मुख्य समाचार
कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु |
मुख्य समाचार
कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु |

शिक्षा
काठमाडौं विश्वविद्यालय : गुणस्तरीय उच्च शिक्षाको विकास र अन्तर्राष्ट्रियकरणमा सफल प्रयास

Thearaniko Times 1371+ समाचार ( )
३१ जेठ २०८२, शुक्रबार

धुलिखेल, काभ्रे । विश्वभर नै शैक्षिक, आर्थिक तथा जलवायुसम्बन्धी क्षेत्रमा व्यापक क्रमभंगता आइरहेको सन्दर्भमा पछिल्लो समय काठमाडौं विश्वविद्यालयले समयसापेक्ष नीतिगत परिवर्तनहरु अवलम्बन गर्दै आएको छ । 

नेपालको उच्च शिक्षामा अग्रणी भूमिका निवाह गर्दै आएको काठमाडौं विश्वविद्यालय (केयू) ले शुक्रबार (जेठ ३० गते) तीसौं दीक्षान्त समारोह आयोजना गर्दैछ । सो समारोहमा काठमाडौं विश्वविद्यालयबाट स्कुल अफ आर्ट्सका १६३ जना, स्कुल अफ एजुकेसनका १०२ जना, स्कुल अफ इन्जिनियरिङका ६८ जना, स्कुल अफ मेनेजमेन्टका ११० जना, स्कुल अफ मेडिकल साइन्सेजका ६६१ जना र स्कुल अफ साइन्सका २५ जना गरी जम्मा १ हजार १ सय २९ जना विद्यार्थी दीक्षित हुनेछन् ।

समारोहमा विश्वविद्यालयका आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, मेनेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स सङ्कायका पीएचडी तहका १४ जना, डीएम तहका ८ जना, एमसीएच तहका १० जना, एमफिल तहका ६९ जना, स्नातकोत्तर तहका ५ सय १३ जना, पीजीडी तहका ४ जना र स्नातक तहका ५ सय ११ जना रहनेछन् । दीक्षित हुने विद्यार्थीहरूमध्ये पुरुषको प्रतिशत ५०.९३ (५ सय ७५ जना) र महिलाको प्रतिशत ४९.०७ (५ सय ५४ जना) रहनेछ । दीक्षित हुने विदेशी विद्यार्थीहरू भुटान, भारत, श्रीलङ्का र माल्दिभ्स गरी ४ देशका ११८ जना अर्थात् १०.४५ प्रतिशत छन् । 

तीसौं दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रमसम्ममा गरी काठमाडौं विश्वविद्यालयबाट ४७ हजार ८ सय ३१ जना दीक्षित भइसकेका छन् । तीमध्ये जम्मा ५ हजार ६ सय ६० जना (११.८३ प्रतिशत) विदेशी विद्यार्थी छन् । अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि उत्कृष्ट शैक्षिक गन्तव्य रहिआएको यस विश्वविद्यालयले नेपालको शिक्षाको अन्तर्राष्ट्रियकरणमा विशेष भूमिका निर्वाह गर्दै आएको छ ।


केयूले सहकार्य गरेका मुख्य १० देश र विश्वविद्यालय तथा उच्च शिक्षा संस्थाहरुः 

देश                अन्तर्राष्ट्रिय  सहकार्य

भारत                            ५१

दक्षिण कोरिया                 ३०

जापान                            २५

संयुक्त राज्य अमेरिका       २५

चीन                                २२

नर्वे                                 १४

जर्मनी                             १३

स्वीट्जरल्याण्ड                 १२

संयुक्त अधिराज्य              ११

अष्ट्रिया                            ८

केयूले आफ्नो अन्तर्राष्ट्रिय पहुँच र मान्यताको अभिन्न अंगको रूपमा अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिँदै आएको छ । यसै अनुरुप हालसम्म २८५ अन्तर्राष्ट्रिय विश्वविद्यालय र उच्च शिक्षा संस्थाहरूसँग सहकार्यहरू गर्दै आएको छ । विद्यार्थी, शिक्षक तथा कर्मचारीको आदानप्रदान, वैज्ञानिक र प्राविधिक सामग्रीको आदानप्रदान, संयुक्त सम्मेलन, कार्यशालाहरू, वैज्ञानिक, शैक्षिक र प्राविधिक ज्ञानको आदानप्रदान, सामग्रीको आदानप्रदान, प्रकाशन, संयुक्त अनुसन्धान आदिमा केयूले विश्वभरका विश्वविद्यालय तथा उच्च शिक्षा संस्थासँग सहकार्य गर्दै आएको छ । 

स्नातकदेखि पीएचडी तहसम्मका २३० भन्दा बढी शैक्षिक कार्यक्रम चलाउँदै आएको केयूले भारतीय प्रविधि संस्थान–हैदराबादसँग संयुक्त पीएचडी डिग्री, भारतीय प्रविधि संस्थान मद्राससँग संयुक्त स्नातकोत्तर डिग्री, भारतको श्री विश्वेश्वर योग अनुसन्धान संस्थान तिरुपतिसँग योगिक विज्ञान र कल्याणमा संयुक्त स्नातक डिग्री र क्राउन उच्च शिक्षा संस्थान सिड्नीको सूचना प्रविधिमा डबल डिग्री स्नातक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

विश्वभर नै शैक्षिक, आर्थिक तथा जलवायुसम्बन्धी क्षेत्रमा व्यापक क्रमभंगता आइरहेको सन्दर्भमा पछिल्लो समय काठमाडौं विश्वविद्यालयले समयसापेक्ष नीतिगत परिवर्तनहरु अवलम्बन गर्दै आएको छ । 

विश्वविद्यालयको पाँचवर्षे रणनीतिक योजना २०२२–२७ अनुरुप यस विश्वविद्यालयलाई भविष्यसापेक्ष ‘स्मार्ट, रेजिलियन्ट र सस्टेनेबल’ विश्वविद्यालयको रुपमा विकास गर्ने कार्य सुचारु भएको छ । परीक्षा र प्राज्ञिक प्रशासनलाई डिजिटलाइज गर्न शुरु गरिसकेको विश्वविद्यालयले आगामी महिनामै प्रत्येक विद्यार्थीको विशिष्ट पहिचानसहितको केयू एप सुचारु गर्न लागेको छ । स्रोतहरूको अधिकतम व्यवस्थापनलाई अर्को महत्त्वपूर्ण रणनीति बनाउँदै ‘हरित विश्वविद्यालय’ बनाउने कार्यसमेत सुचारु गरेको छ । 

विश्वविद्यालयमा हुने अनुसन्धान र तिनका प्रभावहरूलाई नेपालभरि विस्तार गर्ने उद्देश्यले नेपालमा एक मात्र सुपरकम्प्युटिङ सुविधा भएको हाइ पर्फमेन्स कम्प्युटिङ र डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर सहितको केयू आईटी सेन्टर लगायत अत्याधुनिक प्रविधिको केन्द्रका रूपमा नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर (एनटीआईसी) सञ्चालनमा रहेको छ । 

काठमाडौं विश्वविद्यालयले १२ औं कक्षाको परीक्षाको नतिजा सुधार गर्न हाइअर एजुकेशन ब्रिज इनिसियटिभ कार्यान्वयनतर्फ कदम चालेको छ । खासगरी अङ्ग्रेजी र गणित जस्ता विषयहरूमा थोरै मात्र अंकले अनुत्तीर्ण भई विद्यार्थीहरु उच्च शिक्षामा भर्ना हुन नपाउने अवस्था रहेकाले त्यो संकट समाधान गर्नका लागि विश्वविद्यालयले आफ्नो वौद्धिक श्रोत परिचालन गर्न सुरु गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार