मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |
मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |


समाजवादी मोर्चा घोषणाको तयारी अन्तिम चरणमा–अन्य हल्लाको पछि नलाग्न डा. भट्टराईको आग्रह

Thearaniko Times 1369+ समाचार ( )
१ असार २०८०, शुक्रबार

काठमाडौं/पाँच दल सहितको समाजवादी मोर्चा घोषणाको तयारी अन्तिम चरणमा पुगेको छ । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाबीच समाजवादी मोर्चा घोषणाको अन्तिम तयारी भएको हो । विप्लवको पार्टी संसद् बाहिरको दल हो ।

स्रोतका अनुसार नेकपाका महासचिव विप्लव पनि समाजवादी मोर्चामा सामेल हुन सहमत भएका छन् । माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँगको छलफलपछि विप्लव समाजवादी मोर्चामा आउन सहमत भएको महरानिकट स्रोतको दाबी छ ।

यसअघि प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार दाङमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै समाजवादी मोर्चा घोषणा अन्तिम चरणमा पुगेको बताएका थिए । प्रधानमन्त्री प्रचण्डले भनेका थिए, ‘समाजवादी मोर्चा घोषणा छिट्टै गर्दैछौँ । मोर्चाको दस्तावेज पनि तयार  भइसकेको छ । नेकपालाई बचाउन सकिएन । अब समाजवादी मोर्चा बनाएर कम्युनिष्टहरू एक ठाउँमा उभिन्छौँ ।

यसैगरी नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले चाँडोभन्दा चाँडो समाजवादी मोर्चा घोषणा गर्ने तयारी भइरहेको बताउनु भएको छ ।

शुक्रबार बसेको नेकपा एकीकृत समाजवादीको सचिवालयको  बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख  जगन्नाथ खतिवडाले आज घोषणा हुने भनिएको समाजवादी मोर्चा केही दिनभित्रै घोषणा हुने बताउनु भयो ।  

आज समाजवादी मोर्चाको घोषणाको तयारी गरिएकोमा केही दलहरूका प्रमुखहरू राजधानी बाहिर भएको र अन्य कतिपय आन्तरिक विषयहरू बाँकी रहेकोले  केही दिन ढिला हुने भएको उहाँले बताउनु भयो ।

‘हामीले एक वर्षअघि नै पहल गर्दै आइरहेका छौं । मोर्चाको सैद्धान्तिक र व्यवहारिक पक्षका बारेमा चर्चा भएको भन्दै मोर्चा घोषणा गर्न केही दिन लाग्ने बताउनु भयो  । हामीले टुंगिइसकेको छौं ।

अन्य दलले नटुंग्याउँदा आज घोषणा हुन नसक्ने देखियो । चाँडै घोषणा गर्ने ठाउँमा दलहरूमा छलफल भइसक्यो । यसलाई अगाडि बढाउने निर्णय पार्टीबाट सर्वसम्मत निर्णय गरेका छौं । नेता खतिवडाले बताउनु भयो । 

मोर्चाका संरचना जिल्ला र प्रदेशमा समेत बनाउन सकिने दलहरुबीच सैद्धान्तिक सहमति भएको,  लेफ्ट फ्रन्ट बनाउन सहयोगी हुनेछ, खतिवडाले बताउनु भयो ।

माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले पनि समान मत भएका दलबीच तत्काल संयुक्त सहकार्य गर्ने तयारी भएको जानकारी दिए । ‘समाजवादी मोर्चाको लागि संयुक्त डकुमेन्ट बनिरहेको छ । यसको अन्तिम तयारी पनि भएको छ– पोखरेलले भने, ‘माओवादीको केन्द्रीय कमिटीको बैठकपछि मोर्चा घोषणा गर्ने कि अगाडि नै गर्ने भन्नेमा प्रष्ट भइसकेको छैन । आवश्यक तयारी हुँदा छिट्टै घोषणा हुन पनि सक्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबारमात्रै दाङ पुगेर मोर्चा घोषणा गर्ने तयारी भइरहेको बताएका थिए । समान एजेण्डा भएका दलबीच तत्काल पार्टी एकता सम्भव नहुँदा मोर्चा बनाएर सहकार्य गर्ने विकल्प भएको पोखरेल बताउँछन् । 


यो मोर्चामा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी पनि सहभागी हुने बताइएको छ । नेता पोखरेलले भट्टराई र उपेन्द्र यादवको टसलले नेसपा मोर्चामा जोडिने सम्भावना कम भएको भएपनि आज प्रधानमन्त्री पुष्पकमल दाहाल र डा.बाबुराम भट्टराईबीच वार्ता भएपछि मोर्चामा सहभागी हुने बलियो रहेको स्रोतले बताए ।

नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमा एक स्टाटस् लेख्दै बाहिर चलेको हल्लाको पछि नलाग्न अनुरोध गर्नुभएको छ । डा. भट्टराईले प्र.म. पुष्पकमल दाहाल प्रचण्डसंग हालैको भारत भ्रमण, संघीय बजेट, त्च्ऋ लगायतका शान्ति प्रकृयाका बाँकी कार्यभार, प्रस्तावित समाजवादी मोर्चा लगायतका विविध विषयमा विस्तृत कुराकानी भएको बताउनुभएको छ । उहाँले देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धीहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानका लागि बृहत समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम, संगठनात्मक विधि लगायतका विषयमा सम्भव सबै पक्षवीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी भएको र बाहिर चलेका हल्लामा नबग्न सबैसंग आग्रह गर्नुभएको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवले पनि ६ महिनादेखिको प्रयासले मूर्तरुप लिन लागेको जानकारी दिए । ‘कुराकानी भइरहेको छ । समाजवादी शक्ति, परिवर्तनकारी शक्तिलाई एउटै समाजवादी मोर्चामा आवद्ध गर्ने कुरा ६ महिनादेखि भइरहेको छ– यादवले भने, ‘तर घोषणा गर्ने तयारी भए पनि आजै मितिको टुंगो लागिसकेको छैन ।

३२ सिटको माओवादी, १२ सिटको जसपा, १० सिटको नेकपा एस र विप्लवको पार्टी एक ठाउँमा उभिए संसदमा यी दलको ५४ सिट पुग्नेछ । तत्काल कम्युनिस्टबीच एकता सम्भव नभएपछि मोर्चा बनाएर भए पनि बलियो हुने र एकतासम्म पुग्ने नीति दलहरूले लिएका हुन् । मोर्चा बन्दाको सत्ता गठबन्धनमा कांग्रेसलाईसमेत दबाब बढाउन सकिने विश्वास माओवादी, जसपा र नेकपा एसको रहेको बताइन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार