मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

समाजवादको निर्माणका लागि नै एकीकृत समाजवादी पार्टी एक मात्र विकल्प- अध्यक्ष वाइवा

Thearaniko Times 1394+ समाचार ( )
२५ माघ २०७८, मङ्गलबार

नमोबुद्ध । एक कार्यक्रमका विच नमोबुद्ध नगरपालिका वडा नं. ६ को वडा कमिटी दुर्गा लामाको अध्यक्षतामा गठन भएको छ । । जिल्ला इन्चार्ज तथा अध्यक्ष टोकबहादुर वाईवाको प्रमुख अतिथि, जिल्ला सचिव दिपक गौतमको विशेष अतिथि तथा जिल्लाका नेताहरु पुष्कर तिमल्सिना, लाप्साङ लामा, रामहरी दाहाल, विराज सत्याल, नवराज आचार्य, राजकुमार आचार्य, विकाश खनाल, जयन्ती लामा, कमल कुईकेल, माधव जर्गा मगरको उपस्थिति रहेको थियो ।

वडा कमिटिको अध्यक्षमा दुर्गा लामा, सचिवमा जयमान तामाङ, उप सचिवमा तेजबहादुर लामासहित ३२ सदस्यीय कमिटी गठन भएको छ । जसमा सदस्यहरुमा कपिल लामा, कमल लामा, एक्का लामा, सज्जा लामा, अर्जुन कार्की, माने लामा, जयमान लामा, जीवन लामा, अनिल लामा, दलबहादुर लामा, साजन तामाङ, पोल कुमार श्रेष्ठ, धनराज तामाङ, नोर्वु लामा, साईली तामाङ, जनक लामा, लनम लामा, बाबु काजी श्रेष्ठ, अर्थमान लामा, गुञ्जमान लामा, मनु लामा, तेजबहादुर लामा, सुर्यबहादुर लामा लगायतका रहेका छन् ।

कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष टोकबहादुर वाईबाले समाजवादी पार्टी कुनै रिस र कुन्ठामा नभईकन देश निर्माण र संविधानको रक्षाका निम्ति निर्माण भएको बताउनु भएको छ । देशलाई आफ्नो अनुकुल नहुनासाथ खाल्डोमा हाल्न गरिएको प्रयत्नलाई ढाल्नका निम्ति र समाजवादको निर्माणका लागि नै एकीकृत समाजवादी पार्टी एक मात्र विकल्प रहेको बताउनु भयो ।

एमाले पार्टीको संस्थापक र पार्टलाई जनाधारसम्म पु¥याएका व्यक्तित्वहरु मनमोहन, पुष्पलाल र मदन भण्डारीको फोटो समेत एमालेको कार्यक्रममा देखिन छोडेको जिल्ला सचिव दिपक गौतमले बताउनुभयो । गौतमका अनुसार जिल्लामा भ्रष्टचारले दुर्गन्धित फैलिएको छ त्यो दुर्गन्ध हटाउनका निम्ती समेत एकीकृत समाजवादी पाटीको आवश्यकता परेको बताउनु भयो । कार्यक्रममा फोरम लोकतान्त्रिकबाट मेयरका उम्मेदवार रहेका लक्ष्मी तामाङले आफुहरु समाजवादको यात्रामा लामो समयदेखि लाग्न खोजेको र उचित पाटि नभेटेका अवस्थामा एकिकृत समाजवादी मात्रै एउटा नयाँ विकल्प भएको बतााउनु भएको छ । 

वडा कमिटीका अध्यक्ष दुर्गा लामाले समाजवादको यात्रामा गोलबन्द हुन अनुरोध गर्दै वडा नं. ६ मा आमामी निर्वाचनमा समाजवादको झण्डा गाड्नसमेत आग्रह गर्नुभएको छ । कार्यक्रम समाजवादी प्रेस संगठनका जिल्ला कोषाध्यक्ष कमल कुईकेलले संचालन गर्नुभएको थियो । भेलाको अध्यक्षता पुष्कर तिमल्सिनाले गनुभएको थियो भने स्वागत मन्तब्य कृष्णबहादुर लामाले दिनुभएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार