मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |
मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |


फिलिपिन्स र चीनको यात्राका केही दृश्यहरु

Thearaniko Times 1375+ समाचार ( )
२१ चैत्र २०७९, मङ्गलबार

-सुरेन्द्र श्रेष्ठ, सचिव व्यापार प्रर्बद्धन केन्द्र, नेपाल

China Council for the Promotion of International Trade (CCPIT) र International Tour management Association Philipins  बाट  ब्यापार प्रर्बद्धन केन्द्र, नेपाललाई प्राप्त निमन्त्रणा अनुसार ९ सदस्य प्रतिनिधि मण्डल १५ दिने चीन तथा फिलिपिन्स भ्रमण सफलतापूर्बक संम्पन्न गरी स्वदेश फर्किएको छ।

                 नेपाल उध्योग वाणिज्य महासंघ बाग्मती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठ र माओवादी केन्द्रका नेता डा. भरत लामिछानेको उपस्थितिमा नेकपा (माओबादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष, विदेश विभाग प्रमुख तथा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले हाम्रो टोलीलाई बिदाई गर्नु भएको थियो । यस संस्थाका अध्यक्ष सुवासकाजी श्रेष्ठको नेतृत्त्वमा २०७९ चैत्र ३ गतेबाट शुरू भएको यात्रा चैत्र १७ गते (March 17 to 31)सम्म चल्यो । सो प्रतिनिधी मण्डलमा नेपालका उद्योग ब्याबसायमा लामो समय लागेका र केहि नयॉ उत्साहित यूवा ब्याबसायीहरूको सहभागिता थियो । फिलिपिन्सको ४ दिने भ्रमणमा त्यहाँको पर्यटन व्यवसायले कसरी कार्ययोजना साथ अगाडि बढिरहेको छ बुझ्ने मौका मिल्यो । फिलिपिन्सको अत्यन्त रोमान्चित र सान्दार भ्रमणपछि  चैत्र ७ गते फिलिपिन्स एरलाइन्सबाट  चीनको Shanghai सहर पुग्यौ । त्यहाँ दिनभरी Shanghai सहरको अबलोकन गरी राती ९ बजे Highspeed Train मार्फत Changsha पुग्यौ । ८ घण्टा लामो रेलको यात्रा पनि आरामदाइ, रोमान्चक र नौलो अनुभव रह्यो । करिब एक करोड जनसंख्या बसोबास गर्ने यो सहर अत्यन्त सुन्दर र भव्य छ । Changsha Train station मा हामीलाई लिन आएका टेरिसासंग भेट भएपछि सहजै होटेल पुग्यौ।हाम्रो भ्रमणको मुल उद्देश्य यो सम्मेलनमा सक्रिय सहभागिता हो। बिहान र दिउँसो चाइनाको बिभिन्न प्रदेशबाट र विभिन्न मुलुकबाट आएका प्रतिनिधिहरूसंग चिनजान र भेटघाट भयो । दिउँसो नै चीनका लागि नेपाली राजदुत महामहिम बिष्णुपुकार श्रेष्ठ ज्यूको भव्य स्वागत गरियो । बहा २ दिन यो कार्यक्रममा हामीसंगै रहनुभयो । राती भब्य गाला डिनरमा सरिक भइ पहिलो दिन अन्त्य भयो । 


 March 23, मा भब्य Opening Ceremony बाट शुरू भएको 5th International Commercial & Legal Cooperation Forum मा Ke Liangdong, Vice Chairman CCPIT, Xu Xianming, Member of the Standing Committee (CCP) of the 13th National People’s Congress, Zheng Jianxin, Mayor of Changsha Municipal People’s Govt., His Excellencies and other distinguished guests from China and abroad लगायत चिनका लागि नेपाली राजदुत महामहिम बिष्णु पुकार श्रेष्ठको उपस्थिति रह्यो ।

भोलीपल्ट भब्य कार्यक्रमका बीच समुद्घाटन कार्यक्रम हुँदा नेपालका महामहिम ज्यूलाई बिशेष महत्बका साथ संबोधन र स्वागत गरेको देखियो । साथै यस संस्थाका अध्यक्ष सुवासकाजी श्रेष्ठज्यूलाई विशेष अतिथिको दर्जा दिएर आथित्यता दिएको देखियो । उदघाट्न समारोहपछि भिन्न भिन्न समुह बनाई group छलफलमा सरिक भइयो । चैत्र १० र ११ गते विभिन्न देशका Business Consular, ब्यापारी र हाम्रो संस्थाबीच संबन्ध बिस्तारको बारेमा बिभिन्न बैठकहरू भए। जस्तै Counsellor of  the Embassy of Belarus in China(Aliaksandr). Economic and Commercial Cousellor of the Republic of El Salvador.  Investment and Export Promotion Attache of the Embassy of Namibia in China. Royal Thai Consulate- General (Noohom). Director of Indonesia investment Promotion Central Director Evita Sanda. ASEAN- China Commerce Association. Chamber of commerce and Industry of Serbia लगायत Nigeria, Costarica, Thailand, Singapore, Rasia का Consulat General हरूसंग हाम्रो NTPC को बारेमा जानकारी र आगामी दिनमा क्रमस भ्रमणको आदान प्रदान गर्दै जाने सहमती भयो ।

१२ र १३ गते विभिन्न कर्पोरेट हाउस, फ्याक्ट्री र अन्तरदेशीय व्यापारिक संस्थाहरूको अवलोकन भ्रमण गर्ने कार्यक्रम अनुसार मुलतः पाँच ओटा कम्पनीको  नाम उल्ल्ख गर्न चाहे  ।

१) SANY Industrial Park

२) Hunna ESINO Technology Co.,Ltd

३) Hunna JUSDA Supply Chain Management Co., Ltd

४) Truking Technology Limited (औषधीको फाक्ट्री) 

५) Changsha High-Zone, International Platform.

    XiangJiang नदिको साँझको जल यात्रामा Changsha सहरको बत्तिको सुन्दरता र माओको अर्धकद्को शालिकमा झिलिमिली प्रकाश पर्दाको सुन्दरता कहिले नअघाउने गरी सम्झनामा रहिरह्यो । भोलिपल्ट माओको जन्म थलो गाउँ हेर्ने अवसर पनि मिल्यो ।

करिब एक हप्ताको Changsha को बसाई पछि अर्को बर्ष यही सहरमा हुने छैठौ सम्मेलनमा आउने बाचासाथ अध्यक्ष सुबास जी र उपाध्यक्ष रमेश जी राजनैतिक भेटधाट र छलफलको लागि Beijing लाग्नु भो भने सत्य, सुलोचना र राम कृष्णजीहरू कामको लागि Fujian को Xiamen लाग्नु भयो। हामी चार जना मनिस, गिरिश, इन्दु र म Guangzhou आयौ ।

March 31 सबै जना Guangzhou मै भेटी नेपाल फर्कनको लागि Guangzhou Airport तिर लाग्यौ ।मनिला , बैंकक हुँदै काठमाण्डौ पुग्यौ। 

यस भ्रमणको लागि विशेष सहयोग पुर्याउनु हुने महामहिम राजदुत बिष्णु पुकार श्रेष्ठ, सुरेस काजी श्रेष्ठ, इन्द्र बस्नेत, मुसा ट्रान्सपोर्ट, डा. भरत लामिछाने, राजेश श्रेष्ठ(Changsha) र सत्यनारायण श्रेष्ठप्रति हार्दिक धन्यबाद दिन चहान्छु । हाम्रो भ्रमण कस्तो रह्यो ? यसको उत्तर तपाइहरू बाटै पाउने अपेक्षा राखेको छौ नमस्कार २०७९/१२/१९

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार