मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

साहित्य र कला
विदेशमा बसेर लेखिएको माटोको माया : सापकोटाको ‘सन्नाटाका सुस्केरा’

Thearaniko Times 1394+ समाचार ( )
७ श्रावण २०८२, मङ्गलबार

काभ्रेपलाञ्चोकका कवि प्रकाश सापकोटाको नयाँ कविता संग्रह ‘सन्नाटाका सुस्केरा’ काठमाडौंमा एक समारोहबीच लोकार्पण गरिएको छ। सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार दिनेश अधिकारी, श्रीओम श्रेष्ठ ‘रोदन’, पवन आलोक, सुस्मिता नेपाल, राधेश्याम लेकाली लगायतले कृतिको लोकार्पण गरेका हुन्।

कार्यक्रममा प्रमुख अतिथि दिनेश अधिकारीले कविमा सरलता, आत्मसमीक्षा र पाठकसँगको भावनात्मक सम्पर्क अत्यावश्यक रहेको बताउँदै प्रकाश सापकोटाका कवितामा ती सबै गुण विद्यमान रहेको धारणा राखे। उनले कविको लेखाइमा भावको सादगी र गहिराइ दुवै पाइने उल्लेख गरे।

साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले सापकोटाको कवितामा आफ्नोपन र देशप्रतिको माया प्रस्ट झल्किएको बताए। डेनमार्क जस्तो विकसित मुलुकमा रहेर पनि सापकोटाले नेपाली समाजको पीडा र बेथितिप्रति चिन्ता व्यक्त गरिरहनु कविको संवेदनशीलताको उदाहरण भएको उनले बताए।

कविता संग्रहमाथि टिप्पणी गर्दै समीक्षक यादव भट्टराईले कृतिमा छोटा र मझ्यौला आयामका कविताको बाहुल्यता रहेको उल्लेख गरे। सरल भाषामा लेखिए तापनि कविता बिम्बात्मक र अर्थपूर्ण रहेको उनको भनाइ थियो। उनले कविताहरू समाजका विविध पक्षको प्रतिनिधित्व गर्ने गरी रचिएको बताए।

कवि तथा सञ्चारकर्मी ठाकुर बेलवासेले सापकोटालाई कविमन भएको व्यक्ति भन्दै विदेशमा रहे पनि नेपाल र नेपाली जनजीवनप्रति उनी निरन्तर प्रतिबद्ध रहेको बताए। ‘सन्नाटाका सुस्केरा’ ले पाठकको मनमा तरङ्ग ल्याउने शक्ति राख्ने उनको भनाइ थियो।

कार्यक्रममा कविहरू दीपक चौलागाईं र रूपा रिसालले लोकार्पित कृतिबाट कविता वाचन गरे। साथै, पवन आलोक, राधेश्याम लेकाली, भुँडीपुराण प्रकाशनका केशव पराजुली लगायतले सापकोटालाई शुभकामना दिएका थिए।

डेनमार्कमा रहँदै आएका कवि प्रकाश सापकोटाले पठाएको लिखित मन्तव्य कवि विश्व सिग्देलले वाचन गरेका थिए। मन्तव्यमा सापकोटाले आफ्ना अनुभूति बाँड्दै कृतिप्रति देखाइएको प्रेम र समर्थनप्रति कृतज्ञता व्यक्त गरेका थिए।

कार्यक्रम सुनकोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षता तथा प्रदीप सापकोटाको सञ्चालनमा सम्पन्न भएको हो। स्वागत मन्तव्य पूर्ण बहादुर श्रेष्ठ ‘ह्रदयङ्कृत’ले राखेका थिए।

‘सन्नाटाका सुस्केरा’ सापकोटाको पाँचौं कविता कृति हो, जसलाई सुनकोसी वाङ्मय प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो। रु २५० मूल्य राखिएको कृतिको वितरण भुँडीपुराण प्रकाशनमार्फत हुने जानकारी दिइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार