मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |

कुवेतमा मालिकबाट यातना पाएकी चेलीको उद्दार

Thearaniko Times 1375+ समाचार ( )
१३ श्रावण २०८०, शनिबार

काभ्रे जिल्ला रोशी गाउँपालिका वडा नम्बर -६, सिपाली निवासी  कान्छीमाया तामाङ (नाम परिवर्तन)लाई आज कुवेतबाट  सफलतापूर्वक उद्दार गरी नेपाल फर्काउन सफल भएको छ ।

उत्पीडित जागरण समाजको पहलमा पीडित चेलीलाई नेपाल फर्काउन सफल भएको समाजका अध्यक्ष जिएम लोप्चनले जानकारी दिनुभयो। लामाले यो उद्धार कार्य कुवेतबाट दोस्रो एतिहासिक सफल कार्य भएको पनि बताउनुभयो।

 अध्यक्ष लाेप्चनका अनुसार पीडित चेली ९ महिना अगाडि दुबई हुँदै एजेन्टले कम्पनीको काम भनेर भिजिट भिसामा कुवेतमा घरायसी काममा पुर्याएको र पीडित चेलीको घरको आर्थिक अवस्था कमजोर हुनाले आफ्नो उज्यालो भविष्यको सपना देखेर कुवेत पुगेका थिए । नेपाली चेली कान्छीमाया जुन घरमा काम गर्न पुग्यो त्यो घरको मालिक्नीले कुटपिट गर्ने, ९ महिनासम्मको तलब समेत नदिएको र मालिक्नीले मोबाइल खोसेर राख्ने, मानसिक यातना दिने कार्यले गर्दा, पीडित चेली अस्वस्थ भएको र बिरामी हुँदापनि उपचार नपाउने,१८ घन्टा देखि २० घन्टासम्म काम गर्नुपर्ने, सुत्न नपाउने, नर्कको जस्तै जीवन झेलिरहेको चेलीलाई आफ्नो टिमले उद्धार गर्न सफल भएको जिएम लोप्चनको भनाइ छ ! 

लाेप्चनले यो उद्धार कार्य सफल पार्न जोडिएका सम्पुर्ण टिमलाई हृदयदेखि नै विशेष धन्यवाद दिनुभएको छ । साथै यो मिशनमा सक्रिय भुमिका खेल्नु हुने उत्पीडित जागरण समाजको अध्यक्ष जिएम लोप्चन युवा नेता एवम्  समाजसेवी खडक बिष्ट, युवा समाजसेवी कनक लामा, कर्मा कर्मा आर्थिक सहयोगको भुमिका, नारी टेलिभिजन टिमको सुझाव, नेपाली काङ्ग्रेस रोशी सम्पर्क समितिको सभापति मनिष बलको विशेष अनुरोधमा कुवेत एम्बेस्सीको विशेष भुमिकामा यो मिसान सफल भएकोले सम्पुर्ण सहयोगीहरुलाई विशेष आभार साथै धन्यवाद व्यक्त गर्द्छु भन्नुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार