मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

लदि पर्वलाई राष्ट्रिय पर्वमा सुचिकृत गरी एकदिन बिदा माग

Thearaniko Times 1394+ समाचार ( )
१४ फाल्गुन २०८०, सोमबार

काठमाडौं । माझी समुदायको  विशेष चाड लदी पुजाको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल चलचित्रकर्मी माझी संघको आयोजनामा 'लदी पुजा’ शुभकामना आदानप्रदान कार्यक्रम भएको हो ।

शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले संस्कृति मन्त्रालयले सँस्कृति ऐन बन्दै गरेको जानकारी गराउनुहुँदै माझी समुदायले पनि आफ्नो संस्कृतिको बारे विज्ञहरुसँग बुझेर समावेश गराउनुपर्ने सुझाव दिन अनुरोध गर्नुभयो। राज्यमन्त्री ठकुरीले संस्कृति ऐन बन्यो भनेमात्र संस्कृति समृद्ध हुनसक्छ भन्नुहुँदै सभ्य समाज निर्माणमा हामी लाग्नुपर्छ भन्नुभयो।

कार्यक्रममा नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले माझी समुदायको विशेष चाड लदी पुजा पर्याप्त बजेट छुट्याउनु पर्छ भन्नुभयो। माओवादी नेतृ उर्मिला माझीले माझी समुदायको लदी पुजामा बिदा दिनुपर्ने बिषयमा गम्भीर राष्ट्रिय बहस चलिरहेकोमा बिदाका लागि सबैले पहल गर्नुपर्ने बताउनुभयो।

माझी राष्ट्रिय मुक्ति मोर्चाकी केन्द्रीय सचिव लक्ष्मी माझी (कृपा) ले माझी संस्कृतिलाई जीवन्त राख्न लदी पुजामा सम्पूर्ण माझी समुदायको सक्रिय सहभागिता रहनुपर्ने बताउनुभयो । उनले अगाडि भन्नुभयो -बिदामा प्रतिस्पर्धा होइन एकदिन बिदा दिए हुन्छ तर राज्यको समावेशि नीति अनुसार माझी र सिमान्तकृत समुदायलाई राज्यको मुल प्रवाहमा ल्याउन प्रविधिक शिक्षामा विशेष छात्रा वृद्धि र रोजगारमा विशेष अवसर दिनुपर्छ । केन्द्रीय सचिव माझीले लदि पर्वलाई राष्ट्रिय पर्वमा सुचिकृत गरी एकदिन बिदा घोषणा गरी माझीहरुको साँस्कृतिक एवं प्राकृतिक पर्वलाई स्थापित गर्न राज्य र सबै जातजातिको सम्मान सहभागीताको प्रत्याभूत गराउन आवश्यक छ भन्नुभयो।

नेपाल माझी उत्थान संघकी केन्द्रीय अध्यक्ष चिनीमाया माझीले सुरुवाती समयमा रामेछाप, काभ्रे, सिन्धुपाल्चोक जिल्लाका केही माझी जातीले आफ्नो चाडको रुपमा मनाउँदै आएको लदी पुजा पछिल्लो समय देशभरका माझीले प्रमुख चाडको रुपमा मनाउन थालेकोमा खुसी व्यक्त गर्नुभयो ।

उनले माझी संस्कार र संस्कृति जोगाउन सबैले आ–आफ्नो ठाउँबाट आवाज उठाउनु पर्ने बताइन् । कार्यक्रममा देशभरबाट करिब ३ सय माझी जातीले सहभागिता जनाएका थिए ।

माझी समुदायहरुको प्रमुख चाड लदी पुजा अर्थात घाट पुजा यही फागुन १५ गते देशव्यापी रुपमा मनाईदैछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार