मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

कृषि मन्त्री हुमागाईंले सार्वजनिक गरे ५१ बुँदे मार्गचित्र

Thearaniko Times 1401+ समाचार ( )
१६ पौष २०७८, शुक्रबार

हेटाैंडा/बागमती प्रदेशका कृषि तथा पशुपक्षी मन्त्री  बसुन्धरा हुमागाईंले आर्थिक वर्ष २०७८/०७९ मा गर्न सकिने ५१ बुँदे मार्गचित्र आज पत्रकाडर सम्मेलनमार्फत सार्वजनिक गरेका छन् । कृषि मन्त्री हुमागाईले प्रदेशको कृषि क्षेत्रलाई सहज र व्यवसायिक बनाउन उक्त मार्गचित्र निर्माण गरिएको जानकारी दिनुभयो ।

मन्त्री भएको १० दिनमा तयार पारिएको यस मार्गचित्रले काममा पारदर्शिता हुने विश्वास व्यक्त गर्दै मन्त्री हुमागाईंले यसबाट प्रदेशको आवश्यकता र मागका आधारमा अनुदानलगायत भौतिक संरचना तथा कृषकको हितका लागि काम गरिने बताउनुभयो ।

मार्गचित्रमा प्रदेशको कृषि विकास ऐन तर्जुमा, पोल्ट्री विकास बोर्ड स्थापना र रासायनिक मल भण्डारण कक्ष निर्माण गरिने रहेको छ । त्यस्तै स्वास्थ्य माटो कृषि उत्पादनको मूल बाटो अभियान सार्थक बनाउन स्थानीय तहमा माटो परीक्षणका लागि डिजिटल प्रविधि हस्तान्तरण गरिने जनाइएको छ ।

कृषि वस्तुको तोकिएको न्यूनतम मूल्यमा प्रतिकिलो दुई रुपैयाँका दरले प्रोत्साहन अनुदान उपलब्ध गराइने, किसानले उत्पादन गरेको कृषि उपज बिक्री नभए न्यूनतम समर्थन मूल्यमा खरिद बिक्री गरिने, कृषि उपकरण उद्योग स्थापनामा सहयोग गरिने र माघ २५ देखि फागुन २ गतेसम्म भेडा बाख्रामा लाग्ने पीपीआर रोगविरुद्ध खोप अभियान सञ्चालन गरिनेलगायत कार्यक्रम पनि मार्गचित्रमा उल्लेख छ ।

त्यसैगरी मत्स्य क्षेत्रबाट हुने उत्पादन, प्रशोधन र बजारीकरणका लागि छुट्टै मत्स्य प्रवर्द्धन नीति तर्जुमा गरिने, दुग्ध उत्पादन प्रोत्साहन अनुदानलाई समयसापेक्ष परिमार्जन गरिने, पशुपक्षी प्रयोगशाला निर्माण गरिने र कृषि तथ्याङ्कलाई व्यवस्थित गरिने बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार