मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |

बनेपा महोत्सव शुरु, स्थानीय उत्पादन संरक्षण र प्रवद्र्धन गर्नु सरकारको दायित्व–मन्त्री काफ्ले
बनेपा महोत्सव शुरु, स्थानीय उत्पादन संरक्षण र प्रवद्र्धन गर्नु सरकारको दायित्व–मन्त्री काफ्ले

Thearaniko Times 1375+ समाचार ( )
४ अशोज २०८१, शुक्रबार

काभ्रे । बनेपा ब्वाइज क्लब(बिबिसी)द्वारा आयोजित ‘हाम्रो अभियान खेलको शान, संस्कृति र सम्बृद्धि बनेपाको पहिचान’ भन्ने मूलानारा सहित काभ्रेको बनेपामा आजबाट महोत्सव शुरु भएको छ । महोत्सवको बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले एक कार्यक्रमको बिच उद्धघाटन गरेका छन् ।

महोत्सवको उद्घाटन गर्नुहुँदै बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले स्थानीय उत्पादन संरक्षण र प्रवद्र्धन गर्नु सरकारको दायित्व भएको बताउनुभयो । उनले यस्ता मेला, महोत्सवले स्थानीय उत्पादनलाई जोड दिनुपर्ने बताए । महोत्सवमा कमाउनु भन्दा पनि सफा, स्वच्छ र सहुलियत मेला गर्न समेत उनले आग्रह गरे ।

मन्त्री काफ्लेले देशमा समानता आएको र अब समृद्धिको यात्रामा संगै लाग्नुपर्छ भन्नुहुँदै सबिधानको कार्यन्वयन गर्न सबै एक जुट भएर लाग्नुपर्ने तर्क समेत राख्नुभयो । संघियता हाम्रो आन्दोलनबाट आएको हो, सघियता हाम्रो आवश्यकता हो भन्नुहुँदै मन्त्री काफ्लेले हाम्रो देश हामीले नै बनाउने कुरामा जोड दिनुभयो । उनले सबैजना हातेमालो गरेर संविधान कार्यन्वयन गर्ने जिम्मेवारी भएको बताउदै महोत्सव सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, नेपाली कांग्रेस काभ्रेका सचिव माधव ढकाल, जिल्ला सहकारी सघंका अध्यक्ष अमन पोटे, नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्य, बनेपा नगरपालिका वडा नं ७ का कार्यवाहक अध्यक्ष रामप्यारी श्रेष्ठ लगायतले बिबिसी क्लबले आयोजना गरेको महोत्सव सफलताको कामना गदै आम सबैले काभ्रेलीले महोत्सवमा आई मनोरञ्जन समेत लिन आग्रह गरेका थिए ।

‘हाम्रो अभियान खेलको शान संस्कृति समृद्धि बनेपाको पहिचान’ भन्ने नाराको साथ सुरु भएको महोत्सवको यो पाँचौ सस्करण हो । २०६७ सालमा बनेपा ब्वाईज क्लबले पहिलो संस्करण आयोजना गरेको थियो । भने कोभिडले गर्दा केही बर्ष रोकिएको महोत्सव पाँचौ सस्करणमा पुगेको छ । पाचौं सस्करणसम्म सफल बनाउन सहयोग गर्नु हुने स्थानिय र विभिन्न निकाएलाई धन्यबाद सहित यो पटकको महोत्सव समेत सफल बनाउन सहयोगको अपेक्षा रहेको बनेपा ब्याईज क्लब (बिबिसी) का अध्यक्ष महेशकमार कर्माचार्यले बताउनुभयो । 

बनेपामा आन्तरिक पर्यटकलाई आकर्षित गर्ने, विभिन्न कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक, हस्तकला प्रबद्र्धन, खेलकूद विकास गर्ने उद्देश्यले बनेपा नगरपालिका– स्थित उग्रेश्वर महदेव मन्दिर परिसरमा मेलाको आयोजना गरिएको क्लबका अध्यक्ष कर्माचार्यले जानकारी दिए । उनका अनुसार उक्त मेलामा कृषि, घरेलु सामग्री लगायतका करिब एक सय वटा प्रदर्शनी कक्ष रहेको समेत उनले जानकारी दिए ।

मेलामा बालबालिकाको मनोरञ्जनका लागि बाल उद्यानको व्यवस्थापन गरी मेला अवधिभर प्रत्येक दिन राष्ट्रिय कलाकारको सहभागिता गराई साँस्कृतिक कार्यक्रम समेत गरिने उनले जानकारी दिए । मेलामा खेल प्रतिस्पर्धा, खुल्ला नृत्य तथा गायन, मार्सल आर्ट तथा ऐतिहासिक बनेपा सम्बन्धी विभिन्न प्रतियोगिता सञ्चालन गरिनेछ ।

मेलामा स्थानीय कला, संस्कृति झल्कने झाँकी प्रदर्शन, बाजागाजा, मौलिक नाच सहित महोत्सवको उद्धघाटन गरिएको थियो । कृषि, घरेलु सामाग्री लगायत १ सय भन्दा बढी व्यापारिक स्टल रहने महोत्सवमा बालबालिकाहरुको मनोरञ्जनको लागि बाल उद्यानको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ ।‘व्यापारिक, सास्कृतिक, मनोरञ्जनात्मक खेल मेला’ नाम दिइएको बनेपा महोत्सव–२०८१ असोज १९ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार