मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |

मेयरकप फुटबल शुरु

Thearaniko Times 1375+ समाचार ( )
१९ फाल्गुन २०७९, शुक्रबार

फागुन,१९ 

काभ्रे। काभ्रेको बनेपा नगरपालिकामा तेस्रो मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ। आजबाट सुरु भएको मेयर कप प्रतियोगिता फागुन २७ गतेसम्म चल्ने छ । बनेपा नगरपालिकाले आयोजना गरेको उक्त फुटबल प्रतियोगितामा नगरपालिकाका १४ वटा वडाले भाग लिएका छन्।  

नेपाल बनेपा पोलिटेक्निक इन्स्टिच्युटको खेल मैदानमा जारी फुटबल प्रतियोगितालाई बनेपा नगरपालिकाका मेयर शान्ति रत्न शाक्य र उपमेयर बिमला सापकोटाले एक समारोहका बीच दिप प्रज्वलन गरी फुटबल प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो।

राष्टको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्ने नारा सहित आयोजना गरिएको मेयर कप प्रतियोगितामा नगरपालिकाका १४ वटा वडाका खेलाडीहरु बीच प्रतिस्पर्धा गराईने फुटबल प्रतियोगिताका संयोजक तथा बडा नम्बर ६ का वडा अध्यक्ष सच्चिदानन्द केसीले जानकारी दिनुभयो।

उदघाटन खेल कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नगर प्रमुख शान्ति रत्न शाक्यले नगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेर अगाडी बढेको बताउँदै ,खेलकुदका कुनै पनि गतिविधिमा बनेपा नगरपालिकाले भाग लिन नछुटाएको स्पष्ट पार्नुभयो। साथै मेहनती खेलाडीहरुले प्राप्त गर्नुभएको सफलता प्रती धन्यबाद ज्ञापन गर्नुभयो।

 उहाँले भन्नुभयो," हामि, बनेपा नगरपालिका राष्ट्रिय स्तरमा खेल खेल्ने खेलाडी र  प्रशिक्षक उत्पादन गर्ने नगरको रुपमा चिनाउन चाहान्छौ" । त्यसका निम्ति खेलाडीहरुले धेरै मेहनत गर्नुपर्ने र व्यवस्थापनमा कुनै गल्ती र कमजोरी भएको भए सुघार गरेर अगाडी बढने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार