मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

शिक्षा
दुर्गम विद्यालयका विद्यार्थीलाई खेलकुद जर्सी सहयोग

Thearaniko Times 1401+ समाचार ( )
२२ पौष २०८२, मङ्गलबार

खानीखोला (काभ्रे) – काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका–१ दयागाउँस्थित श्री देवीस्थान आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई खेलकुद सामग्री सहयोग प्रदान गरिएको छ।

खानीखोला गाउँपालिका–२ का समाजसेवी तथा युवा नेता, खानीखोला वाइसीएलका सहसचिव पदम घिसिङको आर्थिक सहयोगमा विद्यार्थीहरूका लागि १५ सेट खेलकुद जर्सी वितरण गरिएको हो। खेलकुद गतिविधिमार्फत विद्यार्थीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले उक्त सहयोग गरिएको घिसिङले बताउनुभयो।

कार्यक्रमको समन्वय नेपाली कम्युनिष्ट पार्टी बागमती प्रदेश सचिवालय सदस्य दैबलाल घिसिङ (अनुशील) ले गर्नुभएको थियो। जर्सीहरू विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा युवा नेता विरेन्द्र लामालाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

जर्सी वितरण कार्यक्रममा नेकपा बागमती प्रदेश सदस्य तथा महिला नेतृ सृजना थिङ, युवा नेता बुद्ध लामा, दीपक लामा लगायत स्थानीय नेता, अभिभावक तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यालयहरूमा खेलकुद सामग्रीको अभाव रहेको उल्लेख गर्दै सहभागीहरूले यस्ता सहयोगले विद्यार्थीहरूमा खेलप्रतिको रुचि बढाउनुका साथै अनुशासन, टिमवर्क र नेतृत्व क्षमताको विकासमा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गरेका थिए।

विद्यालय व्यवस्थापन समितिले सहयोगकर्ताप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको निरन्तरताको अपेक्षा गरेको छ। स्थानीय स्तरबाट शिक्षा र खेलकुद क्षेत्रमा भइरहेका सकारात्मक पहलहरूले विद्यार्थीहरूको मनोबल उच्च बनाउनुका साथै समग्र शैक्षिक वातावरण सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार