मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

स्थानीय निकाय
महाभारत गाउँपालिकामा प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायसँग समन्वय–अन्तर्क्रिया

Thearaniko Times 1394+ समाचार ( )
२४ पौष २०८२, बिहीबार

काभ्रेपलाञ्चोक । महाभारत गाउँपालिकाको आयोजनामा प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायसँग समन्वय र अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको सभापतित्व गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले गर्नुभएको थियो भने उपाध्यक्ष सागर मोक्तानले स्वागत मन्तव्य राख्नुभएको थियो। अध्यक्ष जिम्बाले महाभारत गाउँपालिकाको समग्र अवस्था, सेवा प्रवाहमा देखिएका चुनौती तथा नागरिकका समस्याबारे जानकारी गराउनुभएको थियो।

कार्यक्रममा काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले राष्ट्रिय परिचयपत्रका कारण जेष्ठ नागरिकले भोग्नुपरेका समस्याको समाधानका लागि एक हप्तासम्म कर्मचारी खटाइने जानकारी दिनुभयो। साथै, बाबुको ठेगाना नहुँदा जन्मदर्ता गर्नुपर्ने समस्या, श्रीमान छोडेर अर्कोसँग विवाह गरेका महिलालाई अविवाहित प्रमाणित गर्नुपर्ने जस्ता जटिल विषयहरूबारे वडाध्यक्षहरूले उठाएका जिज्ञासामा प्रजिअ अधिकारीले प्रष्ट पार्नुभएको थियो।

अन्तर्क्रियामा वडा अध्यक्ष रमेश लुंगेली, कान्छामान जिम्बालगायतले स्थानीय तहमा देखिएका प्रशासनिक तथा कानुनी समस्याबारे जिज्ञासा राख्नुभएको थियो।

सोही क्रममा प्रमुख जिल्ला अधिकारी अधिकारीले गोकुले माध्यमिक विद्यालयस्थित मतदान केन्द्रको अनुगमन गर्नुका साथै इलाका प्रहरी कार्यालय र इलाका प्रशासन कार्यालयको समेत अनुगमन गर्दै आवश्यक निर्देशन दिनुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै