मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

साहित्य र कला
काभ्रेमा साहित्यसँग सहकारी र पर्यटन जोड्ने प्रयास

Thearaniko Times 1401+ समाचार ( )
१३ पौष २०८२, आइतबार

काभ्रे। साहित्य, सहकारी र पर्यटनबीचको आपसी सम्बन्धलाई केन्द्रमा राख्दै काभ्रेपलाञ्चोकको पनौती–रयालेमा विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनामा तथा पनौती–रयालेस्थित जनमैत्री बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा कार्यक्रम गरिएको हो। कार्यक्रममा साहित्यकार, समालोचक तथा सहकारीका स्थानीय प्रतिनिधिहरूले यी तीन क्षेत्र एक–अर्काका पूरक रहेको धारणा राखेका थिए।

समालोचक तथा साहित्यकार प्रा. डा. लक्ष्मणप्रसाद गौतमले सहकारी संस्था आर्थिक कारोबारमा मात्र सीमित नरही साहित्यिक चेतना विस्तारमा समेत प्रभावकारी भूमिका खेल्न सक्ने बताए। स्थानीय तहमा साहित्यको विकासका लागि सहकारी उपयुक्त माध्यम बन्न सक्ने उनको भनाइ थियो।

साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले सहकारीले साहित्यको संरक्षण र प्रवर्द्धनमा योगदान दिन सक्ने उल्लेख गर्दै यसले समग्र साहित्यिक वातावरण समृद्ध बनाउने बताए। यस्तै, साहित्यकार प्रदीप सापकोटाले साहित्य र पर्यटन एक–अर्काका पूरक भएको उल्लेख गर्दै पर्यटन प्रवर्द्धनमा साहित्यकारको भूमिका महत्त्वपूर्ण हुने धारणा राखे।

कार्यक्रममा जनमैत्री सहकारीका सचिव श्यामहरि सापकोटाले संस्थाको स्थापना र उद्देश्यबारे जानकारी गराउँदै साहित्यिक गतिविधिमा सहकारीको निरन्तर सहयोग रहँदै आएको बताए।

सुनकोशी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालले गाउँकेन्द्रित साहित्यिक कार्यक्रमको पहिलो शृंखलाका रूपमा रयालेमा कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

अन्तरक्रियासँगै आयोजित कविता वाचन कार्यक्रममा रामसुन्दर देउजा, शंकर भारती, सुमन सौरभ, पूर्णबहादुर श्रेष्ठ ‘हृदयंकित’, मधु पाठक, लोकनाथ सापकोटा, छविरमण सिलवाल, श्रीओम श्रेष्ठ ‘रोदन’ र प्रदीप सापकोटालगायत कविहरूले आ–आफ्ना रचना प्रस्तुत गरेका थिए।

प्रतिक्रिया

pradip sapkota १३ पौष २०८२, आइतबार

समाचार प्रकाशित गरिदिनुभएकोमा हार्दिक आभारी छु ।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार