मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

तालढुंगामा खुवा उद्योग निर्माणको चरणमा

Thearaniko Times 1394+ समाचार ( )
५ असार २०८१, बुधवार

काभ्रे / जिल्लाको खानिखोला गाउँपालिका- ५, तालढुंगामा दुधको खुवा उद्योग निर्माण हुने भएको छ। वडा नम्बर-५, ताल्ढुङ्गामा नमूना शहर बन्ने भएसंगै खुवालाई  ब्रान्ड बनाउने उद्देश्यले खुवा उद्योगको निर्माण गर्न लागेको हो । 

खानिखोला गाउँपालिका–५ स्थित तालढुङ्गामा ५ करोडको लागतमा आर सि.सि भवन  दुधको खुवा बनाउने उद्योग निर्माण हुने यस उद्योगका व्यवस्थापक निर्मल लामाले बताए । 

स्थानीय किसानहरुको  आवश्यकता र माग अनुसार खुवालाई नेपालकै ब्रान्ड बनाएर बिदेशमा समेत निर्यात गर्ने उद्धेश्यले यो उद्योग निर्माण हुन लागेको उहाँको भनाई छ। स्थानीय किसानलाई खुवाको ब्रान्डसंगै राम्रो मुल्यको व्यवस्थापन गर्न उद्योग स्थापनाले सहयोग पुग्ने लामाको भनाइ थियो।

खुवा उद्योगको लगानीमा उद्योगका लागि चाहिने भवन निर्माणको काम शुरु गरिएको र उपकरण तथा सामग्री धमाधम आयात भइरहेको जानकारी व्यवस्थापक लामाले दिनुभयो । उहाँका अनुसार उद्योगको कूल लागत हाल  ५ करोड  रहेको र आवश्यकता अनुसार थप्दै जानेछ ।

अबको योजना छिमेकी जिल्ला मकवानपुर, सिन्धुली, खानिखोलाका सातै वडाबाट ५ हजार देखि ७ हजार लिटर दुध संकलन गरी आधुनिक मेसिनबाट खुवा बनाउने र दुधको चिसियान केन्द्रको समेत स्थापन गर्ने खानिखोला खुवा उद्योगको योजना रहेको छ । 

खुवाको ‘हब’ बनाउन नयाँ किसानहरुलाई पशुपालन र खुवा व्यवसायमा लाग्न प्रेरित गर्न अनुदानको व्यवस्था मिलाउनुपर्ने कुरामा उहाँले जोड दिनुभयो।

यहाँका  खुवा व्यवसायी किसानलाई स्थानीय सरकार खानिखोलाले ५०% अनुदानमा १० वटा भैंसी वितरण गरिसकेको छ । एउटा भैँसीको लगभग डेढलाख रुपैयाँसम्म पर्दछ। 

यहाँ उत्पादन हुने खुवा पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुग्ने गरेकोले अहिले खानिखोला  खुवा पारखीहरुको आकर्षणको केन्द्र बन्दै गएको छ। यहाँ  हरेक दिन बिहानदेखि बेलुकैसम्म दाउराको आगो बालेर सफा र शुद्ध तरिकाले खुवा बनाएको प्रष्ट देख्न सकिन्छ। खानिखोलामा मात्र महिनामा १० हजार धार्नी खुवा उत्पादन हुने गरेको बताइन्छ ।

पहिला प्रति धार्नी रु.६ सयसम्म बिक्रि हुने खुवा अहिले प्रति धार्नी रु. ९ सय रुपैयाँ पुगेको छ । छिमेकी गाउँपालिका बेथानचोक र ललितपुरको बागमती गाउँपालिकामा खुवाको प्रती धार्नी रु.१४ सयमा बिक्री हुन्छ । खानिखोला खुवा उद्योग सञ्चालन भए पश्चात् खानिखोला ब्रान्ड खुवा र किसानले अरु  गाउँपालिकाको बराबर मुल्य  पाउने र दिने उद्योग संन्चालक लामाले बताए । 

तर अरु पालिकाको तुलनामा रु ५०० सय कम मुल्यमा बिक्री भए पश्चात् महिनामा रु ५० लाख बराबरको घाटामा खुवा बिक्री भएको छ । यो घाटाको मध्यनजर गर्दै स्थानीय किसानलाई राम्रो मुल्य दिलाउनका निमित्त यो उद्योगको स्थापन गर्न लागेको हो  । यो उद्योग निर्माणकार्यका लागि खानिखोला गाउँपालिका सरकार र वडा सरकारको अतुलनीय भुमिका र सहयोग रहेको छ । खुवाको लागि भैँसीको दूध एकदम राम्रो हुने भएकाेले पछिल्लो समय भैँसीपालनमा किसानहरु आकर्षित भएका छन्  । 

सुरुमा खुवाको बारे त्यति चर्चा नभए पनि  अहिले खुवाले बजार पनि पाउन थालेको छ। दूधलाई कराईमा आगोले तताएर लगभग दुई घण्टा पन्युले चलाउँदै गएपछि खुवा बन्दछ। खुवा पछिल्लो समय कोसेलीका रुपमा पनि लिने गरिन्छ। यसको बजार नेपालभर मात्र होइन, विदेशमा पनि कोसेलीका रुपमा पनि पुग्ने गरेको लामा बताउँछन्। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार