मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

जनतासंग माओवादी ः विशेष रुपान्तरण अभियान’ काभ्रेको कमाण्डरमा धावा

Thearaniko Times 1394+ समाचार ( )
२६ भाद्र २०८०, मङ्गलबार

बनेपा । नेकपा (माआवादी केन्द्र) ले सञ्चालन गरेको ‘जनतासंग माओवादी ः विशेष रुपान्तरण अभियान’को कमाण्ड गर्ने जिम्मा पार्टी केन्द्रिय सदस्य धावा लामालाई दिएको छ । भदौ १६ गते सुरु भएको अभियान अन्तर्गत तीन महिनासम्म चल्ने अभियानको लागि उहाँले काभ्रेपलाञ्चोक जिल्लामा बसेर नेतृत्व गर्ने भएको छ ।

अभियानको लागि नमोबुद्ध नगरपालिकामा नेतृत्व गर्दै आउनुभएको उहाँले आज बनेपामा प्रेस सेन्टर नेपाल काभ्रेपलाञ्चोकका पत्रकारहरुसंग अन्तक्र्रियामा बोल्दै अभियानभरिमा जिल्लामा के कस्तो कार्यक्रम र गतिविधिहरु सञ्चालन भईरहेको छ, उपलब्धी, चुनौती, सम्भावना र समस्या पहिल्याएर पार्टी निर्माण तथा पुनरगठन गर्दै तीन महिने अभियान सम्पन्न गर्नुपर्ने दायित्व रहेको उहाँले बताउनुभयो । ‘अभियानको क्रममा समन्वय गर्ने, संगठन परिचालन सम्पर्क गर्ने र भएको गतिविधिको केन्द्रमा रिपोर्टीङ गर्ने जिम्मा मेरो हुनेछ ।’ उहाँले भन्नुभयो, ‘सो क्रममा पार्टी संगठन मार्फत जनताको बीचमा जाने, पार्टीको र जनतासंगको सम्बन्ध के कस्तो छ भन्ने विषयमा अध्ययन गर्दै सम्बन्ध सुदृढिकरणको काममा केन्द्रित हुनेछौं ।’

अभियानको क्रममा पार्टीदेखि नेताको सम्बन्ध, उसले गरेको कामको प्रभावकारीताम, जनबर्गिय संगठन र मोर्चाको अवस्थालाई समेत सक्रिय बनाउने जिम्मेवारी रहने उहाँले बताउनुभयो । त्यस क्रममा भएका राम्रो सम्बन्धलाई निरन्तरता दिदै थप सुदृढिकरण गर्ने र देखापरेका समस्याहरुमध्ये मिलाउन सक्नेसम्मको मिलाउने र नसकेका जटिल विषय रहेको बारेमा पार्टीको केन्द्रीउ कार्यालयमा रिपोर्ट पठाउने काममा केन्द्रित हुने नेता लामाले बताउनुभयो ।

अहिले नेकपा (माओवादी केन्द्र)ले जिल्लाका सबै पालिकाको वडा–वडा र टोल–टोलमा केन्द्रित भई पार्टीको विभिन्न गतिविधिहरु सञ्चालन गर्नुका साथै जनतासंग जोडेर जनताको काममा सिर्जनात्मक सहयोगका कामहरु तथा विकास निर्माणको काममा श्रमदान गर्ने लगायतका काममा केन्द्रित भएर काम गरिरहेको नेकपा (माओवादी केन्द्र) काभ्रेपलाञ्चोकले जनाएको छ ।

यसैबीच नेता लामाले अभियानको क्रममा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले गरिरहेको गतिविधि, त्यसको अवस्था, कार्यान्वयनको स्थिति तथा पार्टी र जनताबीचको सम्बन्धको अवस्थाबो बारेमा समेत समित क्षा गर्दै भएको सकारात्मकको कामको निरन्तरता र भएको कमजोरीलाई सच्याएर गर्नुपर्ने दायित्वलाई सुधार गर्ने प्रतिबद्धतासहितको अभियान सञ्चालन गर्न पार्टीका अर्का नेता नारायण दाहालको संयोजकत्वमा ५ सदस्यीय समितिले काम गर्ने उहाँले बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) काभ्रेपलाञ्चोकको जिल्ला समन्वय समितिका सचिव दैवलाल घिसिङले जिल्लाको समग्र पालिकाहरुमा सञ्चालन गरिरहेको अभियान राम्रो रहेपनि रोशी गाउँपालिका र मण्डनदे्उपुर नगरपालिका पार्टी कमिटीको गतिविधिमा थप तिब्रता दिन आवश्यक देखिएको लबताउनुभयो । त्यसको लागि पार्टीका प्रदेश र केन्द्रिय स्तरका नेताहरुलाई खटाएर भएपनि पार्टीले चलाएको अभियानलाई सुदृढ र मजबुद बनाउने काममा केन्द्रित भएर लागिरहेको उहाँले बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) ले नेतादेखि कार्यकर्तासम्म रुपान्तरण हुँदै पार्टी संगठनलाई बलियो बनाउनका लागि ‘जनतासंग माओवादी ः बिषेश रुपान्तरण अभियान’ सञ्चालन भईरहेको छ । ‘जनजनमा माओवादी घरघरमा माओवादी’ भन्ने नाराका साथ तीन महिने अभियान थालनी भएपछि अहिले जिल्लाको सबै वडाको टोलटोलमा कार्यक्रम केन्द्रित गरेर कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार