम युवाहरुलाई पनि खेलक्षेत्रमा लाग्नका लागि प्ररित गर्ने छ र लागिरहेकाहरुलाई उर्जाशिल बनाउने गरी काम गरिरहेका छौं । त्यसको लागि जिल्लाभित्र रहेका विभिन्न खेलसंग सम्बन्धीत संघ संस्थाहरुलाईसमेत सहभागिता गराएर प्रतियोगितालाई उत्सवमय बनाउँदैछौं ।

त्यससंगै हाम्रो आफ्नै भवन पनि हामीले निर्माण गरिसकेका छौं । यो एउटा गौरवको विषय पनि हो, कि काभ्रेपलाञ्चोक जिल्लामा आफ्नै खेलकुद विकास समितिको भवन छ भन्ने गौरवबोध गराएको छ । यस अवसरमा आम युवाहरुलाई खेल क्षेत्रप्रति आकर्षित गराउन र खेललाई महत्वका साथ हरेक गाउँगाउँमा यसको विकासका लागि युवाहरुमा जागरण पैदा गारउनका लागि काभ्रेपलाञ्चोक जिल्लाबाट प्रदेशका सबै जिल्लाहरुमा सन्देश फैलाउनका लागि पनि मुख्यमन्त्रीबाट हामीले दुवै कार्यक्रमको उद्घाटन गराउँदैछौं ।

० जिल्लामा आफ्नै भवन निर्माण गर्न कसरी सम्भव भयो ?

– हामीले समूहगत रुपमा सिंगो खेलकुद विकास समिति र त्यसको नेतृत्वको हिसाबले आफैले पनि प्रदेश सरकार र तत्कालिन प्रदेश युवा तथा खेलकुदमन्त्रीसंग यहाँका समस्या, सम्भावना र चुनौतीको विषयमा कुरा राखेर त्यसको लागि गर्न सकिने आधारसहितको प्रस्ताव पेश गरेका थियौं । जसलाई उहाँले प्रदेश सरकारमा आवश्यक पहल कदमी लिनुभयो र आज यो भवन यतिसम्म सम्पन्न गराउन सफल भएका हौं ।

० दुवै कार्यक्रमको तयारीकै क्रममा समितिका पूर्व अध्यक्षहरु र सल्लाहकार समितिसंग धेरै पटक छलफल र सुझावहरु लिनुभएको थियो । उहाँहरुबाट के कस्तो सुझाव पाउनुभयो ?

– जिल्ला खेलकुद विकास समितिको सल्लाहकार समिति भनेको समितिको मुख्य टीम नै हो । हरेक कार्यमा उहाँको सल्लाह र सुझाव अनुसार नै हामीले आफ्नो कार्यक्रमहरु गर्ने हो । राष्ट्रपति रनिङ शिल्डको संयोजक नै जिल्ला समन्वय समितिको प्रमुख हुने व्यवस्था छ । त्यसबाहेक जिल्लालाई खेलकुदमय बनाउने र राष्ट्रपति रनिङ शिल्डलाई उत्सवमय बनाउने अभियानमा हामी जुटिरहेको कारण यसलाई थप उत्सवमय बनाउने दायित्व सबैको हो । जसअन्तर्गत समितिका पूर्व अध्यक्षज्यूहरुको सहयोग, सल्लाह र सुझाव हाम्रो लागि मार्गदर्शक हुने भएकाले उहाँहरुसंग समन्वय गरिरहेका छौं ।

० कार्यक्रममा को को सहभागि हुँदैछन् ?

– बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कटेलबाट उद्घाटन हुने कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री लगायत खानेपानी, उर्जा तथा सिचाईमन्त्री, भौतिक पूर्वाधार विकास मन्त्री, जनप्रतिनिधिहरु र जिल्लास्थित राजनीतिक दलका प्रमुख प्रतिनिधिहरु, खेलकुदसंग सम्बन्धीत संघ/संस्थाका प्रतिनिधि, सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको कार्यक्रममा सहभागिता हुनुहुनेछ । हामीले सबैलाई आमन्त्रण गरिसकेका छौं ।

० यहाँको सन्देश ?

यसपटकको राष्ट्रपनि रनिङ शिल्ड प्रतियोगितालाई उत्सवको रुपमा मनाउँदै छौं । सबै संघ÷संस्था, खेल प्रशिक्षकहरु राजनीतिक दल र जनप्रतिनिधि स्थानीय तहहरुसंग आवश्यक समन्वयहरु भईरहेकै छ । कामको दौरानमा जति गर्नुपर्ने हो, त्यो व्यस्तताका बावजुद जति हुनुपर्ने हो, त्यो नभएको हुनसक्दछ । यद्यपी विभिन्न खेल विधाका संघ/संस्था डोजो/डोजाङहरुलाई आफुसंग आवद्ध खेलाडीहरुलाई प्रतियोगिता उद्घाटन कार्यक्रममा सहभागि गराएर कार्यक्रमलाई हौसला प्रदान गर्न र उत्सवमय बनाउन लागि सहयोग गर्नुहुन अनुरोध गरेका छौं ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार