मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |

खेलकुद
आमाको स्मृतिमा खेलाडीलाई जर्सी सहयोग

Thearaniko Times 1375+ समाचार ( )
१० माघ २०८२, शुक्रबार

काभ्रे। खानीखोला गाउँपालिका स्थायी घर भई हाल बनेपामा बस्दै आउनु भएका राजनीतिक तथा सामाजिक अभियन्ता राजन अधिकारी काभ्रेको सामाजिक क्षेत्रमा आशाको केन्द्रका रूपमा स्थापित हुँदै जानु भएको छ। नागरिकका हरेक समस्या र पीडामा साथ दिँदै आउनु भएका अधिकारीले यसपटक आमाको स्मृतिमा खेलाडीहरूलाई जर्सी सहयोग गरेर सबैको मन छोउनु भएको छ।

खानीखोला गाउँपालिका–४ मा हालै सम्पन्न ल्होछार कप फुटबल प्रतियोगिता का अवसरमा खानीखोला–७ स्थित पशुपति युवा क्लब ले सहयोगको अपेक्षा राखेपछि अधिकारीले आफ्नी दिवंगत आमा खडककुमारी अधिकारी को स्मृतिमा सौजन्यस्वरूप खेलाडीहरूका लागि जर्सी उपलब्ध गराइदिनु भएको हो।

क्लबका समन्वयकर्ता जिवन पुलामी मगर ले जर्सी सहयोगप्रति धन्यवाद व्यक्त गर्दै भावुक हुँदै भने, “आमाको स्मृतिमा खेलाडीलाई सहयोग गर्नु केवल सामग्री सहयोग मात्र होइन, यो प्रेरणा र संस्कारको उदाहरण हो। राजन अधिकारीप्रति क्लब परिवार हार्दिक आभारी छ।”

यस सहयोगको पृष्ठभूमि झन् भावनात्मक रहेको छ। सानै उमेरमा आमालाई गुमाउनु परेको पीडा, अभाव र संघर्षको अनुभवले नै आफूलाई सधैं असहज अवस्थामा रहेका व्यक्तिहरूलाई सहयोग गर्न प्रेरित गरेको अधिकारी बताउनुहुन्छ। उहाँका अनुसार दाजु–भाइ–बहिनी र आफैं मिलेर २३ वर्षअघि मासिक २०० रुपैयाँका दरले संकलन गरिएको ५५,२०० रुपैयाँ बाट सहयोग अभियानको सुरुआत गरिएको थियो। हाल पनि मासिक रूपमा २०० रुपैयाँ नियमित बचत गर्दै, व्यवसाय वा भत्ताबाट प्राप्त हुने रकममध्ये केही थप गरी यही कोषबाट सकेसम्म सामाजिक सहयोग गर्दै आइरहनु भएको छ।

जर्सी हस्तान्तरण कार्यक्रमका क्रममा राजन अधिकारी बाहिर रहनु भएकाले उहाँका भाइ उद्दव अधिकारी तथा सामाजिक व्यक्तित्व एवं योगगुरु देबी लामा ले जर्सी हस्तान्तरण गर्नुभएको थियो।

सानो प्रयास भए पनि निरन्तरता, भावना र उद्देश्यले समाजमा ठूलो सन्देश दिने राजन अधिकारीको यो कार्यले खेलकुदसँगै सामाजिक उत्तरदायित्वको सुन्दर उदाहरण प्रस्तुत गरेको स्थानीयवासीहरूको भनाइ छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार