मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

बाँकी काम पूरा गर्न मेरो दोस्रो पटकको उम्मेदवारी - लक्ष्मण लम्साल

Thearaniko Times 1394+ समाचार ( )
१४ कार्तिक २०७९, सोमबार

पाँचखाल । प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ अन्तर्गत प्रदेश सभा (क) का बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार एवं नेकपा (एकीकृत समाजवादी) का नेता लक्ष्मण लम्सालले काम गर्न बाँकी रहेका ठाउँका जनताको न्युनतम आवश्यक्ता पूरा गर्न आफ्नो दोस्रो पटकको उम्मेदवारी रहेको बताउनुभएको छ ।

काभ्रेको पाँचखाल नगरपालिकाको १, २, ३, ४ र ५ वडाको घर दैलो तथा कोणसभामा भएको ‘मतदाताहरुमाझ बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुबीच आयोजना गरेको उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै उहाँले अनैकोटमा गर्नु पर्ने विकासको आवश्यक पूर्वाधार निर्माण गरेपनि पक्कि सडक निर्माणदेखि शिक्षा, स्वास्थ्य, खानेपानी लगायतको बाँकी काम गर्नका लागि आफु निरन्तर लागिरहेको बताउनुभएको हो । विकासको काममा मैले गरेको भन्ने ठेक्का लिन खोज्नेहरुले आफ्नो घरबाट बेचेर ल्याएको जस्तै गरी भाषण गर्ने मात्र नभई साँचै जनताको हितको लागि पहलकदमी लिएर काम गरेर देखाउन उहाँले आग्रह गर्नुभयो । राज्यको बजेटलाई पहल गरेर जनताको आवश्यालाई पूर्ति गर्ने काममा जसले गरेको भएपनि त्यो निर्वाचित प्रतिनिधिका दायित्व भित्र पर्ने भएकाले कसैको भ्रममा नपर्न समेत उहाँले आग्रह गर्नुभयो ।

तर आफुहरुको नेतृत्व रहने गठबन्धन दलबाट त्यस्तो हल्लाको पछि लागेर भन्दापनि जनताको आधारभूत आवश्यक्तालाई पूरा गर्ने काममा आफु र प्रतिनिधि सभा निर्वाचनक्षेत्रका उम्मेदवार र समानुपातिक तर्फका उम्मेदवारहरु मिलेर स्थानीय जनतप्रतिनिधिको साथ लिएर काम गर्ने उहाँले बताउनुभयो । सो क्रममा उहाँले विगतमा गरेका काम र शुरु गरेर सम्पन्न गर्न बाँकी रहेका कामहरुलाई पूरा गर्ने काममा आफुहरु लागिरहने बताउनुभएको छ ।  अबको दिनमा गर्न बाँकी कामहरुमध्ये घुाउनेचोरबाट मण्डनसम्मा जोड्ने बाटो र घुमाउनेचौरबाट पाँचखाल समाजकल्याण चोकसम्मको बाटोलाई कालोपत्रे बनाउने जिम्मा आफ्नो भएको लम्सालले बताउनुभयो । सो बाटो पक्कि भएपछि अनैकोटबासिन्दाको जीवनमा परिवर्तन आउने उहाँले बताउनुभयो ।

कार्यक्रममा काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. २ का उम्मेदवार शिव प्रसाद हुँमागाई, समानुपातिक तर्फका प्रतिनिधि सभा उम्मेदवार मिना तामाङ, प्रदेश सभातर्फका समानुपातिक उम्मेदवार कल्पना श्रेष्ठ लगायत बाम लोकतान्त्रिक गठबन्धनका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार